भर्खरै

सुष्मा स्वराजका श्रीमानले मनिषा कोइरालालाई ‘छोरी’ भन्दै सम्झाए इतिहास

  • प्रकाशित मिति : बिही, जेठ ८, २०७७
  • - भीमलाल श्रेष्ठ
title

एजेन्सी – भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमण गरेर सडक निर्माण गरेपछि दुई देशबीच विवाद सिर्जना भएको छ । भारतले एकलौटी रुपमा चीनको मानसरोवर जाने सडक उद्घाटन गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।
 
त्यस्तै नेपाल सरकारले भारतद्वारा अतिक्रमित भूमिलाई समेटेर नयाँ नक्सा प्रकाशित गरेको छ । नेपालको नयाँ नक्सालाई भारतले अस्वीकार गरेको छ ।
 
 
त्यस्तै पछिल्लो समय अभिनेत्री मनिषा कोइरालाको ट्वीटलाई लिएर भारतीय मिडियाले गलत हल्ला फैलाइरहेका छन् ।
 
कोइरलाले आफ्नै देशमा बसेर भारतको विरोध गरेको भन्दै भारतीय मिडियाहरुले आक्रोश व्यक्त गरेका छन् । कोइरालाको ट्वीटलाई भारतीय दिवंगत विदेशमन्त्री सुष्मा स्वराजका श्रीमान स्वराज कौशलले जवाफ फर्काएका छन् ।
 
उनले पूर्वप्रधानमन्त्री विपी कोइरालालाई सम्झिँदै मनिषालाई इतिहास सम्झाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
 
स्वराज कौशलले भनेका छन्ः
 
म तपाईंसँग बहस गर्न सक्दिनँ मेरी छोरी, मनिषा कोइराला । मैले तपाईंलाई सधैं आफ्नै छोरी मानेको छु । जब तपाईंले हामीलाई १९४२– अ लभ स्टोरीको प्रिमियरमा आमन्त्रित गर्नुभएको थियो, तब म पूरा फिल्म हेर्नका लागि बस्न सकिनँ तर सुषमाले पूरा फिल्म हेरिन् । त्यतिबेला बाँसुरी तपाईंको काखमा बसेकी थिइन् ।
 
यो २७ वर्ष अघिको मात्रै कुरा हो । सन् १९७७ र त्यसपछि तपाईं साउथ एक्समा बस्न थाल्नुभएको थियो । तपाईं साकेतको एपीजे स्कूलमा पढ्नुहुन्थ्यो । तपाईंका पिता प्रकाश कोइराला मेरा भाइजस्ता हुन् र आमा सुषमा कोइराला मेरी भाउजु र साथी हुन् । हामीसँग साथमा मुस्किल समय देखेका छौं ।
 
जुन दिन एम्समा तपाईंका हजुरबुवा बीपी कोइरालालाई क्यान्सर भएको थाहा भयो म उनीसँगै थिएँ । मलाई थाहा छ, बीपीले मलाई भन्नुभएको थियो, ‘यो क्यान्सरको एड्भान्स स्टेज हो र म बाँच्ने समय भनेको ६ महिना हो । म त्यतिबेला दुःखी थिएँ तर मैले उनको अनुहारमा निराशाको कुनै भाव देखिनँ ।
 
म तपाईंको परिवारको गौरवशाली परम्परासँग परिचित छु । तपाईंका हजुरबुवा बीपी कोइराला र उनका दुबै भाइ अर्थात् सबै तीन दाजुभाइ नेपालका प्रधानमन्त्री बने । तपाईंकी फूपू शैलजा आचार्य पनि नेपालकी उप–प्रधानमन्त्री थिइन् ।
 
मलाई यो पनि थाहा छ कि तपाईंको परिवारले कति संघर्ष गरेको छ । तपाईंका हजुरबुवा बीपी कोइराला १८ वर्षसम्म जेलमा थिए । उनको ज्यान यसकारण बच्यो किनभने हिन्दू राष्ट्र नेपालमा एक ब्राह्मणलाई फाँसी दिन पाइँदैनथ्यो । तपाईंकी फूपू ९बीपी कोइरालाकी छोरी० ले पनि जेलमा आठ वर्ष बिताइन् ।
 
र अब म तपाईंका पिता प्रकाश कोइरालाबारे बताउन चाहन्छु । उनी नेपाली कांग्रेसको संघर्षमा उनको समर्थक थिए । म सबैबारे सोच्छु । जेपी, लोहिया, चन्द्रशेखर जी, जर्ज फर्ना्न्डिस । सन् १९७३ मा म पनि थुप्रै हप्ताका लागि नेपालमा थिएँ र महलभित्रको आँगन पुगेको थिएँ ।
 
हामी लोकतन्त्रका लागि तपाईंहरुको संघर्षमा तपाईंको साथमा थियौं । त्यहाँ भारत वा भारतीयजस्तो केही पनि थिएन । एकपटक जब तपाईंको राजासँग सम्झौता भयो, हामीलाई केही पनि चाहिएको थिएन । जब हामीलाई एक सांसदको रुपमा तपाईंको विचारबारे थाहा भयो, म दुःखी भएँ, तर त्यतिबेला मैले सोचेँ कि त्यो नेपाली राजनीतिका लागि अनिवार्य थियो ।
 
भारतीयलाई थाहा हुनुपर्छ कि त्यतिबेला दुनियाँको एकमात्र हिन्दु राष्ट्रलाई तहसनहस पार्ने षड्यन्त्र चलिरहेको थियो । षड्यन्त्र गर्नेहरु माओवादीसँग मिलेका थिए । उनीहरुले एकमात्र हिन्दु राष्ट्र तहसनहस पारे, उनीहरुको उद्देश्य पूरा भइसकेको थियो ।
 
यसको नतिजा यो भयो कि कम्युनिष्टले चीनलाई भारतविरुद्ध प्रयोग गर्न सुरु गरे । वा यस्तो भनौं कि चीनले कम्युनिष्टलाई भारतविरुद्ध प्रयोग गर्न सुरु गरे । परिणामस्वरुप पारम्परिक रुपमा हिमालयसम्म जाने भारत–चीन सीमा अब बिरगञ्जसम्म छ ।
 
भारतलाई नेपालसँग असन्तुष्टि हुनसक्छ वा नेपाल र भारतबीच गम्भीर विवाद हुनसक्छ । यो नेपाल र भारतबीचको कुरा हो । तपाईंले चीनलाई बीचमा कसरी ल्याउन सक्नुहुन्छ रु यो हाम्रो लागि खराब हो । र यो नेपालको लागि पनि राम्रो होइन ।
 
जब तपाईंले चीनलाई बीचमा ल्याउनुहुन्छ, तपाईंले हामीसँगको हज्जारौं वर्ष पुरानो सम्बन्धलाई समाप्त गरिरहनुभएको छ । तपाईंले हाम्रो पारस्परिक सम्बन्धलाई समाप्त गरिरहनुभएको छ । र सबैभन्दा महत्वपूर्ण कुरा, एक सर्वभौम देशको रुपमा तपाईंले आफ्नो देशको स्थितीलाई थप तल झारिरहनु भएको छ ।
 

प्रतिक्रिया