भर्खरै

प्याकिङ सामानको उत्पादन र बिक्रीवितरण गर्नेले लेबल, तौल र मूल्य खुलाउनैपर्ने व्यवस्था लागू

  • प्रकाशित मिति : बिही, जेठ ८, २०७७
  • - विद्युत संसार संवाददाता
title

प्याकिङ सामानमा ठगी गर्ने दिन सकिए ः विश्वबाबु पुडासैनी

विद्युत संसार, जेठ, काठमाडौं । सरकारले स्टान्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) स्वीकृत नियमावलीलाई राजपत्रमा प्रकाशित गर्दै प्याकेजिङ र बिक्रीवितरणमा नयाँ मापदण्ड लागू गरिएको जानकारी दिएको छ। २०७६ फागुनमा नै स्वीकृत भएको सो नियमावली जेठ ५ गते राजपत्रमा प्रकाशित गर्दै नेपाल गुणस्तर तथा नापतौल विभागले कार्यान्वयनमा ल्याएको हो।
 
राजपत्रमा प्रकाशित सो नियमावलीमा स्टान्डर्ड प्याकेज बनाउनुपर्ने विषय उल्लेख गरिएको छ। नियमावलीमा अब उप्रान्त सामान उत्पादन र आयात गर्ने कम्पनीले प्याकिङ गर्दा अपनाउनपर्ने विषय उल्लेख छ। नियमावलीमा लेबल नराखी मोहरबन्द, प्याकेज वा बिक्री गर्न नपाइने उल्लेख गरिएको छ। तोकिए बमोजिमको जानकारी वा सूचनासहितको लेबल नराखी कसैले मोहरबन्द प्याकेज बनाउन, बिक्री वितरण र आयात गर्न नपाइने व्यवस्था गरेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए। उनका अनुसार अब प्याकिङ सामानमा ठगी गर्ने दिन सकिएको छ। 
 
 
 
 
मोहरबन्द प्याकेजमा खुलाउनेपर्ने विवरण
 
उत्पादकले प्याकिङ गरेको मोहरबन्द प्याकेजको हकमा उत्पादकको नाम र ठेगाना
 
 
वितरक वा प्याकिङकर्ताले प्याकिङ गरेको मोहरबन्द प्याकेजको हकमा वितरक वा प्याकिङकर्ताको नाम र ठेगाना
 
 
आयात गरिएका प्याकेजको हकमा आयातकर्ताको नाम र ठेगाना
 
 
नेपाल बाहिर उत्पादन भएको तर नेपालमा आयात गरी प्याकिङ गरिएको भए आयातकर्ता र प्याकिङकर्ताको नाम र ठेगाना
 
 
उत्पादक, आयातकर्ता वा वितरकको सम्पर्क ठेगाना, टेलिफोन नम्बर, फ्याक्स वा इमेल
 
 
 
प्याकेजभित्र रहेका उपभोग्य वस्तुको नाम र परिमाण तथा एकभन्दा बढी वस्तु रहेको भए प्रत्येक वस्तुको नाम र परिमाण
 
 
प्याकेजभित्र रहेको उपभोग्य वस्तुको खुद परिमाण, एकाइ वा संख्याको आधारमा बिक्री वितरण हुने वस्तुका हकमा प्याकेजभित्र रहेको वस्तुको जम्मा संख्या    
 
 
उत्पादन तथा प्याकिङ गरिएको मिति र आयात गरिएको हकमा सम्भव भएसम्म आयात गरिएको वर्ष र महिना
 
 
अधिकतम खुद्रा बिक्री मूल्य
 
 
 
 
सम्भव भएसम्म प्याकेजभित्र रहेका वस्तुको आकारप्रकार
 
 
यसबाहेक पनि एकै प्रकृतिका प्याकेजमा फरकफरक जानकारी वा सूचना राख्न वा छुट्टै स्टिकर टाँस्न नपाइने व्यवस्था गरिएको पुडासैनीले बताए। तर प्याकेजको खुद्रा बिक्री मूल्यमा परिवर्तन भई मूल्यमा घटबढ भएमा पहिलेको अधिकतम खुद्रा बिक्री मूल्यसमेत देखिने गरी घटेको वा बढेको अधिकतम खुद्रा बिक्री मूल्यको छुट्टै स्टिकर टाँस्न सकिने उनको भनाइ छ। 
 
ुकुनै उपभोग्य वस्तुको प्याकेजमा त्यस्तो वस्तुको उपभोगसँग सम्बन्धित अन्य सहायक उपभोग्य वस्तु पनि समावेश भएको रहेछ भने त्यस्ता सहायक वस्तुहरूको जानकारी मुख्य प्याकेजमा उल्लेख गर्नुपर्नेछ,ु महानिर्देशक पुडासैनीले भने, ुतर मुख्य प्याकेजभित्र रहेका सहायक वस्तु स्पेयर पार्टसको रुपमा बिक्री गरिने हो भने त्यस्तो प्रत्येक सहायक वस्तुको विवरणसमेत प्याकेजमा उल्लेख गर्नुपर्ने गरी नयाँ मापदण्ड जारी भएको छ।ु 
 
प्याकिङ सामग्रीमा लगाइएको स्टिकर, छाप वा उल्लेख गरिएको विवरणमा नियमावलीबमोजिम कुनै संशोधन गर्न वा सच्याउन परे नियमावली प्रारम्भ भएको ६ महिनाभित्र त्यस्तो स्टिकर, छाप वा उल्लेख गरिएको विवरण सच्याउनुपर्ने विभागको भनाइ छ। यसैगरी उत्पादक वा प्याकिङकर्ताले उचित कारणसहित त्यस्तो स्टिकर, छाप वा विवरण सच्याउने अवधि थपको लागि निवेदन दिएमा विभागले औचित्यताका आधारमा ६ महिनासम्म थप गरिदिन सक्ने महानिर्देशक पुडासैनीले बताए। 
 
 
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी
 
राजपत्रमा प्रकाशित नियमावलीमा कुनै पनि उपभोग्य वस्तुको प्याकेजको लेबलमा उल्लेख गर्नुपर्ने अंक र अक्षरको न्यूनतम उचाइसमेत समावेश गरिएको छ। उपभोग्य वस्तुको प्याकेजको लेबलमा उल्लेख गरिने अक्षरहरूको उचाई न्यूनतम एक मिलिमिटरका साथै अक्षर फुलाएर, ढालेर, कुँदेर वा छेडेर लेखिने भए न्यूनतम दुई मिलिमिटर हुनुपर्ने व्यवस्था गरिएको छ। अंग्रेजी अंक ‘वान’ र अक्षरहरू ुआइु, ुक्यापिटल आइु  र ुएलुबाहेक अन्य अंक र अक्षरको चौडाई त्यस्तो अंक वा अक्षरको उचाईको कम्तीमा एक तिहाई हुनुपर्ने नियमावलीमा उल्लेख छ। ५ घन सेन्टिमिटर वा सोभन्दा कम आयतन भएको प्याकेजमा लेबल राख्नुपरे कुनै कार्ड वा स्टिकरमा जानकारी उल्लेख गरी नफुस्किने वा नउप्किने गरी टाँस्न सकिने व्यवस्था नियमावलीमा छ। 
 
यसैगरी, पेयपदार्थ प्याकिङ गरिने पुनः प्रयोग हुने प्रकृतिका बोतलका हकमा अधिकतम खुद्रा बिक्री मूल्य बिर्को वा बोतल वा दुवैमा लेखिएको हुनुपर्ने नियमावलीमा उल्लेख छ। नियमावलीमा खुद परिमाण र अधिकतम खुद्रा बिक्री मूल्यको अंक छाप्दा वा उल्लेख गर्दा लेबलको पृष्टभूमिभन्दा फरक रङ प्रयोग गर्नुपर्ने छ। तर अंक वा अक्षर सिसा वा प्लास्टिकको सतहमा फुलाएर, ढालेर, कुँदेर वा छेडेर लेखिएको भए फरक रङ प्रयोग गर्न नपाइने नियमावलीमा उल्लेख छ। 
 
कुनै प्याकेजलाई बाहिरबाट कुनै बट्टा वा अन्य वस्तुले बेरिएको वा छोपिएको भए त्यस्तो प्याकेजमा उल्लेख भएको जानकारी बाहिरबाट बेरिएको वा छोपिएको खोल या प्याकेजमा समेत उल्लेख गर्नुपर्ने व्यवस्था नियमावलीमा रहेको महानिर्देशक पुडासैनी बताउँछन्। प्याकेजभित्र रहेको उपभोग्य वस्तुको खुद परिमाण उल्लेख गर्दा टैर तौल ९खास उपभोग्य वस्तुबाहेक प्याकेजिङ गर्न प्रयोग भएको प्लास्टिक, सिसा, पिपा, टिन, ब्यारल, बाकस, भाँडो, थैलो, बोरा वा त्यस्तो अन्य कुनै वस्तुसहितको तौललाई टैर तौल भनिन्छ० बाहेकको तौल स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने छ।
 
प्याकेजभित्र रहेका वस्तुको तौल वा नाप कुनै वातावरणीय कारणले समयअनुसार परिवर्तन नहुने वा नगण्य मात्रामा हुने प्रकृतिका भए त्यस्ता उपभोग्य वस्तुको खुद परिमाण भन्नाले उपभोक्ताले खरिद गर्दा प्राप्त गर्ने परिमाण भन्ने बुझ्नुपर्ने र यस्ता वस्तुहरुमा परिमाण उल्लेख गर्दा ‘प्याकिङ गर्दा’ वा यस्तै अन्य शब्दहरूको प्रयोग गर्न नपाइने नियमावलीमा व्यवस्था छ।
 
प्याकेजभित्र रहेको उपभोग्य वस्तुको परिमाण उल्लेख गर्दा नाप वा तौल, संख्या वा नाप, तौल वा संख्याको संयोजन गरी उपभोक्तालाई उपभोग्य वस्तुको परिमाणको बारेमा पूर्ण र सही जानकारी प्राप्त हुन सक्ने गरी उपयुक्त एकाइमा उल्लेख गर्नुपर्ने नियमावलीमा उल्लेख छ।
 
लम्बाईका आधारमा खरिद बिक्री हुने उपभोग्य वस्तुका लागि लम्बाईको एकाई स्पष्ट रुपमा उल्लेख हुनुपर्ने छ भने क्षेत्रफलको आधारमा खरिदबिक्री हुने उपभोग्य वस्तुहरूको लागि क्षेत्रफलको एकाइ उल्लेख हुनुपर्ने छ। आयातनका आधारमा खरिद बिक्री हुने ठोस वा तरल उपभोग्य वस्तुहरूको लागि आयातनको एकाई र संख्याको आधारमा खरिद बिक्री हुने उपभोग्य वस्तुहरुको लागि संख्याको एकाइ स्पष्ट उल्लेख गर्न पर्ने नियमावलीमा उल्लेख छ।
 
यसैगरी, उपभोग्य वस्तुको परिमाण उल्लेख गर्दा नाप, तौल वा संख्याको आधारमा मात्र प्याकेजमा रहेको उपभोग्य वस्तुको आकार, प्रकार र संख्यासम्बन्धी पूर्ण जानकारी हुन नसक्ने अवस्था भएमा नाप, तौल वा संख्याबाहेक आकार प्रकार र संख्यासमेत उल्लेख गर्नुपर्ने व्यवस्था नियमावलीमा रहेको छ। 
 
नाप वा तौलको एकाइ उल्लेख गर्ने तरिका
 
एक किलोग्रामभन्दा कम तौलको एकाइ भएमा ग्राममा,
 
एक मिटरभन्दा कम लम्बाईको एकाइ भएमा सेन्टिमिटरमा,
 
 
एक वर्गमिटरभन्दा कम क्षेत्रफलको एकाइ भएमा वर्ग डेसिमिटरमा,
 
 
एक घन मिटरभन्दा कम आयातनको एकाइ भएमा घन सेन्टिमिटरमा,
 
 
एक लिटरभन्दा कम आयातनको एकाइ भएमा मिलिलिटरमा,
 
एक किलोग्राम वा सो भन्दा बढी तौलको एकाइ भएमा किलोग्राम र कुनै किलोग्रामको भिन्नलाई दशमलवमा वा ग्राममा,
 
एक मिटर वा सो भन्दाबढी लम्बाईको एकाइ भएमा मिटर र कुनै मिटरको भिन्नलाई दशमलवमा,
 
 एक वर्ग्मिटर वा सो भन्दा बढी क्षेत्रफलको एकाइ भएमा वर्ग्मिटर र कुनै वर्ग मिटरको भिन्नलाई दशमलवमा,
 
 
एक घनमिटर वा  सोभन्दा बढी आयातनको एकाइ भएमाघनमिटर र कुनै घन मिटरको भिन्नलाई दशमलवमा,
 
 
    एक लिटर वा सोभन्दा बढी आयातनको एकाइ भएमा लिटर वा कुनै लिटरको भिन्नलाई दशमलवमा।
 
 
यसबाहेक कुनै उपभोग्य वस्तुको परिमाण एक किलोग्राम, एक मिटर, एक वर्गमिटर, एक घन डेसिमिटर, एकलिटर भएमा सुविधाअनुसार ग्राम, सेन्टिमिटर, वर्ग डेसिमिटर, घन सेन्टिमिटर वा मिलिलिटरमा पनि उल्लेख गर्न सकिने नियमावलीमा उल्लेख छ। कुनै मोहरबन्द प्याकेजमा उपभोग्य वस्तुको परिमाण उल्लेख गर्दा दर्जन, स्कोर, ग्रस, गेट ग्रस वा त्यस्तै अन्य शब्दहरुको प्रयोग गर्न नपाइने नियमावलीमा उल्लेख छ। मोहरबन्द प्याकेजमा एकभन्दा बढी फरक आयामका वस्तु भए प्रत्येकको आयाम र खुद्रा बिक्री मूल्य प्याकेज बाहिर र सम्भव भएसम्म प्रत्येक उपभोग्य वस्तुसमेत उल्लेख गर्नैपर्ने नियामावलीमा छ।
 
कुनै उपभोग्य वस्तु आयाम र तौल दुवैमा उल्लेख गर्न सकिनेमा त्यस्तो उपभोग्य वस्तुको मोहरबन्द प्याकेजमा परिमाण घोषणा गर्दा आयाम र तौल दुवै उल्लेख गर्नुपर्ने विभागको भनाइ छ। 
 

प्रतिक्रिया