लिपुलेकसहितको नक्सा सार्वजनिक भएपछि भारतिय ह्याकरहरु सक्रिय, सरकारी वेबसाइट ह्याक गर्दै

  • प्रकाशित मिति : बिही, जेठ ८, २०७७
  • - विद्युत संसार संवाददाता
title

विद्युत संसार, जेठ,काठमाण्डौं । नेपालको राष्ट्रिय नेपाल पुस्तकालय अर्थात नेपाल नेशनल लाइब्रेरीको वेबसाइटलाई ह्याक गरेका छन् । यसअघि बाँकेको बोटानिकल अनुसन्धान केन्द्रको वेबसाइटलाई ह्याक गरिएको थियो ।
 
दुबै साइटहरुलाई भारतीय ह्याकरहरुले ह्याक गरेको अनुमान गरिएको छ ।
 
नेशनल नेपाल लाइब्रेरीको वेबसाइट ९जततउकस्ररधधध।लल।िनयख।लउर०लाई ह्याक गर्ने ह्याकरले आफ्नो नाम सामहारुस राखेको छ भने बाँकेको बोटानिकल सेन्टरको वेबसाइट ह्याक९जततउस्ररधधध।मउचयदबलपभ।नयख।लउ० गर्नेले भने इण्डियन साइबर ट्रूपको नामबाट ह्याक गरेका छन् ।
 
दुबै ह्याकरहरुले नेपाललाई चेतावनी दिँदै साइटहरु ह्याक गरेको देखिन्छ। जहाँ खेल शुरु भएको र आगामी दिनहरुमा थप ह्याक गरिने उल्लेख गरिएका छन् । त्यसैगरि भारतीयसँग जोरी नखोज तिमिहरुले गुमाउनुपर्नेछ भन्ने जस्ता संदेशसहितका चेतावनीहरु दिईएको छ ।
 
जहाँ ह्याकरले नेपालीहरुलाई अझै ह्याक गर्ने धम्कीपूर्ण भाषामा चेतावनी दिएको देखिन्छ।
 
पछिल्लो दिनमा नेपाल र भारतबिच लिपुलेकको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । नेपालले आफ्नो भूमीसहितको नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले त्यसलाई अस्विकार गर्ने बताएको छ भने भारतीय मिडियाहरुमा नेपाली कदमको चर्को आलोचना गरिएको छ ।
 
ऐतिहासिकरुपमा नै नेपालको भूभाग रहेको सो कालापानी, लिपुलेकसहितको नक्सा सार्वजनिक भएसँगै नेपालीहरुका विरुद्धमा भारतीय ह्याकरहरु परिचालित भएको आशंका गरिएको छ ।
 
हाल ह्याक गरिएका दुबै वेबसाइटहरु सस्पेण्ड गरिएका छन् ।
 

प्रतिक्रिया