भर्खरै

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ को आठौं राष्ट्रिय सम्मेलन भिडियो कन्फ्रेन्स मार्फत हुदैं

  • प्रकाशित मिति : शुक्र, जेठ ९, २०७७
  • - भीमलाल श्रेष्ठ
title
 
विद्युत संसार,९जेठ,काठमाण्डौं । लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ को आठौं राष्ट्रिय सम्मेलन  जेठ १० गते भर्चुअल(भिडियो) कन्फ्रेन्स मार्फत हुने भएको छ ।
     
 
 
लायन्स क्लबको भोलिदेखि शुरुहुने कार्यक्रमहरु को तालिका सार्वजानिक गरिएको छ ।  बिहान ९ बजेदेखि  भर्चुअल शुरुहुने भएतापनि जुम मिटिङको साईड भने बिहान ८ः०० बजेदेखि खुल्ला रहने भएकोले आ–आफ्ना जुम आईडी मार्फत लगिन गर्न , कोभिड १९ को कारण बन्दाबन्दीको अवस्थामा भर्चुअल विधि बाट १ः०० बजे पछि लायन बर्ष २०२०÷२०२१ को लागि  डिष्ट्रिक गर्भनर, फस्ट भाईस डिष्ट्रिक गर्भनर र सेकेन्ड भाईस डिष्ट्रिक गर्भनर गरी ३ वटा पदमा १०० प्रतिशत एस्स भोटिङ मार्फत  निर्वाचन हुने र ३ः३० बजे पछि समापन समारोह हुने यस क्लबका डिष्ट्रिक क्याबिनेट सेक्रेटरी बिनोद ढुँगाना ले जारी गरिएको सचिवालयको आधिकारी पत्रमा उल्लेख गरिएको छ ।
 
उक्त सम्मेलनमा देशभरका डिष्ट्रिक ३२५ बी १ मा करबि ११ हजार ५सय लायन्स सदस्यहरु छन् भने क्लबका संख्या ४११ वटा क्लबले आठौं राष्ट्रिय सम्मेलनमा भोटिङ कार्यमा सहभागि हुदैछ भने यो बर्षको लागि करिब १३३ वटा नयाँ क्लब  तयारी अवस्थामा रहेको लायन्स क्लब काठमाण्डौ गौरबका पूर्व अध्यक्ष हाल डिष्ट्रिक एडिसनल क्याबिनेट सेक्रेटरी बासु रिजालले विद्युत संसारलाई बताए ।
 
लायन्स क्लबको लायन बर्ष २०२०÷२०२१ को लागि  डिष्ट्रिक गर्भनरमा मन बहादुर रोका, फस्ट भाईस डिष्ट्रिक गर्भनरमा विशेश्वर आचार्य  र सेकेन्ड भाईस डिष्ट्रिक गर्भनरमा  महेन्द्र पौडेल भर्चुअल विधि बाट १०० प्रतिशत एस्स भोट बाट निर्वाचित हुने  आँकलन गरिएको छ । 
 
 
                     
विश्वभरी लायन्स क्लबलाई मानवीय सेवा र सामाजिक क्रियाकलापका निम्ति अबल्ल मानिन्छ । नेपाल राष्ट्रलाई जब संकट पर्छ तब त्यहाँ लायन्सको उपस्थिती रहेको हुन्छ ।  केहिदिन अघिमात्रै लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ ले कोरोना भाइरसको स्वास्थ्य सामग्रीहरु जनसंख्या तथा स्वस्थ्य मन्त्रालयमा सहयोग गरेको थियो भने बिगतका बर्षहरुमा पनि नेपालमा  महाभुकम्पका बेला पिडितहरुलाई उद्धार गर्ने ,राहत सामग्री वितरण गर्ने , बाढी पहिरो, आगलागि हुँदा उद्धार कार्यमा जुट्न, विभिन्न स्वास्थ्य शिविरहरु संचालन गरी मानविय  कार्यमा सहयोगी बन्ने एवं समाजमा उत्कृष्ठ व्यक्तित्वहरु लाई सम्मान गर्ने कार्यहरुले गर्दा लायन्स क्लबका सदस्यहरुको भूमिका उच्च स्थानमा रहेको छ । 
 
लायन्स को मुल उदेश्यनै सर्भिस, फेलोसिप र लिडरसिप  स्थापित गरी समाज र राष्ट्रलाई अगाडी बढाउने हो ।
      
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago