भर्खरै

बिजुलीको मिटर रिडिङ गर्ने, मोबाइल ‘एप्स’ मार्फत खपत बिजुलीको रेकर्ड राखिने

  • प्रकाशित मिति : आईत, जेठ ११, २०७७
  • - विद्युत संसार संवाददाता
title
 
विद्युत संसार, जेठ, काठमाडौं । तपाईको घरमा बिजुलीको मिटर रिडिङ गर्ने विद्युत् प्राधिकरणका कर्मचारी आएका छैनन् रु विद्युत् महशुल तिर्न पाउनुभएको छैन रु कति युनिट  उठ्यो रु भन्ने समस्यामा हुनुहुन्छ भने प्राधिरकणले बन्दाबन्दी ९लकडाउन० का बेला ग्राहक तथा घरधनी आफैले खपत बिजुलीको मासिक युनिट रिडिङ गर्न सक्ने व्यवस्था गरेको छ ।
 
 
 
ग्राहक आफैंले मिटर रिडिङ गरी उठेको बिजुलीको युनिट प्राधिकरणलाइ अनलाइनमार्फत जानकारी दिन सक्नेछन् । त्यसका लागि प्राधिकरणले मिटर रिडिङ मोबाइल ‘एप्स’ बनाएर बिजुलीको खपत युनिट रेकर्ड राख्ने भएको हो । त्यसका लागि ग्राहक तथा घरधनीले प्राधिकरणले बनाएको मोबाइल ‘एप्स’ प्रयोग गर्नुपर्ने छ ।
 
‘अब घरधनी आफैले मिटर रिडिङ गर्न सक्नेछन् । अनलाइन मिटरिङ मोबाइल ‘एप्स’ मार्फत बिलिङ हुनेछ’ घिसिङले भने, ‘त्यसरी नै मिटरिङ गर्न खोजिरहेका छौं । त्यसका लागि एकरदिन लाग्छ होला ।’मिटर जडान गरेका प्राधिकरणका औद्योगिक तथा व्यावसायीक वर्गका ग्राहकले यो सिस्टमबाट पनि मिटर रिडिङ गर्न सक्ने छन्। 
 
मोबाइल ‘एप्स’ मार्फत नै ग्राहक तथा घरधनीले आफ्नो बिजुलीको मिटर रिडिङ गर्न सक्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । लकडाउनको अवधिसम्मका लागि सो मिटर रिडिङ एप्स मार्फत घरधनीले उठेको खपत युनिट ‘इन्ट्री’ गराउनुपर्ने छ । त्यसका आधारमा प्राधिकरणले तिर्नुपर्न महशुल बिल ग्राहकलाइ पठाउनेछ । एक÷दुई दिनमा उक्त एप्स बनिसक्ने उनले बताए ।
 
चैत सुरु भएयता प्राधिकरणका कर्मचारी ग्राहककोमा मिटर रिडिङ भएको छैन । कोरोना भाइरसको नियन्त्रणका लागि जारी बन्दाबन्दी ९लकडाउन०मा ग्राहकले प्राधिकरणका कर्मचारीलाइ मिटर रिडिङ गर्न अवरोध गरेको र कर्मचारी पनि मिटर रिडिङ गर्न जाने अवस्था छैन् ।
 
लकडाउनका बेला बिजुली महशुल तिर्न नसकेको भनेर कुनै जरिवाना नलिएको र सात दिनभित्र भुक्तानी गर्नेलाइ २ प्रतिशत छुट पनि दिएको घिसिङले बताए । उनले लकडाउनको अवधि भएकाले चैत र बैशाख महिनाको बिजुलीको महशुल फागुनमा जति तिरेको छ त्यतिनै लगाएको उनले बताए ।
 
जारी लकडाउनका कारण बिजुलीको महशुल उठ्न सकेको छैन । विद्युत प्राधिकरणले मासिक ६ अर्ब रुपैयाँ भन्दा बढी महशुल उठाउने गरेकोमा अहिले ६ करोड पनि नउठेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 
 
यसरी गर्ने अनलाइनबाट मिटर रिडिङ

ग्राहकले इन्टरनेटमा  खोलेर  www.consumer.nea.org.np लगइन गर्ने र युजर दर्ता गर्नुपर्ने हुन्छ ।
क्यापिटल नेपाल

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago