भर्खरै

एशियाकै पहिलो राजदुत इजरायलले ‘एम्बेस्डर अफ एयर–२०१९’बाट सम्मानित गर्दै

  • प्रकाशित मिति : आईत, जेठ ११, २०७७
  • - विद्युत संसार संवाददाता
title
 
 
 इजरायलका लागि नेपालका राजदुत डा। अन्जान शाक्यको संयोजकत्वमा नेपाल इजरायल चेम्वर अफ कमर्श र इजरायल एसिया चेम्बर अफ कमर्शका बीच दुई देश बीच व्यापार, लगानी, उद्योग, कृषि, पर्यटन, प्रविधि, यातायात, पूर्वाधार विकास, उर्जा आदी क्षेत्रहरुमा व्यापार व्यवसाय गर्ने गरी सम्झौता भयो । उक्त सम्झौतामा नेपाल इजरायल चेम्बर अफ कमर्शका तर्फबाट अध्यक्ष शिशिर भट्ट र ईजरायल एशिया चेम्बर अफ कमर्शका तर्फबाट द्वितीय उपाध्यक्ष अनात बर्नस्टेनले हस्ताक्षर गर्नु भएको थियो ।
 
उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा संयोजन नेपाली राजदुतावासबाट सम्पन्न भएको थियो । राजदुतावासका नियोग उपप्रमुख अर्जुन घिमिरे र सहचारी प्रदीप सागर गिरीले भिडियो कन्फरेन्सको व्यवस्थापन लगायत अन्य सम्पूर्ण व्यवस्थापन गर्नु भएको थियो । यसरी अनलाईन जुम वेविनारबाट सम्झौता भएको सम्भवत यो नै पहिलो कार्यक्रम हो । 
 
 उक्त कार्यक्रममा नेपाल र ईजरायलका तर्फबाट करीब सय भन्दा बढी उद्योगी व्यापारीहरुले सहभागीता जनाएका थिए । उक्त समारोहमा महामहीम डा। शाक्यले दुवै देशमा प्रचुर मात्रामा व्यापार व्यवसायको अवसर भएको हुनाले अब लकडाउन खुलेपछि एक अर्काको देश भ्रमण गरी सम्झौता कार्यान्वयनका लागि आवश्यक कार्य अघि बढाउन अनुरोध गर्नु भयो । 
 
महामहीम राजदुत डा। शाक्यलाई केही दिन अघिमात्र यो बर्षको “Ambassador of the year” अवार्ड बाट सम्मानित भएको घोषणा गरिएको थियो । इजरायलमा रहेको ९० देशको राजदुतावासहरुले डा। शाक्यको पक्षमा मत जाहेर गरेको हुनाले यो बर्ष डा। शाक्य उक्त अवार्डबाट सम्मानित हुनु भएको हो । उक्त अवार्डबाट सम्मानित हुने डा। शाक्य एशियाकै पहिलो राजदुत हुनु हुन्छ । 
 
डाक्टर शाक्यले राजदूतको पदभार ग्रहण गर्नु अघिसम्म जोर्डन र इजरायलको बीच तथा प्यालेस्टायन क्षेत्रमा अवस्थित मृतसागरसँगै रहेको कालिया बिच (समुद्री तट)मा ‘वल्र्ड हाइलाइट’ भनेर लेखिएको होर्डिङ बोर्डमा सगरमाथा चीनमा रहेको गलत सूचना राखिएको थियो । पछि उहाँकै पहलमा गलत सूचना सच्याउने काम भएको थियो । उक्त बोर्डमा झण्डासमेत चीनको राखिएको थियो । फेरिएको होर्डिङ बोर्डमा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्ने उल्लेख छ र झन्डा नेपालको राखिएको छ । अनलाईन खबर र राससको सहयोगमा 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago