भर्खरै

विद्युत् उत्पादन, प्रसारण र वितरण गरी विद्युत् प्राधिकरणलाई तीन भागमा खण्डिकरण गरिने

  • प्रकाशित मिति : बिही, जेठ १५, २०७७
  • - भीमलाल श्रेष्ठ
title

 
 
विद्युत संसार जेठ, काठमाडौं । सरकारले लामो समयदेखि भन्दै आएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् उत्पादन, प्रसारण र वितरण गरी  तीन भागमा खण्डिकरण गरिन  आगामी वर्षको बजेट तथा कार्यक्रममै समावेश गरेको छ । अर्थ मन्त्री युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्राधिकरणलाई खण्डिकरण (टुक्र्याइने) बताएका हुन् ।
 
विद्युत् उत्पादन, प्रसारण र वितरण छुट्टाछुट्टै निकायबाट गर्ने गरी बजेट विनियोजन गरेको अर्थ मन्त्री खतिवडाले बताए । सरकारले दशकौंदेखि यो संस्थालाई खण्डिकरण गर्ने योजना बनाउँदै आएको थियो । तर, प्राधिकरणकै कर्मचारीयुनियनहरुले संयुक्तरुपमा आपत्ति जनाउँदा व्यवहारमा कार्यान्वयन हुन सकेको छैन र सरकारलाई पनि कार्यान्यनमा फलामको चिउरा चपाउन जस्तै गाहे  हुने विज्ञहरुले  बताएका छन् । विद्युत प्राधिकरणमा सरकार कै सर्मथन प्राप्त आधिकारीक युनियनले भने सरकारले गरेको निर्णयमा सार्वजानीक धारण  आइृनसकेको ले कस्तो रुप लिनेहो  आगामी दिनहरुले बताउने छ । केहि दिन अघि पनि  ऊर्जामन्त्री बर्षमान पुनः लाई भेटेर कर्मचारी युनियनहरले आपत्ति जनाईसकेको छ ।कर्मचारी युनियनहरुको पटक पटक विरोधका कारण  आपत्ति जनाउँदै यो संस्थालाई चलाउन नपाइने बताएका थिए ।
 
 सरकारले आर्थिक वर्ष २०७७र७८ को बजेट सार्वजनिक गरेको छ । विहिवार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । 
 
चालु आर्थिक वर्ष २०७६र७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
 
आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया