भर्खरै

नेपाल इलेक्ट्रिसियन संघको भिडियो कन्फ्रेन्स (वेबिनार) अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : बिही, जेठ १५, २०७७
  • - भीमलाल श्रेष्ठ
title
 विद्युत संसार जेठ, काठमाण्डौ । नेपाल इलक्ट्रिसियन संघ का वर्तमान पदाधिकारी र सल्लाहकार बिचमा जूम भिडियो कन्फ्रेन्स (भर्चुअल मिटिङ –वेबिनार) बाट कोभिड १९ को असर र आगामी दिनमा संघले खेल्नुपर्ने भूमिका विषायक अन्तरक्रिया कार्यक्रमा सम्पन्न गरिएको हो ।
 
 
 नेपाल इलक्ट्रिसियन संघ एक पेशेवर संगठन तथा गैह्रनाफामूलक सामाजीक संस्था को रुपमा परिचित रहेको संसथा हो । इलेक्ट्रिसियनहरुको हकअधिकारको  लागि सामाजिकरुपमा वकालत गरिदै आएको छ। हाल पछिल्लो विवरण अनुसार ११ सय ५८ जना आबद्ध सदस्यहरु मध्ये ६८ जना संस्थाको आजिवन सदस्यता समेत लिएको छ।
 
 
अन्तरक्रिया कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा नेपाल इलेक्ट्रिसियन संघका सल्लाहकार राम बहादुर श्रेष्ठ, नेपाल विद्युतीय व्यवसायी महासंघका कोषाध्यक्ष तथा संघका सल्लाहकार शंकर देवकोटा, प्राविधिक शिक्षा तथा बरिष्ठ इलेक्ट्रिसियन तर्फका शिक्षालय प्रमुख गोविन्द पौडेल लगायत ले संघको कार्य सकारात्मक तर्फ उन्मुख हुदै गएको अवस्थामा कोभिड १९ ले अबको गन्तव्यहरुमा केही चुनौती संगै अवसर पनि आएको , व्यवसायलाई मर्यादित बनाउन काम गर्ने दररेट लागु गर्नुपर्नै, सीटीईभीटी को कम्तीमा तह १ पासको प्रावधान अनिवार्य लागू गर्नुपर्ने गाउँपालिका,नगरपालिका र महानगरपालिकामा  कामगर्ने कार्यअनुमती पत्र बाहक लाई मात्र कार्यअनुमति पत्रको व्यवस्थ ागर्न सरोकारवाला निकायहरु संग पहल गरिनु पर्ने, विदेश बाट फर्केका जनशक्ति ले अबको बजारमा हुन सक्ने अस्वस्थ प्रतिस्पर्धा लाई ध्यानमा राखेर कार्ययोजना ल्याउन पहल गर्नुपर्ने,संकटको घडिमा आफ्ना सदस्यहरुको समसया लाई आत्मासाथ गर्नुपर्ने,सामुहिक एसएमएस मार्फत क्षेत्रिय तथा भेगिय हिसावले आफ्ना सदस्यहरुको बायोग्राफी राखि कार्य मूल्याङकन   गरि काम गर्नुपर्ने , विद्युतीय सामानको प्रयोगमा गुणस्तरीय सामानको मात्र कार्य गर्नमा अग्रसर जस्ता सुझावहरु भर्चुअल मिटिङ मार्फत संघलाई सुझाव दिएका थिए । 
 
कार्यक्रममा  कार्यसमिति पदाधिकार िहरुले  पनि आ आफ्ना परिचय र  धारणा सार्वजानिक गरिएको थियो  । यो  संकटको  दुःखद घडिमा सदस्यहरुको दैनिकी जीवन र अबस्था बारेमा फोनीङ्ग कार्यक्रम मार्फत भएपनि संघले तत्काल पहल थालिनुपर्ने संघका महासचिव कान्छा श्रेष्ठले वेविनार छलफलमा बताए । 
 
त्यसैगरि संघका अध्यक्ष प्रकाश कुमार दाहालले समग्र सल्लाहाकारहरु बाट आएको र संघका पदाधिकारीहरुले उठाएको सवाल जवाफमा  ठ्यौली र हाँसोको बहार संगै संघले गरेका कार्यक्रमहरु र आगामीक दिनमा गर्न सक्ने कामहरु लाई सबैको साथ र एकता आवश्यक रहेको स्पस्ट पारे । अहिलेको बिषम परिस्थिीतिमा पनि संघका नियमित कार्यक्रहरु क्यालेण्डर प्रकाशन, अनलाईन तालिम समेत को सार्वजानिक गरिएको थियो । संघले गरिने कार्यक्रमहरुमा सल्लाहकारको निरन्तरता  सहभागि अपेक्षा सहित  कार्यसमिति पदाधिकारी  सवैमा आभार व्यक्त  गरि कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago