चौतर्फी विरोधपछि सरकार पछि हट्यो, असार ७ गतेसम्म कर तिर्ने अवधि थप
- प्रकाशित मिति : बुध, जेठ २१, २०७७
- - विद्युत संसार संवाददाता

विद्युत संसार जेठ,काठमाडौं । सरकारले कर तिर्ने समयावधी बढाएको छ । चौतर्फी विरोध भएछि आन्तरिक राजस्व विभागले जेठ २५ बाट बढाएर असार ७ गतेसम्म पुयाएको हो ।
अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७६ फागुन र चैत महिनाको बुझाउनुपर्ने विवरण तथा ती विवरणबमोजिमको अन्तःशुल्क दाखिला पनि असार ७ गतेसम्म गरिसक्नुपर्नेछ ।
यसैगरी आयकर ऐन, २०५८ बमोजिम २०७६ साल फागुन र चैत महिनाको बुझाउनुपर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला पनि असार ७ गतेसम्म गरिसक्नुपर्ने उल्लेख छ ।
दुई महिना लकडाउन गरेर लकडाउनकै अवधि जेठ २५ गतेसम्म कर तिर्न गरिएको उर्दीविरुद्ध व्यापारी, राजनीतिक दलहरुले विरोध जनाएको कारण सरकारले म्याद थप्नु परेको हो ।