भर्खरै

विराटनगर का व्यवसायीहरुले जेठ २२ गते देखि व्यवसाय संचालन गर्न पाउने

  • प्रकाशित मिति : बुध, जेठ २१, २०७७
  • - विद्युत संसार संवाददाता
title
विद्युत संसार जेठ,विराटनगर । विराटनगर महानगरमा ब्युटिपार्लर,सैलुन र होटल बाहेकका अन्य पसल तथा ब्यवसाय खोल्न दिने निर्णय भएको छ । विराटनगर महानगर क्षेत्रमा विहान देखि दिउसो १२ बजे सम्म पसल खोल्न पाइने छ । जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
 
बजार क्षेत्रमा सामाजिक दुरी कायम राखेर सुरक्षितरुपमा ब्यापार ,व्यवसाय सन्चालन गर्ने गरी ब्यवस्था मिलाइएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । यसको प्रत्यक्ष अनुगमन विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङले गर्ने छ ।
                                       
यो निर्णय संगै विराटनगरका मोरङ इलेक्टिक संघका अध्यक्ष नविन अग्रवालले  केही दिन अघि सरकारको लकडाउनको मोडालिटी परिवर्तन गर्न गरिएको माग का साथै व्यवसाय खोल्न पाउनुपर्ने भनि राखिएको माग प्रति जिल्ला प्रशासन कार्यालय र महानगरपालिका ले  कार्यान्वयन भएकोमा मोरङ का  बस्तुगत संस्थाहरु  विराट व्यपार संघ र मोरङ व्यपार संघ सवैको सामूहिक सहयोग प्रति  आभार व्यक्त गरेकको हामी संगको कुराकानीमा बताए ।  त्यसैगरि विराटनगर का विभिन्न संघ संगठनहरुमा   आन्दोलित रहेका व्यवसायीहरुले खुसी  समेत ब्यक्त गरेका छन् । सरकारले लकडाउनको नियमलाई पालना गरी व्यवसाय संचालन गर्न संयुक्त रुपमा स्वीकृती दिएको हो ।मोरङ  व्यापार संघ बाट जारी गरिएको सुचना पत्र को नमुना ः
 
श्री संपूर्ण व्यवसायीज्यूहरु
     विराटनगर।
 
 
प्रमुख जिल्ला अधिकारी, मेयरज्यू सहितको CCMC  को आज बसेको बैठकको  निर्णयानुसार हाललाई  भोली जेष्ठ २२ गते विहिवार  विहान ६ वजे देखि १२ वजे सम्म नेपाल सरकारले निर्दिष्ट गरेको स्वास्थ्य एवं सुरक्षा अपनाई आ-आफ्नो व्यवसायहरु सञ्चालन गर्न सबैमा अनुरोध    गरिन्छ ।
 
       सिईओ
मोरंग व्यापार संघ
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago