भर्खरै

बिहीबारदेखि लकडाउन उल्लंघन गर्दै पसल खोल्न नेपाल राष्ट्रिय व्यवसायी महासंघको उर्दी

  • प्रकाशित मिति : बुध, जेठ २१, २०७७
  • - विद्युत संसार संवाददाता
title
 
  राज्यलाई तिर्ने कर, घर भाडा‚ बैंकको ब्याजदर र कर्मचारीको तलब भत्ताको जिम्मा समेत सरकारले लिनुपर्ने महांसंघ

विद्युत संसार,जेठ,काठमाडौं । लकडाउनका कारण हालसम्म बन्द रहेका पसलहरू बिहीबारबाट बिहान ११ बजेसम्म संचालन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले व्यापारीहरूलाई उर्दी जारी गरेको छ। 
 
७१ दिनदेखि जारी लकडाउनका कारण तमाम उद्योग–व्यवसायहरू ठप्प हुँदा घरभाडा, बैंकको ब्याज र किस्ता, कर्मचारीको तलब भत्ता भुक्तानी गर्न समेत उद्योगी व्यवसायीहरूलाई समस्या परिहरेका बेला सरकारले कर तिर्न समेत ताकेता गरिरहेको भन्दै लकडाउन उल्लंघन गर्दै व्यापार व्यवसाय सुरु गर्न उर्दी गरेको हो।  
 
‘नेपालमा अझै लामो समय यही किसिमको लकडाउन जारी रहने हो भने उद्योगी–व्यवसायीहरूको व्यवसायबाट पलायनमात्रै होइन रोजिरोटी नै गुम्ने खतरा देखिएको छ।’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘हामी कुनै रहरले नभई बाध्य भएर पसलहरू खुला गर्ने निर्णय गरेका हौं।’
 
पसल खोल्दा सुरक्षाका मापदण्ड अपनाउने विषयमा भने महासंघले व्यापारीहरूलाई सजग गराएको छ। ‘हामी आफ्नो व्यवसाय खुला गरे पनि न्यूनतम दूरी कायम गर्ने, मास्क तथा स्यानिटाइजर प्रयोग गर्नेलगायतका विश्व स्वास्थ्य संगठनल तथा नेपाल सरकारले तोकेको न्युनतम मापदण्डको पालना गर्नेछौं’ विज्ञप्तिमा भनिएको छ। 
 
पसल व्यवसायहरू खुला गर्दा राज्यबाट बन्द गर्न दबाब आएमा वा बल प्रयोग गरिएको खण्डमा व्यवसायीहरूले राज्यलाई तिर्ने कर, घर भाडा‚ बैंकको ब्याजदर र कर्मचारीको तलब भत्ताको जिम्मा समेत सरकारले लिनुपर्ने पनि महांसंघले विज्ञप्तिमा उल्लेख गरेको छ।नेपाल लाइभ

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago