भर्खरै

पर्सा जिल्लामा शुक्रबार देखि व्यवसाय जोर बिजोर प्रणाली बाट संचालनमा आउँदै

  • प्रकाशित मिति : बुध, जेठ २१, २०७७
  • - भीमलाल श्रेष्ठ
title

 
विद्युत संसार जेठ,पर्सा।पर्सा जिल्लामा आगामीक जेठ २३ गते देखि होटल, रेष्टुरेन्ट,फिल्मिहल, सैलुन, जिमखाना बाहेकका अन्य पसल तथा ब्यवसाय जोर बिजोर प्रणाली बाट पसलहरु खोल्न   दिने  निर्णय गरिएको छ ।
 
जिल्ला प्रशासन कार्यालय पर्सामा कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।बजार प्रकृतीको आधारमा  बिहानको ५ बजेदेखि ९ बजे सम्म  र दिवासत्रको ११ बजेदेखि ४ बजे सम्म संचालन  गर्न पाउने  छ भने औषधी पसल २४ सैं घण्टा र बैंकहरु नियमित सुचारु  गर्न पाउने उक्त निर्णयमा पत्रमा जनाएको छ  । 
 
निर्णयमा ९ वटा शिर्षकमा विभाजन गरी  समय तालिका सहित संचालन गर्न गराउन अनुरोध गरिएको छ। ऋौषधी पसmहरु २४ घण्टा खोल्ने , बैक तथा वित्तिय संस्थाहरु नियमित रुपमा खोल्नु पर्ने,अत्यावश्यक  बस्तुहरु खाद्य तथा ग्यासहरु र मोवाइल तथा तरकारी तथा फलफूलहरु (सटरमा राखिएको)  विहान ५ बजे देखि ९बजे सम्म खोल्ने प्रवधान गरिएको छ भने इलेक्ट्रिक,इलेक्ट्रोनिक्स ,रेडिमेड कपडा, कस्मेटिक पसलहरु जोर गते विहान ११ बजेदेखि दिउँसो ४बजे सम्म,खोल्न पाउने भनिएको छ । 
 
त्यसैगरि हार्डवेयर,साईकल, मोटर पार्टस, अटोवक्र्स, भाडावर्तन,सुनचाँदी,फर्निचर तथा अन्य पसलहरु बिजोर गते बिहान ११ बजे देखि दिउँसो ४बजे सम्म, माछा,कुखुरा तथा सोको दाना, पशुआहार,खाद्य,किराना, कृषि उत्पादन,मल, बीउ,सिमेन्ट,डण्डी, जस्तापाता,कोइला, विटुमिन तेल,क्लिन्कर, निर्माण सामग्रीहरु लगायत अन्य मालबस्तुहरुको ढुवानी हरेक दिन साँझ ७ बजे पछि  को तालिका सार्वजानिक गरिएको छ । 
 
सिनेमाहल, जिमखाना, होटल,रेष्टुरेन्ट, चियापसल(फुटपाथमा राखिएको समेत) मिठाई पसल ,मदिराजन्य पसल,सैलुन,मठमन्दिर,मस्जिद अन्य मानिसहरु भिडभाड हुने स्थलहरु र सार्वजानिक बस, रिक्सा,टेम्पो,साईकल,मोटरसाईकल लगायतका पास नभएका सम्पूर्ण सवारीहरु पूर्ण रुपमा बन्द रहने निर्णय सिएमसी बैठको निर्णयमा  उल्लेख गरिएको छ।
 
बजार क्षेत्रमा सामाजिक दुरी कायम राखेर सुरक्षितरुपमा ब्यापार ,व्यवसाय सन्चालन गर्ने गरी ब्यवस्था मिलाइएको पर्सा विद्युतीय व्यवसायी संघका अध्यक्ष कृण्ण कुमार  पट्टेलले जानकारी दिए । यसको प्रत्यक्ष अनुगमन विरगञ्जमा नगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्साले  गर्ने छ । यो निर्णय संगै पर्सामा मा आन्दोलित रहेका व्यवसायीहरुले खुसी ब्यक्त गरेका छन् ।
 
यो निर्णय संगै   केही दिन अघि सरकारको लकडाउनको मोडालिटी परिवर्तन गर्न गरिएको माग का साथै व्यवसाय खोल्न पाउनुपर्ने भनि राखिएको माग प्रति जिल्ला प्रशासन कार्यालय  ले  औषधी र बैंकहरुको नियमित गरी खद्यान्नका समाग्रीहरु तथा तरकारी तथा फलफूलहरुलाई बिहानी ९ बजे सम्म को समय  कार्यान्वयन  गर्न  निर्देशन दिएको हो । अन्य लाई जोर बिजोरको  प्रणालीको समेत समस्या नरहेको आधारमा पसलहरु संचालन गर्न छ। निर्देशन ११ वजेदेखि ४ बजे सम्म र विहान ५ बजे देखि ९ वजे सम्म रहेको छ ।
 
 कोही  पर्साका  बस्तुगत संस्थाहरु  सवैको सामूहिक सहयोग र । ७१ दिनदेखि जारी लकडाउनका कारण तमाम उद्योग–व्यवसायहरू ठप्प हुँदा घरभाडा, बैंकको ब्याज र किस्ता, कर्मचारीको तलब भत्ता भुक्तानी गर्न समेत उद्योगी व्यवसायीहरूलाई समस्या परिहरेका बेला सरकारले कर तिर्न समेत ताकेता गरेको समय टेर्डसका डाईरेक्टर  सीताराम सरार्फले विद्युत संसारलाई बताए ।
 
 ‘नेपालमा अझै लामो समय यही किसिमको लकडाउन जारी रहने हो भने उद्योगी–व्यवसायीहरूको व्यवसायबाट पलायनमात्रै होइन रोजिरोटी नै गुम्ने खतरा देखिएको छ।’ पसल खोल्दा सुरक्षाका मापदण्ड अपनाउने विषयमा भने महासंघले व्यापारीहरूलाई सजग गराएको छ। ‘हामी आफ्नो व्यवसाय खुला गरे पनि न्यूनतम दूरी कायम गर्ने, मास्क तथा स्यानिटाइजर प्रयोग गर्नेलगायतका विश्व स्वास्थ्य संगठनल तथा नेपाल सरकारले तोकेको न्युनतम मापदण्डको पालना गर्नेछौं’ विज्ञप्तिमा भनिएको छ। 
 
पसल व्यवसायहरू खुला गर्दा राज्यबाट बन्द गर्न दबाब आएमा वा बल प्रयोग गरिएको खण्डमा व्यवसायीहरूले राज्यलाई तिर्ने कर, घर भाडा‚ बैंकको ब्याजदर र कर्मचारीको तलब भत्ताको जिम्मा समेत सरकारले लिनुपर्ने पनि पर्सा विद्युतीयय व्यवसायी संघका अध्यक्ष कृण्ण पटे्ल विद्युत संसार सँगको कुराकानी मा बताए।

प्रतिक्रिया