गोरखाको गण्डकी गाउँपालिकामा एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : आईत, जेठ २५, २०७७
  • - भीमलाल श्रेष्ठ
title

 
 
 
विद्युत संसार ,जेठ,गोरखा । गोरखाका ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी गाउँपालिकाको  ज्ञानमार्ग मावि , भीमोदय आधारभूत विद्यालय  र रत्नेश्वर मावि दर्बुङ सहित तीन वटा क्वारेन्टाइनमा रहेका ९ जना मा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय अन्र्तगत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणले पुष्टि गरिएको   हो ।
 
गण्डकी गाउँपालिकाको  ज्ञानमार्ग माविको ४जनाक्वारेण्टाइनमा रहेका मध्ये १ जना,भीमोदय आधारभूत विद्यालयको ९जनाक्वारेण्टाइनमा रहेका मध्ये ४ जना, र रत्नेश्वर मावि दर्बुङको ५ जना क्वारेण्टाइनमा रहेका ४ जनामा पोजेटिभ देखिएको हो ।
 
प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा शनिवार भएको स्वाब परिक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।
 
उनीहरूलाई आज आइतवार जिल्ला अस्पताल गोरखाको आइसोलेशनमा ल्याउने तयारी गरिएको छ । सोही अनुसार आइसोलेशन वार्ड तयार भैसकेको अस्पताल ब्यवस्थापन पक्षले जनाएको छ ।
 
उनीहरुलाई आज आइसोलेसनमा लैजाने तयारी भैरहेको गण्डकी गाउँपालिका-८ का वडाधक्ष्य राम प्रसाद रेग्मीले जानकारी दिए ।
 
उनीहरु सबै जेठ १२ पछि भारतबाट आएको समेत उनले विद्युत संसारलाई जानकारी दिए। अब सवै गाउँपालिका तथा  वडाबासीहरुमा सर्तक रहन समेत वडाध्यक्ष रेग्मीले हामी संगको कुराकानीमा बताए । संक्रमित हुनेहरु क्रमशः  बर्ष  २५ ,३२ २०, ४३,३०,२०,२१,२१ र २३  रहेको जारी विज्ञप्तीमा जनाईएको छ।
हाल गोरखा सदरमुकाममा रहेका पालुङ्गटार ७ का  १७ बर्षे एक किशोरमा कोरोना संक्रमण पुष्टि भएसंगै गोरखा जिल्लमा मात्र एकै दिन संक्रमित हुने संख्या १० पुगेको छ ।  यो   १० जना सहित  गण्डकी प्रदेश कोभिड -१९ को संक्रमित को संख्या ११३ पुगेको छ ।

प्रतिक्रिया