भर्खरै

मुख्यमन्त्री रोजगार कार्यक्रम

  • प्रकाशित मिति : शनि, जेठ ३१, २०७७
  • - विद्युत संसार संवाददाता
title
 विद्युत संसार ३१ जेठ, जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आएको छ । यहाँको एक नगरपालिकासहित गाउँपालिकामा रु ६४ लाखका दरले रु पाँच करोड रकम बेरोजगार तथा कोभिड –१९ बाट प्रभावितलाई रोजगारी सिर्जना गर्ने उद्देश्यले  मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ ।
 
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्लाको सामाजिक विकास कार्यालय र स्थानीय तहबीचको समन्वयमा सञ्चालित सो कार्यक्रमले रोजगार गुमाएका व्यक्तिलाई रोजगार दिने सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलवीर सुनारले बताए। जिल्लाको पातारासी गाउँपालिकामा सो कार्यक्रम सञ्चालनमा आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । जारी बन्दाबन्दीले घर खर्च चलाउन गाह्रो भएका र गाउँपालिकाले अतिगरिब घर पहिचान गरेका स्थानीयवासीलाई कामसहित रोजगार दिएको गाउँपालिकाको रोजगार शाखाले जनाएको छ । 
 
यहाँको हिमा गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र पौडेलका अनुसार रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका एक हजार ७८५ बेरोजगार मध्येबाट प्राथमिकताका आधारमा ३३९ बेरोजगारलाई २० दिनको कामसहित रोजगारी दिइएको छ । सो कार्यक्रमअन्तर्गत गाउँपालिकाको–४ स्थित हिमा आवासीय विद्यालयको भवन निर्माण र घेराबार आयोजनामार्फत रोजगार कार्यक्रममा समावेश गराइएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । कामदारले दैनिक रु ६६० ज्याला पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए। सो आयोजनाको कूल बजेटमध्ये ७० प्रतिशत रकम कामदारको ज्यालादारीमा र ३० प्रतिशत रकम आयोजनालाई आवश्यक पर्ने सामग्री खरिद गर्न सकिने कार्यालयका सवइञ्जीनियर प्रेमबहादुर शाहीले बताए।
 
जिल्लाको तातोपानी गाउँपालिकाले पनि मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिसकेको छ भने तिला, गुठीचौर, कनकासुन्दरी, चन्दननाथ नगरपालिका र सिञ्जा गाउँपालिकाले आउने महिनाको पहिलो हप्ताबाट कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाका रोजगार शाखाले जनाएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago