भर्खरै

विराटनगरका दश व्यापारिक संघसंस्थाद्वारा सरकारसमक्ष पाँच बुँदे माग

  • प्रकाशित मिति : शुक्र, जेठ ३०, २०७७
  • - विद्युत संसार संवाददाता
title
 
 
 
 विद्युत संसार ३० जेठ, विराटनगर । विराटनगरका व्यवसायीले पाँच बुँदे माग राख्दै संघीय सरकारको ध्यानाकर्षण गरेका छन् । 
 
मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल र राष्ट्र बैंक विराटनगरका प्रमुख लक्ष्मण सिग्देलमार्फत् प्रधानमन्त्री केपी ओलीलाई शुक्रबार ज्ञापन पत्र बुझाउँदै व्यापारीले सरकारको ध्यानाकर्षण गराएका हुन् । विराटनगरका विभिन्न १० वटा संघहरुले सरकारको नाममा ज्ञापन पत्र पठाएका हुन् ।
 
विराट व्यापार संघका अध्यक्ष सुजन थापा, मोरङ अटोमोबायल्स डिलर एसोसिएसनका अध्यक्ष सुभाष आचार्य, ट्रान्स्पोर्ट एसोसिएसनका अध्यक्ष नरबहादुर भण्डारी, नेपाल औषधि व्यवसायी संघ कोसीका अध्यक्ष कुमार खतिवडा, मदिरा व्यवसायी संघका अध्यक्ष विनोद केसी, मोरङ इलेक्ट्रिक संघका अध्यक्ष नवीन अग्रवाल, नेपाल मुद्रण उद्योग संघका अध्यक्ष लव घिमिरे, नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, विराटनगर हार्डवेयर संघका अध्यक्ष मुकुन्द दाहाल र विराटनगर ट्रक व्यवसायी संघका अध्यक्ष लक्ष्मी प्रसाईंले ज्ञापन पत्र बुझाएका हुन् । 
 
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाललाई सुरक्षित राख्‍न विगत ८१ दिनदेखि देश बन्दाबन्दी अवस्थामा रहँदा व्यापार व्यवसाय नै चौपट भई पलायन हुनुपर्ने अवस्था सिर्जना हुन लागेको व्यवसायीको ठहर छ । 
 
उनीहरुले तत्काल कर तिर्न बाध्य नबनाउन, निजीक्षेत्रलाई ध्वस्त बन्नबाट बचाउनका लागि राहत प्याकेजको घोषणा गर्न, लकडाउन सुरु भएको मितिदेखि लागु हुने गरी बैंकबाट लिइएको कर्जाको शतप्रतिशत व्याज मिनाहा गर्न, लकडाउन खुलेपछि बैंकको बेस रेटमा कम्तीमा एक वर्षका लागि ऋण उपलब्ध गराउन र कर बुझाउन एक वर्षको म्याद दिन भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन् । 
 
बन्दाबन्दीसँगै व्यापार व्यावसायसमते चौपट रहेका बेला तत्कालै कर तिर्ने अवस्था नरहेको भन्दै निजी क्षेत्रलाई राहत दिन माग गरिएको विराट व्यापार संघका अध्यक्ष सुजन थापाले बताए । अचानक बन्दाबन्दी सुरु हुनुले बजारमा फसेको बाँकी वक्यौता समेत उठ्न नसकेको उनको भनाइ छ ।
 
विराटनगरमा बस्तुगत संघ तथा  दश विभिन्न व्यवसायीमार्फत  सरोकार निकाय जिल्ला प्रशासन कार्यालय , विराटनगर महानगरपालिका लगायत सरकारी निकायमा प्रत्यक्ष व्यवसायी हकहितका निम्तिी कहिले लकडाउनको मोडालिटी परिवर्तनका माग,कहिले आंशिक पसल व्यवसाय संचालन गर्न पाउनुपर्ने माग गर्दै र बैंकबाट लिइएको कर्जाको शतप्रतिशत व्याज मिनाहा गर्न, लकडाउन खुलेपछि बैंकको बेस रेटमा कम्तीमा एक वर्षका लागि ऋण उपलब्ध गराउन समेत लागि परेको मोरङ इलेक्ट्रिक संघका अध्यक्ष नवीन अग्रवालले विद्युत संसारलाई बताए ।  बिराटनगरमा रहेका विभिन्न व्यवसायीहरु व्यवसायी एकताको कारण हरेक माग कार्यान्यन बनाउन सफल भएको समेत अध्यक्ष अग्रवालले बताए । 
केके छन त पाँचबुदे मागहरु जस्ताको तेस्तै ः 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago