वल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा युवाको मृत्यु
- प्रकाशित मिति : आईत, असार ७, २०७७
- - विद्युत संसार संवाददाता

विद्युत संसार,७ असार, मोरङ । कोल्ड स्टोरमा वल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा आइतबार मोरङ बुढीगंगा गाउँपालिका– ५ दिपुटोलका २५ वर्षीय सन्तोष महतोको मृत्यु भएको छ ।
आइतबार दिउँसो साढे १ बजे विराटनगर ६ मा रहेको स्टन कोल्ड स्टोरमा वल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा मेकानिक सन्तोषको मृत्यु भएको हो ।
बम
करेन्ट लागेपछि बेहोस भएका सन्तोषलाई उपचारका लागि विराट नर्सिङहोम लगिएको थियो ।
उपचारकै क्रममा उनको एक घन्टापछि मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।