भर्खरै

नेपाल विद्युत प्राधिकरणले बर्षायाम शुरु भएसंगै जिर्णपोलहरु फेरिदै,नेट र विद्युत केही समय अवरुद्ध हुदै

  • प्रकाशित मिति : सोम, असार ८, २०७७
  • - भीमलाल श्रेष्ठ
title
 
विद्युत संसार ८ असार, काठमाण्डौं । नेपाल विद्युत प्राधिकरण ले बर्षायाम शुरु भएसंगै  ठमेल,क्षत्रपाटी,ढल्को एरियाको  पुराना जिर्ण अवस्थाका  सिमेन्टका पोलहरु फेर्न थालिएको कारण विद्युत र इन्टरनेट सेवाहरु केही समयका लागि  अबरुद्ध गरिएको हो  ।
 
क्षेत्रपाटी चोक संगै रहेको ट्रान्सफर्मर राखेको पोलहरु,सडकका छेउमा रहेको जिर्ण अवस्थाका पोलहरु समेत परिर्वतन गर्ने क्रममा रहेकोले करिब ३ घण्टा क्षेत्रपाटी देखि ढल्को सम्म विद्युत आपूर्ति र इन्टरनेट सेवा समेत बन्दगरि धमाधम काम भैराखेको नो लाईट शाखा रत्नपार्क का फोरमेन यामुना प्रसाद भट्राई ले विद्युत संसारलाई बताए । फोरमेन भट्राई ले क्षेत्रपाटी देखि ढल्को सम्मका कति वटा पोलहरु जिर्ण छ भन्ने यकिन तथ्याङ नभए पनि ती एरियाको जिर्ण भएका सबै पोलहरु पानी नपरेमा आज बेलुका सम्म आवश्यक देखिएका सवै पोलहरु परिवर्तन गर्ने हामी संगको कुराकानीमा बताए ।
त्यसैगरि नेपाल टेलिकम लगायत विभिन्न सेवा प्रदायकका इन्टरनेटका तारहरु अत्याधिक  लोडले गर्दा  पोलहरुमा अत्यान्तै खतरा बढेको,हिडडूल गर्न समेत कठिन भएको उक्त क्षेत्रमा व्यवसाय गदैं आएका  क्षेत्रपाटी मोवाईल मर्मत सेन्टरका संचालक राम शरण श्रेष्ठले विद्युत संसारलाई बताए । उनले भने, “यही पोल ढलेर मरिनेहो कि भन्ने चिन्ता थियो ढिलै भएपनि पोलहरु हिजो बाट परिर्वतन गर्न शुरुवात  गरेकाले अब मन शान्त बनाएर हिडडूल गर्न सक्ने परिस्थिती शुरुभएकोमा ” खुशी समेत व्यक्त गरेका थिए । 
 
जिर्ण पोलहरु परिवर्तनका क्रममा भएका तारहरु प्राविधिकरुपमा समस्या आएकाले सवै सेवाप्रदायक इन्टरनेट कम्पनीका प्राविधिकहरु पुनः सेवा संचालनमा  ल्याउन काममा व्यस्त रहेका काम गरिरहेको केही फोटो फिचरर्सहरु बाट बुझ्न सकिन्छ । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago