भर्खरै

पर्यटन मन्त्री सहभागी ‘जुम मिटिङ’मा पोर्न भिडिओ बजेपछि.......

  • प्रकाशित मिति : सोम, असार ८, २०७७
  • - विद्युत संसार संवाददाता
title
विद्युत संसार ८ असार,काठमाण्डौं । नेपाल पर्यटन बोर्डले कोरोनापछिको पर्यटकीय गतिविधि सञ्चालनका लागि तयार पारेको प्रोटोकलसम्बन्धी छलफल गर्न सोमबार ‘जुम मिटिङ’ आयोजना गरेको थियो।
 
जुमको माध्यमबाट दिउँसो १ बजे आयोजना गरिएको उक्त मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका बेला जुमको इन्टरफेसमा एक्कासि पोर्न भिडिओ तथा पोर्न भिडिओ आउने साइट सेयर भयो।
 
त्यसलगत्तै मन्त्रीले बोल्न छाडे र मिटिङ आयोजक पर्यटन बोर्डले सेसन अन्त्य गर्‍यो।
 
२ सयजना बढी सहभागी उक्त मिटिङमा कुन अकाउन्टबाट कसरी भिडिओ सेयर भयो भन्ने विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्डलाई निर्देशन दिइसकेको छ।
 
बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बोर्डलाई छानबिन गर्न निर्देशन दिइएको जानकारी दिए।
 
हामीले त्यसबारे छानबिन गरी रिपोर्ट गर्नका लागि बोर्डलाई निर्देशन दिइसकेका छौं। उहाँहरूले अहिले त्यसैमा काम गरिरहनुभएको छ, सचिव अधिकारीले सेतोपाटीसँग भने।
अनलाईन सेतोपाटी बाट ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago