भर्खरै

जीर्ण पोल मर्मतका लागि विद्युत् काटिने

  • प्रकाशित मिति : सोम, असार ८, २०७७
  • - विद्युत संसार संवाददाता
title
विद्युत संसार ८ असार,काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले मङ्गलबार काठमाडौँका विभिन्न स्थानमा लाइन काट्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्नुपर्ने भएकाले विद्युत् काटिन लागेको हो । 
 
प्राधिकरणको सूचनामा भनिएको छ, “महाराजगञ्ज  वितरण केन्द्रको गणेशथान फिडरबाट वितरीत लाइन बूढानीलकण्ठ नगरपालिका–२ गणेशचोकको जीर्ण एच टी लाइनको पोल परिवर्तन  गर्नुपर्ने भएकाले मङ्गलबार लाइन काटिनेछ ।”
 
प्राधिकरणका अनुसार मध्याह्न १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् काटिनेछ । प्राधिकरणका अनुसार सो उक्त फिडरअन्तर्गत घुम्ती, धापासी, च्यासिन्टोल, हात्तिगौंडा, बालुवाडीपो, हेपालीलगायतका क्षेत्रमा विद्युत् काटिनेछ । प्राधिकरणले ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सञ्चालनमा आउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago