भर्खरै

गोरखा घ्यालचोकमा जिर्ण रहेको मुन्थला मन्दिर पुनःनिर्माण हुदै

  • प्रकाशित मिति : मंगल, असार ९, २०७७
  • - भीमलाल श्रेष्ठ
title
 
विद्युत संसार,९ असार गोरखा । गोरखा जिल्लाको गण्डकी गाउँपालिका ८ घ्याल्चोकको बेनिगाँउमा  जिर्ण रहेको मुन्थला मन्दिर भत्काएर पुनःनिर्माण को काम  शुरुवात गरिएको छ ।
यस मन्दिर संरक्षण र सम्बद्र्धन गर्ने उदेश्याले प्रथम र दोस्रो मुन्थला धार्मिक तथा पर्यटन महोत्सव  २०७५ र २०७६  गरि दुई बर्ष महोत्सवको आयोजना गरि  उठेको रकम मन्दिर निर्माण कार्यको लागि खर्चगर्ने भनि गरिएको प्रतिबद्धता अनुसार  काम शुरुभएको मन्दिर निर्माण समितिका अध्यक्ष भीम श्रेष्ठले विद्युत संसारलाई बताए । उनले भने, महोत्सव बाट उठेको रकम र यो आर्थिक बर्षमा गण्डकी गाउँपालिका कार्यलयबाट बिनियोजित रकम रु १५ लाख सहित करिब २५ लाख बराबरको पुरानो मन्दिरको मौलिकता नहराउने गरी कलात्मक मन्दिर निर्माण गर्न लागिएको बताए ।  
 निर्माण अनुगमन समिति संयोजक तथा  महोत्सव आयोजक समितिका  आर्थिक संयोजक कुमार गुरुङ्ग ले मन्दिरको नाउँमा आर्थिक सहयोग कबोल गर्ने सबैलाई १५ दिन भित्रमा प्रथम मुन्थला धार्मिक तथा पर्यटन महोत्सव २०७५ नामक  प्रभ ुबंैकमा जम्मा गरिदिन मुन्थला  महोत्सव को आधिकारीक  पेज बाट सबैमा अपिल गरिएको छ । 
 
समुन्द्री सतह देखि करिब १२ सय मिटरको उचाईमा अवस्थित घ्याल्चोकको बेनी गाउँमा नेवार, गुरुङ्ग जनजातिहरुको बाहुल्यता रहेको  छ भने न्यून संख्यामा दलित समुदायहरुको  पनि बसोबास रहेको छ । यस क्षेत्रका जनजातिहरु बिभिन्न देशका सेनामा भर्तिहुने गरेको स्थानीयहरुले बताएका छन् । 
 
परापूर्व कालदेखि नै हरेक वर्ष उक्त मन्दिरमा हुँदै आएको मुन्थला मेलालाई थप व्यवस्थित गर्दै  मन्दिरको  संरक्षण,संवद्र्धधन र प्रवद्र्धन गर्नका लागि २ पटक महोत्सवको आयोजना सम्पन्न गरिसकेको छ । 
 
 राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना स्थलको काखैमा रहेको मुन्थला मन्दिरमा हरेक वर्षको मंसिरको चतुर्थी देखि पूर्णिमाको दिन सम्म मेला लाग्ने गर्दछ । मन्दिरको परिसरबाट बिहानीको सुर्योदय सँगै मनास्लु,गणेश र घोडे हिमालको मनोरम दृश्यका साथै चारैतिरको रमणीय दृश्यको अवलोकन गर्न सकिने र बुढीगण्डकी आयोजना निर्माण पछि सम्भाव्य प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरले बताए ।  अध्यक्ष  राना मगर अनुसार पोखराको फेवातालमा माछापुच्छ्रे हिमालको दृश्यले जसरी पर्यटकलाई लोभ्याएको छ, त्यसरी नै यस स्थानले पनि पर्यटकको मन लोभ्याउन  सक्ने दाबी छ ।   
मन्दिर वरपर रहेका स्थानीय वासिन्दाका अनुसार यस मुन्थला मन्दिरलाई अकलादेवीको नामले समेत चिनिन्छ । मनकामनादेवीकी कान्छी बहिनीको रुपमा लिइने यस देवीलाई कुनै समयमा बुढीगण्डकीको दोभान तरेर आफ्नो माइती जाने क्रममा रात परेकोले सो स्थानमा बास बसेको र घनाघोर जंगलमा देवी उत्पति भई ती महिलालाई सहयोग गरी देवी पैदा भएको किवंदन्ती रहे अनुसार नै मेला लाग्ने प्रचलन रहि आएको छ ।
 
त्यसैगरि मुन्थला देविले मनको इच्छापुरा गरिदिने भएकोले  लाहुरेहरुले भर्तिहुन जादाँ भाकलगरि  जाने परम्परा रहेको स्थानीय बुढापाकाहरुले बताउने गरेका छन् । 
मुन्थला मन्दिर निर्माणमा प्रविधिक सहयोग गण्डकी गाउँपालिकाको कार्यालयले गरेको छ भने निर्माण समिति, निर्माण अनुगमन समिति, आर्थिक कमिटि र क्लबहरुको बिशेष सहभागितामा मन्दिर निर्माण हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago