भर्खरै

विद्युत् प्राधिकरणका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • प्रकाशित मिति : बुध, असार १०, २०७७
  • - निराजन पौडेल
title
 
 
विद्युत संसार १० असार काठमाण्डौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् प्राधिकरणको सप्टवेयर बिलिङबाट २० लाख रुपैयाँभन्दा बढी अपचलन गर्ने आठ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
 
अख्तियारले दायर गरेको मुद्दाअनुसार बर्दिवास शाखाका तत्कालीन इन्चार्ज सञ्जीव शर्माविरुद्ध २० लाख ३३ हजार २ सय ७२ रुपैयाँ बराबर अपचलन गरेको मुद्दा दायर गरिएको छ । बर्दिबास उपकेन्द्रका तत्कालीन ज्यालादारी कर्मचारी अरविन्दप्रसाद जयसवालविरुद्ध सोही मुद्दामा ४ लाख ७५ हजार ४ सय ६६ रुपैयाँ ७३ पैसा अपचलन गरेको आरोप छ ।
 
त्यस्तै, तत्कालीन ज्यालादारी कर्मचारी बागेश्वरीकुमारी कर्णविरुद्ध ५३ हजार ८ सय २१, बर्दिबास उपकेन्द्रका लेजर पोस्टिङ गर्ने तत्कालीन ज्यालादारी कर्मचारी चन्द्रभूषण महतोविरुद्ध ४ लाख ६ हजार १ सय ३९ रुपैयाँ र बर्दिबास उपकेन्द्रका लेजर पोस्टिङ गर्ने तत्कालीन ज्यालादारी कर्मचारी धर्मेन्द्रकुमार महतोविरुद्ध ६६ हजार ८ सय ३७ रुपैयाँ बराबर अपचलन गरेको भेटिएको छ ।
 
अख्तियारको अनुसन्धानको क्रममा नेपाल विद्युत् प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत तत्कालीन बर्दिबास उपवितरण केन्द्र (हाल गौशाला वितरण केन्द्रअन्तर्गत) मा कार्यरत कर्मचारीबाट प्राधिकरणको एनएस रेभिन्यु सप्टवेयरमा तथ्यांक थपघट (म्यानुपुलेसन) गरी आर्थिक अपचलन गरेको भेटिएको थियो ।
 
प्राधिकरणको सप्टवेयरमा तथ्यांक तलमाथि गरी नियमविपरीत बिक्री संशोधन र क्रेडिट बिल दोहोरो पोस्टिङ गरी राजस्व अपचलन गरेको भन्ने उजुरी आएपछि प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले अध्ययन समिति गठन गरेको थियो ।
 
प्राधिकरणबाट गठित समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गरिएको अनुसन्धान छानबिन समितिले पेस गरेको प्रतिवेदनअनुसार प्राधिकरणको सप्टवेयरबाट २० लाख ३३ हजार २ सय ७२ रुपैयाँ ६१ पैसा बराबर राजस्व अपचलन गरेको भेटिएपछि अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
 
अख्तियारले दायर गरेको मुद्दाअनुसार बर्दिवास शाखाका तत्कालीन इन्चार्ज सञ्जीव शर्माले कर्मचारीहरूको पासवर्ड आफैंले राखी रातको समयमा गोप्य तरिकाले काम गर्ने, मातहतको कर्मचारीको गम्भीर गल्तीलाई सामान्य सोधपुछको भरमा छाडिदिने, सम्प्रेषण गर्नुपर्ने सूचना माथिल्लो निकायमा नपु¥याउने, अधिकारै नभएको अधिकार प्रयोग गर्ने गरेको र मौखिक आदेशमा काम गर्ने गराउने गरेको भेटिएको छ । प्राधिकरणको सप्टवेयरबाट डाटा तलमाथि गरी सप्टवेयरभित्र चलखेल गरी धेरै ग्राहकको खातामा नियमविपरीत बिक्री संशोधन र क्रेडिट बिल दोहोरो र बहु पोस्टिङ गरेको भेटिएको हो ।
   राजधानी दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago