भर्खरै

लायन्स क्लव अफ गौरवले बृहत निःशुल्क स्वास्थ्य शिविर गर्दै

  • प्रकाशित मिति : मंगल, असार १६, २०७७
  • - भीमलाल श्रेष्ठ
title
 
विद्युत संसार १६ असार, काठमाडौ । कोरोना भाइरस कोभिड–१९ का कारण देशमा भइरहेको स्वास्थ्य समस्यलाई मध्यनजर गर्दै लायन्स क्लव अफ काठमाण्डौ गौरव र ओम साइबाबा मेमोरियल हस्पिटल प्रा.लि. सयुक्त आयोजनामा आउदोँ बुधवार ओम साइबाबा मेमोरियल हस्पिटल बनस्थली ढुङ्गेधारामा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । 
 
लायन्स क्लव इन्टरनेशनलको मान्यता अनुसार जुलाई १ देखी एक वर्षको कार्यकालको शुभारम्वको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
सामाजिक कार्यामा सक्रिया क्लवले देशमा भइरहेको स्वास्थ्य संकटलाई मध्यनजर गर्दै “स्वस्थ्य रहौ, निरोगी बनौं” भन्ने मुल नाराका साथ स्वास्थ्य शिविर आयोजना गरेको हो । 
 
देशमा लकडाउनका कारण लामो समय घरभित्रै बस्दा शारिरिक ब्याम कम, खानपिन धेरै र रेगुलर स्वास्थ्य जाचँ गराउन समस्या भएका कारण अधिकांस मानिसमा स्वास्थ्य समस्या देखा परेको भन्दै बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका लायन्स क्लव अफ काठमाण्डौ गौरवका अध्यक्ष दयाराम कार्कीले जानकारी दिए ।
शिविरमा विषेशज्ञ डाक्टर द्वारा स्वास्थ्य जाँच, सुगर (मधुमेह) जाँच, पिसाब जाँच, औषधी वितरण, स्वास्थ्य सामग्री वितरण लगायत सेवाहरु दिने अध्यक्ष कार्कीले बताए । 
 
उक्त स्वास्थ्य शिविरलाई लायन्स क्लव अफ काठमाण्डौ आगमन, लायन्स क्लव अफ काठमाण्डौ भिजन नेपाल, सोड नेपाल, नेपाल शान्ति स्काउट, नेपाल इलेक्ट्रिसियन संघका साथै ढुङ्गेधारा रानिवन ब्यापार संघको सहयोगमा शिविर कार्यक्रम हुने भएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago