भर्खरै

बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • प्रकाशित मिति : बुध, असार १७, २०७७
  • - भीमलाल श्रेष्ठ
title
 
 
विद्युत संसार १७ असार, काठमाडौ । कोरोना भाइरस कोभिड–१९ का कारण देशमा भइरहेको स्वास्थ्य समस्यलाई मध्यनजर गर्दै लायन्स क्लव अफ काठमाण्डौ गौरव र ओम साइबाबा मेमोरियल हस्पिटल प्रा।लि। सयुक्त आयोजनामा ओम साइबाबा मेमोरियल हस्पिटल बनस्थली ढुङ्गेधारामा भएको निःशुल्क स्वास्थ्य शिविरमा २०४ जनाले स्वास्थ्य जाँचगरी सम्पन्न  गरिएको हो ।निःशुल्क रगत परिक्षण १७४ र पिसाब परिक्षण १८८ जनाले  साथै आवाश्यक अौषधि समेत निशुल्क बितरण गरि स्वास्थ्य लाभलिएको लायन्स क्लब अफ काठमाण्डौं गौरबका अध्यक्ष दयाराम कार्कीले  विद्युत संसारलाई बताए । 
 
 गर्भनर मनबहादुर रोका र एलसिआईएफ एरिया लिडर बालकृण्ण बुर्लाकोटीको दुबैजनाको संयुक्त रुपमा वृहत निःशूल्क स्वास्थ्य शिविरको ब्यानर उद्घाटनगरी  कार्यक्रमको शुभारम्भ गरियो ।
 
निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम को क्लबको हाईण्डओभर कार्यक्रममको सन्दर्भमा नर्चर द फियूर्चस,मेरो क्लब बलियो क्लब 
 पढाउ अभियान जस्ता कार्यक्रमहरुमा लाग्न र क्लबका पदाधिकारीमा शुभकामना सहित गर्भनर मन बहादुर रोकाले व्यक्त गरे । त्यसैगरि लायनिजम यात्रामा गौरबले बिगतको गौरबको बिरासत जोगाउनेगरी  कार्यक्रमहरु गरी  डिस्ट्किले ल्याएको 
 कार्यक्रमहरुमा सहयोग गर्न अपिल समेत गरिएको थियो । 
 
 लायन्स क्लव इन्टरनेशनलको मान्यता अनुसार जुलाई १ देखी एक वर्षको कार्यकालको शुभारम्वको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
सामाजिक कार्यामा सक्रिया क्लवले देशमा भइरहेको स्वास्थ्य संकटलाई मध्यनजर गर्दै “स्वस्थ्य रहौ, निरोगी बनौं” भन्ने मुल नाराका साथ स्वास्थ्य शिविर आयोजना गरेको हो । 
 
देशमा लकडाउनका कारण लामो समय घरभित्रै बस्दा शारिरिक ब्याम कम, खानपिन धेरै र रेगुलर स्वास्थ्य जाचँ गराउन समस्या भएका कारण अधिकांस मानिसमा स्वास्थ्य समस्या देखा परेको भन्दै बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका लायन्स क्लव अफ काठमाण्डौ गौरवका अध्यक्ष  कार्कीले बताए ।
 
शिविरमा विषेशज्ञ डाक्टर द्वारा स्वास्थ्य जाँच, सुगर (मधुमेह) जाँच, पिसाब जाँच, औषधी वितरण, स्वास्थ्य सामग्री वितरण लगायत सेवाहरु दिने अध्यक्ष कार्कीले बताए । 
 
उक्त स्वास्थ्य शिविरलाई लायन्स क्लव अफ काठमाण्डौ आगमन, लायन्स क्लव अफ काठमाण्डौ भिजन नेपाल, सोड नेपाल, नेपाल शान्ति स्काउट, नेपाल इलेक्ट्रिसियन संघका साथै ढुङ्गेधारा रानिवन ब्यापार संघको सहयोगमा शिविर कार्यक्रम  सम्पन्न गरिएको हो । 
 
 कार्यक्रममा थप हौसला प्रदान गर्न प्रथम भाईस गर्भनर विश्वेश्वर आर्चाय, सेकेन्ड भाईस गर्भनर महेन्द्र पौडेल, पूर्व गर्भनर 
  र क्याविनेट सेक्रेटरी सूर्य केसी लगायतको डिस्टिकको सहभागिता रहेको थियो । 
 
लायन्स क्लब अफ काठमाण्डौ गौरबले आफ्नो कार्यकालको पहिलो दिनमा बालाजु को विण्णुमतिको क्षेत्रमा संयुक्त बृक्षारोपण,क्लबले ६ महिनाको इन्टरनेशनल तथा डिस्ट्कि वा मल्टिपल डीउज क्लियर,  ह्याण्डओभर  कार्यक्रम र निशुल्क स्वास्थ्य शिबिर सहित ४ वटा कार्यक्रको सम्पन्न गरिएको थियो । 

भिडियो हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago