भर्खरै

पोल गाडेको अढाइ दसकपछि गाउँमा बिजुली

  • प्रकाशित मिति : बिही, असार १८, २०७७
  • - लक्ष्मण ढुंगाना
title
 
विद्युत संसार १८ असार नेपालगन्ज।नेपालगन्ज(बाँकेको विकट मानिने राप्तीपारिको नरैनापुरमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । पोल गाडेको अढाइ दशक बित्दासमेत अन्धकारमै रहेको नरैनापुरमा कोरोना कहरकै बीच विद्युत् सेवा पुगेको हो । पछिल्लो समय कोरोनाको हटस्पट भनेर चिनिएको नरैनापुरमा विद्युत् विस्तारका लागि पोल गाडेको करिब अढाइ दशक बित्दासमेत अन्धकारमै रहेको थियो । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा आइसोलेसन सञचालनमा समस्या भएपछि लकडाउनलाई अवसरमा परिणत गरी काम गर्दा विद्युत् सेवा पुगेको हो ।
 
बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसीले मंगलबार नरैनापुरका ४ ठाउँमा ट्रान्सर्फमरको स्विच अन गरेर विद्युत् सेवाको औपचारिक सुभारम्भ गरिन् । विद्युत्को सुभारम्भ गर्दै उनले लकडाउनलाई विद्युत् सेवा विस्तारका लागि अवसरको रूपमा नलिएको भए नरैनापुरवासीले विद्युत् सेवा पाउन अझै डेढ, दुई वर्ष कुर्नुपर्ने अवस्था रहेको बताइन् । सबैको सामूहिक प्रयासवाट विद्युत् विस्तार भएको भन्दै उनले उक्त कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरिन् ।राप्तीपारिको नरैनापुर क्षेत्रमा आव ०५३÷५४ सालदेखि पोल गाडेर विद्युत् विस्तार गर्न सुरु गरिए पनि विभिन्न कारणले अलपत्र परेको थियो । कोरोनाको संक्रमण फैलिदै जाँदा विद्युत् नभएकै कारण आईसोलेसन सञ्चालनमा समेत समस्या भएपछि सिंगो राज्यको ध्यान नरैनापुरमा केन्द्रित भएको थियो ।  वर्षौंदेखिको नरैनापुरबासीको बिजुली बाल्ने सपना पूरा भएपछि स्थानीयका साथै त्यहाँका जनप्रतिनिधि खुसी देखिएका छन । बिजुली नभएकै कारण उद्योगधन्दा कलकारखाना लगायत कृषि क्षेत्रको विकास नभएको बताउँदै अब सिँचाइसँगै उद्योगधन्दाको विकास गर्न बाटो खुलेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । “अब यहाँका जनताको जीवनस्तरमा सुधार आउने छ,” उनले भने, “अब नरैनापुर सुगम भइसक्यो ।”
 
 क्षेत्रीय विद्युत् प्राधिकरण केन्द्र नेपालगन्जका अनुसार मटेहियाबाट कट्कुइँयासम्म पोल गाड्ने र तार तान्ने काम सम्पन्न भइसकेको छ । अब मुख्य लाइनबाट गाउँगाउँमा बिजुली पु(याउने काम हुने र सहज रूपमा मिटर उपलब्ध गराउने क्षेत्रीय विद्युत् प्राधिकरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले बताए । गाउँपालिकाको सहयोगमा यहाँका गरिब विपन्नलाई निःशुल्क लाइन जडान गरिने उनको भनाइ       छ । पहिलो पटक गाउँमा बिजुली पुगेपछि स्थानीय बासिन्दाहरू उत्साहित भएका छन् । बिजुली पुगेपछि सिँचाइ सुविधालगायतमा सहज हुने भएकाले गाउँगाउँमा चाडोभन्दा चाँडो बत्ती वितरण गर्न नरैनापुर–५ मटहैयाका स्थानीय देवराज यादवले माग गरे । “अहिले यहाँका सरकारी कार्यालय, अस्पतालमा विद्युत् वितरण भइरहेको छ,” उनले भने, “अब चाँडै यहाँका सवै बस्तीमा बिजुली पुग्नुपर्छ अनिमात्र यहाँको जीवनस्तरमा परिवर्तन आउँछ ।” शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासजस्ता राज्यका आधारभूत सेवा सुविधावाट पछाडि परेको नरैनापुरमा हुलाकी सडक निर्माणका साथै विद्युत् सेवा विस्तार भएपछि केही समय अघिसम्म दुर्गम मानिने यो क्षेत्र सुगमजस्तै बनेको छ । अब घरघरमै विद्युत् विस्तार गरी शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि ठोस कदम चाल्न जरुरी छ ।कारोबार दैनिक बाट
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago