भर्खरै

तङ्गरीदै विद्युतीय व्यवसाय

  • प्रकाशित मिति : बुध, असार २४, २०७७
  • - शिखर श्रेष्ठ
title
असार २४ काठमाडौ, विश्वभर फैलिरहेको कोराना भाइरस कोभिड–१९ नेपाल लगायत २१५ वटा देशमा फैलिरहेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वको अर्थतन्त्रमा नै ठूलो असर पारेको छ 
 चैत्र ११ गते देखी नेपालमा अत्याआवश्यक वाहेक सवै जसो बन्दा बन्दि भयो तिन महिना लामो लकडाउन पछि असार एक गते देखी स्वस्थ्य सुरक्षा अपनाउदैं उद्योग कलकारखाना का साथै बजार खुलेका छन् । सार्वजनिक यातायात भने सञ्चालन हुन सकेको छैन ।   तीन महिना लामो लकडाउनले देशको अर्थतन्त्रमा नै   असर पु¥यायो । 
यसबाट विद्युतीय क्षेत्र पनि अछुतो हुन सक्ने कुरौ भएन । आयोजना निमार्णमा होस् या विद्युतीय सामग्री विक्री वितरणमा सबै तिर ठप्प प्रायः भयो । 
असार एक गते देखी आंशिक रुपमा बजार खुले पछि व्यवसायीमा केही राहत मिले पनि व्यवसाय सन्तोसजनक हुन सकेको छैन ।
नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौड्यलले भने “हामीले व्यवसायीहरुमा परेको समस्याको आकलन गरि केही समय अघि सरकार समक्ष १७ बुदे माग पत्र पेस गरे सँगै सरकारबाट हामीले ठूलो अपेक्षा गरेका थियौँ तर हामीले महसुस गर्ने गरि राहत पाएनौं ।”
सरकारले लकडाउन परिवर्तन सँगै व्यवसाय गर्ने वातावरण बनाए पनि अहिलेको समयमा व्यवसायीले व्यवसयमा उपस्थिति जनाउन मात्रै पसल खोल्नु परेको बताए ।
बजार खुले पनि व्यवसायले गति लिन नसकेको भन्दै उनले भने “ यो समयलाई विद्युतीय सामग्री विक्री वितरण गर्ने भन्दा पनि पसल, गोदाम मिलाउने समयको रुपमा लिएका छौ ।” 
सिद्धि विनायक इलेक्ट्रिकका सञ्चालक गंगा प्रसाद कडेँलले लकडाउन परिवर्तन पछि केही राहत महसुस भएपनि व्यापार नहुँदा पसलको खर्च यथावत भएकोले समस्यामा परेको बताए । सामाग्री ल्याउन देखी विक्री गर्ने समेत समस्या झेल्नु परेको भन्दै सरकारले व्यवसायी माझ कुनै पनि राहत कार्यक्रम नल्याएको आरोप लगाए । 
उनले भने “अब सरकारले दीर्घकालीन राहत प्याकेज ल्याउनु पर्छ । जसले भोलिको दिनमा पनि व्यवसायीलाई सहयोग पुगोस् ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago