भर्खरै

प्राधिकरणको मासिक आम्दानी ७ अर्ब पुग्यो

  • प्रकाशित मिति : बिही, असार २५, २०७७
  • - विद्युत संसार संवाददाता
title
 
विद्युत संसार असार २५,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत बिक्रीबाट हुने मासिक आम्दानी ७ अर्ब रुपैयाँ पुर्याएको छ । लकडाउन खुकुलो भई विद्युत खपत बढ्न थालेपछि प्राधिकरणको आम्दानी पनि बढेको हो ।
 
अहिले मासिक आम्दानी बढेर लकडाउन अघिको अवस्थामा पुगेको प्राधिकरण अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले बताए । ‘लकडाउनले विद्युत माग ह्वात्तै घट्दा आम्दानी खुम्चिएको थियो,’ उनले  भने,‘लकडाउन खुकुलो भएयता उद्योग, कलकारखाना, व्यापार व्यावसाय, कार्यालय सबै खुलेपछि माग बढ्दा आम्दानी पुरानै अवस्थामा फर्किएको छ ।’
 
उनले लकडाउन अवधिमा उपभोक्ताबाट विद्युत महसुल नउठेकाले पनि प्राधिकरणको आम्दानी खुम्चिएको बताए । अहिले ३ महिनादेखिको विद्युत महसुल उठिरहेको उनले बताए ।
सरकारले कोरोनाभाइरस ९कोभिड–१९० को संक्रमण रोक्न गत चैत ११ गतेदेखि गरेको लकडाउनले विद्युत खपत घट्न गई प्राधिकरणको ३० प्रतिशत आम्दानी घटेको थियो ।
 
विद्युतको माग नहुँदा प्राधिकरणका जलविद्युतगृहको विद्युत खेर जाने गरेको थियो । कोभिड–१९ को प्रत्यक्ष असरले उद्योगको विद्युत माग कम हुँदा यसको प्रत्यक्ष असर प्राधिकरणको आम्दानीमा परेको थियो ।
 
प्राधिकरणलाई आफ्ना जलविद्युतगृह, सहायक कम्पनी, निजी क्षेत्र र भारतबाट खरिद गरिने विद्युत उपभोक्तालाई बिक्री गरेर हुने आम्दानीमा गिरावट आएको थियो । लकडाउन अवधिमा प्राधिकरले मासिक २ अर्ब आम्दानी गुमाएको थियो । अरबौं रुपैयाँ आम्दानी गुम्दा प्राधिकरणलाई दैनिकी चलाउन समस्या परेको थियो ।
 
दैनिक आम्दानी तथा खर्च प्रभावित हुँदा प्राधिकरणले निजी ऊर्जा उत्पादकलाई विद्युत खरिद गरेबापतको रकम भुक्तानी गर्न सकेको थिएन । प्राधिकरणले सूचना जारी गरेर प्रवर्द्धकको रकम भुक्तानीमा ढिलाई हुने जानकारी गराएको थियो । लकडाउन अवधिमा प्रवर्द्धकलाई २ किस्तामा विद्युत खरिदको रकम भुक्तानी गरिएको थियो ।
 
लकडाउन सहज भई विद्युत माग बढेपछि विद्युतगृह पूर्ण क्षमतामा चल्ने थालिसकेका छन् । कोइरालाले आम्दानी बढेपछि प्राधिकरणलाई मासिक खर्च धान्न समस्या नभएको दाबी गरे । उनले निजी ऊर्जा प्रवर्द्धकलाई विद्युत खरिदको रकम नियमित भुक्तानी गरिरहेको बताए ।
 
प्राधिकरणले ब्याज, सहायक कम्पनीबाट पाउने मुनाफा बाहेक ४० लाख ग्राहकलाई विद्युत बिक्री गरेर वार्षिक ६० देखि ६५ अर्ब रुपैयाँ आम्दानी गर्छ ।ऊर्जा खबर
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago