भर्खरै

प्रविधिको युगमा इन्टरनेट कक्षा समस्या र समाधान

  • प्रकाशित मिति : शुक्र, साउन २, २०७७
  • - विकाश श्रेष्ठ
title
 
विश्व प्रविधिकोे युगमा छ । मानिस जति असन्तोशि प्राणी किनकी कुनै पनि काम कार्यको लागी जति प्रविधि भित्रिए सँगै अझ नयाँ–नयाँ प्रविधि निमार्ण गर्नमा नै व्यस्त छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण नेपालमा पनि बन्दाबन्दी भए सँगै यस समयमा सेवा क्षेत्रसँग सम्बन्धित पेशा व्यवसायीले 
आ–आफ्नै घरबाट काम गरिरहेका छन् । विकिसित मुलुकमा पहिले देखिनै इन्टरनेट कक्षा सञ्चालनमा रहेपनि नेपालको समन्दर्भमा कोरोना भाइसर कोभिड–१९ को असर पछि नै हो भन्दा अतियुक्ति 
नहोला ।  बैठक, छलफल, तालिम, विद्यालयका कक्षाहरूमा इन्टरनेटको माध्यम र जुम प्रविधिको प्रयोग बढेको छ । यसले विद्युतीय उपकरणको प्रयोग बढ्दो छ ।
सूचना प्रविधिमा आएको तीव्र विकासले मानव जीवनमा आमूल परिवर्तन ल्याएको छ । अन्य मुलुकको तुलनामा सुस्त गतिले भए पनि हालैका वर्षमा नेपालमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति देख्न थालिएको छ । विश्वबजारमा सूचना–प्रविधि क्षेत्रमा भइरहेका नयाँ–नयाँ विकासलाई नेपालले आत्मसात गर्न सक्नु एउटा उपलब्धि हो ।
नेपालको सन्दर्भमा टेलिफोन सेवा र मोबाइल इन्टरनेट सेवा देशभरि विस्तार भएपनि विभिन कारणले गाउँ गाउँमा इन्टरनेटको समस्या झेल्नु परेको छ ।
कोरोना भाइसर कोभिड–१९ का कारण नेपालमा हाल इन्टरनेट माध्यमबाट अनलाईन कक्षा भइरहेका छन् यो केही हिसाबले सकारात्मक भए पनि ग्रामिण भोगमा रहेका विद्याथीले अनलाईन कक्षा बाट बन्चित भएका छन् यसको मुख्य कारण भनेको समानान्तर रुपमा इन्टरनेटको विकास नहुनु हो । 
अहिलेको अवस्था हेर्दा विद्याथीको पढाइले अभिभावकलाई अझ आर्थिक भार थप्ने यथार्थ प्रमाण छ । किनकी ग्रामिण 
भु–भागमा शहरी क्षेत्रमा जसरी इन्टरनेट विस्तार हुन सकेको छैन । टेलिकम सँगै निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक सस्था एनसेलले समेत ग्रामिण भेगमा आफ्नो सेवा विस्तार गरेको भए पनि यी संस्थाका सेवा नाम मात्रका रहेका छन् । यिनीहरूले वितरण गरेका इन्टरनेटको गति सुस्त रहेको छ । जसले गर्दा लकडाउन पनि विभिन्न बैठक, छलफल, तालिम सञ्चालन सँगै अनलाईन कक्षामा समेत असर पुर्याएको छ ।  इन्टरनेट सँगै बिजुलीको पहुँचमा रहेका जनतालाई, उनीहरूको घरमा भएका विद्युतीय उपकरणहरू क्षमता अनुसार निर्वाध चल्न सक्ने भरपर्दो र दिगो परिमाणमा बिजुली उपलब्ध गराउनु प्राधिकरणको पहिलो जिम्मेवारी हो ।
त्यसैले, प्राधिकरणले प्रसारण लाइन र ट्रान्सफर्मरमा स्तरोन्नती र आवश्यक मर्मत संभार गर्नु जरुरी छ । त्यसो नभएमा विद्युत् आपूर्ति भरपर्दो नहुने र बिजुलीकै कारण दुर्घटना हुदा जनताले अपुरणीय क्षति व्यहोर्नुपर्ने हुन सक्छ ।
चुनावी माहोलमा विभिन्न पार्टीले गाउँ गाउँमा इन्टरनेट भनेर घोषणा पत्र बनाएपनि त्यो घोषणा पत्रमा नै सिमित भएको छ । प्रविधिको युगलाई बुझेर अनलाईन कक्षाबाट नै विद्यालय सञ्चालन गर्नु सराह्रनिया काम हो । यसलाई अझ व्यवस्थित वनाउन सरकारको सकारात्मक निति नै आवश्यक देखिन्छ । 
नेपालको हरेक क्षेत्रमा समानान्तर रुपमा विजुलीको विकास विस्ततर गर्ने, इन्टरनेट प्रदायक सस्थाहरुलाई ग्रामीण क्षेत्रमा विस्तार गराउ“दौ हरेक क्षेत्रका जतनतालाई इन्टरनेटको पहचँमा पुर्यउनु समयमा नै सरकारको ध्यान जान आवश्यक 
देखिन्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago