आर्थिक समृद्धीको लागि ऊर्जा क्षेत्र कोसोढुङगा हुन सक्दछ ।

  • प्रकाशित मिति : बुध, साउन ७, २०७७
  • - गोकर्ण प्रसाद शर्मा, निर्वतमान निर्देशक, नेपाल विद्युत प्राधिकरण
title

 
नेपालमा जलविद्युत उत्पादनको इतिहास धेरै लामो छ । योजना र लक्ष्यअनुसार विद्युत उत्पादन भएको भए प्रणालीमा १० हजार मेगावाट पुग्ने समय भइसक्यो । तर, अझै सरकार योजना र कागजी भाषणमा रुमल्लिरहेका छ ।
हालको अवस्था हेर्दा उत्पादित कूल विद्युतमध्ये आधा सरकारी र आधा निजी क्षेत्रको छ । सरकारी हिस्सा मध्येको अधिकांश विद्युत नेपाल विद्युत प्राधिकरणले उत्पादन गरेको छ । 
निजी क्षेत्रले जलविद्युतमा हात हालेको खासैलामो समय भएको छैन । सरकारीस“ग तुलना गर्दा निजी क्षेत्रले यस अवधिमा गरेको काम चमत्कार भन्न मिल्छ ।
हालको अवस्थामा नेपालमा वतर्मान विद्युत उत्पादनको अवस्था र चुनौती स“गै सरकारले नेपालको विद्युत विकासमा गर्नु पर्ने ठोस कदमको विषयमा विद्युत संसारका राम प्रसाद पौडेलले नेपाल विद्युत प्रधिकरणका निवर्तमान निर्देशक गोकर्ण प्रसाद शर्मास“ग गरिएको कुराकानी संक्षिप्तमाः 
 
विद्युत उत्पादनको वर्तमान अवस्था कस्तो छ ?
हाल उत्पादनमा रहेको विद्युतलाई हेर्दा नेपालमा तीन वटा स्रोतबाट विद्युत उत्पादन भएका छन जसमा नेपाल विद्युत प्रधिकरणको आफ्नै पावरहाउस साथै निजि क्षेत्रले उत्पादन गरेर प्रधिकरणले किनेको छ भने अर्को भनेको भारतबाट किनेर ल्याएको छौ । यसरी संकलन भएको विद्युत प्राधिकरणको सिस्टम अनुसार वितरण गरेका छौ । 
 
यसरी आएका विद्युतलाई कसरी वितरण गर्दै आइएको छ ?
नेपाल भर नेपाल विद्युत प्रधिकरणले ९५ प्रतिशत विद्युत प्रशारण गरेको छ केही वितरणको काम बुटवल पावर कम्पनीले पनि गर्दै आएको छ । प्रशारणको लागी प्राधिकरणकै आफ्नौ नेटवर्क छ । २२०, १३२, ३३, ११ के.भी लगायतका हाइटेशन लाईन मार्पmत नेपाल भर प्रशारण र वितरण गर्दै आएको छ ।
 
नेपालमा उत्पादीत विद्युत विदेशी मुलुकमा विक्री गर्न कस्ता कदमहरु चालिएका 
छन् ?
नेपालमा उत्पादित विद्युत भारतमा र भारतमा उत्पादित विद्युत नेपालमा आयात निर्यात गर्ने प्रक्रिया पहिले देखिनै चलिरहेको छ । अहिलेको अवस्थामा हेर्दा भारतलाई विद्युतको ठूलो बजार देखेका छौ यसैले नेपाल र भारतको दुवै पक्षको सहयोगमा २२० के.भी र ४२० के.भी लगायतका विभिन्न ट्रान्मिसन लाईनहरु विस्तार भइरहेका छन् । यसो हुदाँ नेपालमा उत्पादन भएका विद्युत भारत निर्यात गर्ने प्रयासमा प्राधिकरण छ ।
 
प्रशारण लाईन लगायतका निर्माण कार्यमा कस्ता समस्याहरु व्यहोर्नु परेको छ ?
प्रशारणलाई आफैमा भाइटल स्टक्चर हो । उत्पादित विद्युतलाई विभिन्न ठाउँमा पुर्याउन प्रशारणलाई आवश्यक पर्दछ तसर्थ प्रशारण लाई निर्माण गर्दा चुनौतिको रुपमा भनेको जग्गा अधिकरणको समस्या हुन आएको छ । प्रशारणलाईनको बाटोमा किसानले कृषी गर्ने र  घर बनाउन नहुने हुनाले गाउँ, शहर उन्मुख ठाउँमा जनताले जग्गा दिन नचाहने समस्या छ । यस्ता समस्याबाट समय समयमा प्राधिकरणले समस्या व्योहोर्दै आएको छ । 
समस्या समाधान गर्न कस्ता उपाय अपनाउनु पर्छ ?
प्रशारण लाईन निमार्णमा जग्गा प्राप्ती ऐन लाई सरल बनाउन जरुरी छ । जसले जग्गा धनीका समस्याका गुनासाहरुलाई पनि बुझिदिनु पर्दछ । यसो हुन सकेन भने किसानले आफ्नो जग्गा सधैका लागी खेर जाने बुझद्छन । 
 
नेपालमा विद्युत विकासमा सरकारले कस्तो कदम चाल्नु पर्ने हो ?
सरकारले नेपालको विद्युत विकासलाई प्रथामिकतामा राखेकै छ । हालैको मौद्धिक नीतिले पनि बैङ्कहरुले १० प्रतिशत लगानी विद्युत विकासमा गर्नु पर्ने भनेको छ । यो राम्रो पक्ष हो । 
सरकारले विद्युतबाट चल्ने सवारी साधनलाई अझ सुधार गर्नु पर्ने हुन्छ । यो सँगै घर–घरमा ग्यासको प्रयोग बढ्दो छ जस्ले अर्बै रुपायौँ मुद्रा बाहिर पठाउन बाध्य छौ । यसलाई रोक्ने किसिमले विद्युतीय चुलोमा जनतालाई आकर्षित गर्न सकियो भने विद्युत खपतमा पनि योग्दान हुने देखिन्छ । सरकारले यस्ता विषयलाई प्रथामिकतामा राख्नु जरुरी देखिन्छ ।
अन्त्यमा यस विद्युत संसार मार्फत के भन्न चाहनु हुन्छ ?
विद्युत क्षेत्र नेपालको लागि महत्वपूर्ण स्रोत हो खास गरि विश्वले नै ऊर्जाको संकटको अवस्थामा नेपाललाई नदिबाटै शुन्यदरमा कच्चा पदार्थ प्राप्त गर्दै विद्युत उत्पादन गर्न सक्छौ यसैले नेपालको आर्थिक समृद्धीको लागी ऊर्जा क्षेत्र एउटा कोसोढुङगा हुन सक्ने हुनाले नेपाल सरकारले अझ प्रथामिकतामा राखेर योजनाहरु विस्तार गर्न जरुरी छ ।  

प्रतिक्रिया