भर्खरै

देश विकाशमा ऊर्जा क्षेत्र, वर्तमान परिवेश र विद्युत खपतका विकल्प

  • प्रकाशित मिति : बुध, साउन ७, २०७७
  • - Admin
title

हालै विश्वभरी महामारीको रुपमा फौलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण नेपालको जलविद्युतमा पनि ठूलो क्षती भएको छ । नेपालमा आफ्नो लागानी गरिरहेको कम्पनीहरुलाई प्रोत्साहन गर्नको निम्ती सरकारले सकेको राहत ल्याउनमा कन्जुसाई गर्नु हुदैन । 
देश विकास तर्फ लम्कनको लागी ऊर्जा क्षेत्रमा लागानीको आवश्यक छ किनकी देशमा वेरोजगारीको सख्या दिन प्रती दिन बढीरहेको छ । झनै कोरोना भाइरसका कोभिड–१९ का कारण देशमा धेरैले रोजगारी गुमाउनु पर्ने परिस्थिति आएको छ । जसलाई मध्यानजर गर्दै अब भने देशले कागजी हिसावमा मात्र होइन कार्यान्वयनमा नै जोड दिनु आवश्यक छ । यसैले ऊर्जा क्षेत्र यस्तो क्षेत्र हो जसमा निमार्ण हुदा मात्र होईन निमार्ण पछि पनि धेरै जनसख्याले रोजगारी पाउने छ । जसकारण देशमा विकासको लहर आउनको लागि धेरै समय लाग्ने थिएन । 
सरकारले ‘नेपालको पानी जनताको लगानी’ नारा दिएकोले जलविद्युत्रमा निजी क्षेत्र र बैंकिङ्ग क्षेत्रको लगानी वर्षेनी बढ्दैछ । तसर्थ केही वर्ष यताको विद्युत उत्पादनको नतिजालाई हेर्ने हो भने सन्तोशजनक नै मान्नु पर्छ ।
यही अनुपातमा आयोजना निमार्ण र उत्पादन हुदै जाने हो भने अबको केही वर्षमा नेपालमा विद्युत खपत बढाउन नसकेमा विद्युत खेर जाने निश्चित छ । जसका कारण निमार्ण हुँदाको लागत डुब्ने खतरा हुन्छ यसैले विद्युत उत्पालन जसरी अघि बढेको छ त्यसरी सरकारले विद्युत निर्यतका लागि देश बाहिरका मुलुकसँग प्रक्रिया अघि बढाउदै स्वदेशमा  विद्युत खपतमा पनि जोड दिन जरुरी छ जरुरी छ ।
यहाँ विद्युत खपतका विकल्पहरुको बारेमा व्यवख्या गरिएको छ । 
विकल्पहरू
विद्युतीय पहुँचको नीति घोषणा भएपनि कार्यन्वयनमा भने सरकार चुकेको छ । विद्युत् खपत र उपयोगको पहिलो स्थान सबै जनता उज्यालोमा बस्न पाउने गरी विद्युतीकरण गर्नु हो । यो सँगै घरायसी विद्युतीय उपकरणहरूको प्रयोगमा प्रोत्साहन गर्नु हो । त्यस्ता घरायसी उपकरणमा सहुलियत दिँदा उपभोक्ताले विद्युत खपतमा बृद्धि गर्नेछन् । घरायसी प्रयोजनका लागि प्रयोग गरिने ग्यासको आयात र उपभोग घटनेछ । यसबाट देशको व्यापार सन्तुलन र विदेशी मुद्रा सञ्चितिमा वातावरण संरक्षणमा सकारात्मक प्रभाव पर्नेछ । यसका लागि सामान्य उपभोगको नियम जस्तै विद्युत् महसुल दरबाटै धेरै युनिट खपत गर्न प्रोत्साहन गर्नु पर्नेछ । त्यस्तै घरायसी उपकरणमा लाग्ने कर र महसुल कम गरेर सस्तो पार्न पर्नेछ ।
 यातायातमा प्रयोग हुने इन्धनको विकल्प विद्युत् बनाउनु सबैभन्दा राम्रो र अधिक बिजुली खपतको उपाय हो । यसैमा सरकारका नीति र कार्यक्रमबीच तालमेल देखिएन । हाल प्रयोगमा रहेका पेट्रोलियम इन्धन प्रयोग हुने सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न प्रोत्साहन गर्नुपर्छ । नयाँ–नयाँ चार्जिङ स्टेशनहरू स्थापना हुँदा व्यापार विस्तार र रोजगारी सिर्जान हुने थियो । विद्युत् खपत बृद्धि गर्ने अर्को उपाय भनेको व्यापक उत्पादनमुलक उद्योगहरूको स्थापना गर्नु हो । कृषि मलखाद, फलामे डण्डी, सिमेण्ट, शितभण्डार सञ्चालन जस्ता उद्योगहरूमा बढी ऊर्जा आवश्यक हुन्छ । यस्ता उद्योगहरूको स्थापना छोटो अवधिमै गरेर औद्योगिकरण गर्न कठिन छ । तर, सञ्चालनमा रहेका उद्योगलाई सहयोग गरेर खपत बढाउन प्रोत्साहन गर्नु जरुरी छ ।
हालसम्म देश कृषि प्रधान मुलुक भनेर परिचित छ । कृषि उत्पादन बढाउन सके हाल भइरहेको खाद्यान्न आयात प्रतिस्थापन मात्र होइन निर्यात गर्न सकिनेछ । परम्परागत खेती प्रविधिबाट यो सम्भव छैन । आधुनिक प्रविधियुक्त उत्पादन र भण्डारण सहितको व्यवसायिक कृषिलाई प्रोत्साहन गरे खपत बढने देखिन्छ । साथै, स्वदेशमै रोजगारीको सिर्जना भइ युवा विदेशिनबाट रोकिनेछन् ।
अधिक विद्युत खपत हुने होटल, रेष्टुरेन्ट र ट्राभल व्यवसायमा अहिले कोरोना महामारीको कारण धक्का लागेको छ । तर, महामारीको अन्त्यपछि अवश्य पनि पर्यटन क्षेत्रको पुनःर्जागरण हुनेछ र विद्युत् माग तथा खपत बढने आशा गर्न सकिन्छ ।
विद्युत् निर्यात
विद्युत् बिक्रीको अर्को उपाय भनेको विदेश निर्यात हो । देशले अहिलेसम्म विद्युत् व्यापारको सम्झौता गरेका राष्ट्रमा निर्यात गरेर फाइदा लिन सकेको छैन । आगामी दिनमा उत्पादन हुने ठूलो परिमाणको ऊर्जा स्वदेशी उपयोगबाट मात्र खपत हुँदैन निर्यात गर्नैपर्छ । सम्बन्धित निकायले त्यसै अनुरूपका कार्यक्रम बनाउनु बुद्धिमानी हुनेछ ।
लागनी जोखिममा
सरकारले ‘नेपालको पानी जनताको लगानी’ नारा दिएकोले जलविद्युत्रमा निजी क्षेत्र र बैंकिङ्ग क्षेत्रको लगानी वर्षेनी बढ्दैछ । त्यसै अनुरूप विद्युत उत्पादन पनि बढिरहेको देखिएको छ । तर, घोषित नारा अनुसार खपत गर्ने र आवश्यकताभन्दा बढी हुने विद्युत निर्यातका कार्यक्रम तथा योजनाको अभाव देखिन्छ । भखरै आएको मौद्धिक नीतिमा जसरी बैंकले १० प्रतिशत लगानी गर्नु पर्ने भने अनुसार ऊर्जा क्षेत्रलाई समेटेको होकी भन्ने महसुन गर्न सकिन्छ । सरकारले अझ समसयमा नै विद्युत विकास र विस्तारमा प्रभावकारी भुमिका निर्वाह गर्नु जरुरी छ ।
हालको विद्युत विकासलाई हेर्ने हो भने नेपालमा विद्युत विकासले एउटा फड्को नै मार्नै अवस्थामा छ यही अवस्था रही रहे केही वर्षमा नेपालमा विद्युत बढी हुने अवस्थामा छ । यसैले बेलैमा विद्युत् खपत वा निर्यातका कार्यक्रम सञ्चालन नगरे प्राधिकरण, जलविद्युतमा लागनी गर्ने बैक तथा वित्तीय संस्था र निजी क्षेत्र समेतको लगानी डुब्ने निश्चित छ । 

प्रतिक्रिया