भर्खरै

हरेक वर्ष बाढी पहिरोले सताउँछ, रोकथाम खै ?

  • प्रकाशित मिति : बुध, साउन ७, २०७७
  • - Admin
title

 
 
पछिल्ला केही दिनयता पहाडी जिल्लामा पहिरो र तराईका जिल्लामा डुबानका थुप्रै घटनाहरु भइरहेका छन् । मौसम अझ केही दिन सक्रिया रहने हुदा यस्ताघटाना बढीनै रहेका छन् । प्राकृतिक विपत्तिको कारण जनधनको ठूलो क्षति भएको छ । पहिरोमा पुरिएका र बाढीले बगाएकाको खोजी कार्य अझै चल्दै छ । 
हाम्रो पहिलो प्राथमिकता घाइतेको उद्धार गर्नु , हराएका एवं बेपत्ता भएकाहरुको खोजी गर्ने र विस्थापित भएकालाई सुरक्षित ठाउँमा लगेर राख्ने, खानेरबस्ने व्यवस्था गर्ने स्थानिय सँगै सरकार पनि लागेको छ । 
जल तथा मौसम विज्ञान विभागले पानी कति पर्छ, पानीको सतह कति माथिसम्म आउँछ र त्यो प्रक्रिया कति समयसम्म रहन्छ भन्ने पूर्वानुमान गर्ने गर्छ । पानी कुन–कुन क्षेत्रमा पर्छ भन्ने अनुमान पनि यही विभागमार्फत गर्ने गरिन्छ । विभागले तीन दिन अघिदेखि नै सकंलन गरेको सूचनाको आधारमा बाढीको पनि पूर्वानुमान गर्न सकिने अवस्था रहन्छ । बाढी आउन सक्ने ठाउँहरुमा जोखिम कम गर्न सकिन्छ । 
यसबारे पूर्व सावधानीका लागि खतरा हुनेबित्तिकै मोबाइलमा एसएमएस पठाउने र स्थानीय रेडियोमार्फत स्थानीय भाषामा सूचना प्रसारण गर्ने काम पनि भइरहेकै छ । हामीले खतरा कुन तहमा पुग्यो भनेर सजग चाहिँ गराउन सक्छौँ । तर कुन बस्तीमा यसले धेरै असर गर्न सक्छ भन्ने आँकलन गर्न भने अझै गाह्रो भइरहेको छ । त्यसका लागि पनि काम गरिरहेका छौँ ।
जब हामिलाई समस्या पर्छ त्यसपछि नै समाधान गर्न बानिले हामिले धेरै क्षती व्याहोर्नु परेको भन्दा अतियुक्ती नहोला । बर्खायाम सुरु नहुदै सरकारले बाढी पहिरो नियन्त्रणका उपयाए अवलम्बन गर्नु जरुरी हुन्छ ।
कुन–कुन ठाउँ बाढीको जोखिमयुक्त क्षेत्र हो भन्ने कुरा समुदाय भित्रकै मान्छेलाई अलि धेरै जानकारी हुन सक्छ । विगतका समयमा बाढी पहिरो गएको थियो कि थिएन, पहिले–पहिले कसरी क्षति पु¥याएको थियो लगायतका विषयको लेखाजोखा स्थानीय बासिन्दाले नै गर्न सक्छन् । त्यहाँ विगतमा भएका घटनालाई मध्यनजर गरेर कस्तो ठाउँमा बस्ती बसाल्ने भन्नेबारे उहाँहरुले नै निर्णय गरि सरकारले सहजता पुर्वक सहकार्य गरेर बस्ती बसाएर यस्ता विपतिको सामाना गर्न सकिन्छ । यो सँगै सरकारले पहिरोको सूचना प्रणालीलाई प्रविधिको प्रयोग गरि सुचना प्रवाह गर्ने ढिला गर्नु हुदैन ।

प्रतिक्रिया