पहिरोले एकको मृत्यु
- प्रकाशित मिति : बुध, साउन ७, २०७७
- - विद्युत संसार संवाददाता

७ साउन, काठमाडौं । स्याङजा गल्याङ नगरपालिका–१० गाउँस्वारामा ५२ वर्षीया माया सारुको मृत्यु भएको छ ।
घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा आमाको मृत्यु भएको छ । पहिरोले पुरिएर उसको मृत्यु भएको हो । स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले बताए । उनकी २० वर्षीया छोरी नारायणी सारु भने घाइते भएको जानकारी स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले बताए । नारायणीलाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चात थप उपचारका लागि पोखरास्थित मोडल अस्पताल पठाइएको उनले बताए ।