कोरोना महामारी पश्चात, देशको ऊर्जा क्षेत्र र रोजगारीको अवसर

  • प्रकाशित मिति : बुध, साउन १४, २०७७
  • - भीमलाल श्रेष्ठ
title

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण सयौ देशको अर्थतन्त्र नै जोखिममा परेको अवस्था छ । विश्वका विकसित मुलुकहरुको पनि अर्थतन्त्रमा नकारात्म असर परेको समयमा नेपाल जस्तो अर्धविकसित मुलुकको विषयमा त झनै नकारात्मक असर गरेको पाईन्छ । 
कोरोना भारईस कोभिड–१९ हाल सम्म दुई सय भन्दा बढी देशमा फेलिसकेको छ । कोरोना भाइसरकै कारण नेपालमा पनि तीन महिना लामो लकडाउन पछि लकडाउन हटाईएको छ । यस विचमा नेपालको विविध अर्थतन्त्रमा नै धक्का पुगेको अवस्थामा छ यो सँगै लाखौ जनशक्ति रोजगारी गुमाउने अवस्था पनि अएको छ । नेपालकै सन्दर्भलाई हेर्ने हो भने  लाखौ युवा जनशक्ति रोजगारीकै शिलशिलामा देश बाहिर जानसपर्ने बाध्यता छ महामारीको रुपमा फैलिरहेको कोरोना भाइसरकै कारण ति रोजगारी पनि गुम्ने खतरा बढेको छ । लकडाउनकै विचमा पनि हजारै युवा जनशक्ति विदेशवाट स्वदेश फर्केका छन् । यो क्रम अझै बढ्नो खतरा देखिन्छ जस्को कारण नेपालमा अझै रोजगरी गुमाउनेको सख्या धेरै बढेको छ । 
 
देश विकास तर्फ लम्कनको लागी ऊर्जा  क्षेत्रमा लागानीको आवश्यक छ किनकी देशमा वेरोजगारीको सख्या दिन प्रती दिन बढीरहेको छ । जसलाई मध्यानजर गर्दै ऊर्जा क्षेत्रलाई सरकारले कागजी हिसावमा मात्र होइन कार्वन्वयनमा नै जोड दिनु आवश्यक छ । 
 
 कोरोना भाइरसका कोभिड–१९ का कारण देशमा धेरैले रोजगारी गुमाउनु पर्ने परिस्थिति आएको छ । देशमा दिन प्रतिदिन वेरोजगारीको सख्या बढीरहेको अवस्थामा देशमा ठूला ठूला आयोननाले नै रोजगारीको भोक मेट्ने कोशिस गर्नेमा दुई मत छैन् । नेपालमा ऊर्जा क्षेत्रको संभावना धेरै रहेको विभिन्न अध्यनहरुले देखाएको छ । तसर्थ देशको विकासमा पनि टेवा पुग्ने र देशका वेरोजगार युवाले रोजगारी पाउने राम्रो स्तम्भ भनेको ऊर्जा क्षेत्रको  विकास हो ।
देश विकास तर्फ लम्कनको लागि ऊर्जा क्षेत्रमा लागानीको आवश्यक छ किनकी देशमा वेरोजगारीको सख्या दिन प्रती दिन बढीरहेको छ । जसलाई मध्यानजर गर्दै ऊर्जा क्षेत्रलाई सरकारले कागजी हिसावमा मात्र होइन कार्यान्वयनमा नै जोड दिनु आवश्यक छ । यसैले ऊर्जा क्षेत्र यस्तो क्षेत्र हो जसमा निमार्ण हुँदा मात्र होईन निमार्ण पछि पनि धेरै जनसख्याले रोजगारी पाउने छ । जसकारण देशमा विकासको लहर आउनको लागि धेरै समय लाग्ने थिएन । 
 
ऊर्जा क्षेत्र यस्तो क्षेत्र हो जसमा निमार्ण हुँदा मात्र होईन निमार्ण पछि पनि धेरै जनसख्याले रोजगारी पाउने छ । जसकारण देशमा विकासको लहर आउनको लागि धेरै समय लाग्ने थिएन । 
 
सरकारले नेपालको पानी जनताको लगानी नारा दिएकोले जलविद्युत्रमा निजी क्षेत्र र बैंकिङ्ग क्षेत्रको लगानी वर्षेनी बढ्दैछ । तसर्थ केही वर्ष यताको विद्युत उत्पादनको नतिजालाई हेर्ने हो भने सन्तोषजनक नै मान्नु पर्छ ।
 आज सरकार र निजी क्षेत्रको विद्युत उत्पादन बराबरी छ । यसले विद्युत संकट अन्त्य गर्न खेलेको भूमिका, राज्यको ढुकुटीमा थपेको रोयल्टी, कर तथा रोजगारी सिर्जनाको योगदान प्रशंसनीय छ । यो पक्षलाई सरकारले महत्व दिएको पाइदैन । 
पर्यटन, सिमेन्ट, डन्डी, कृषि, घरेलु लगायत उद्योग खासै फस्टाउन सकेका छैनन् । आर्थिक विकासको तुलोमा सबै उद्योग एकातिर र ऊर्जा तथा जलविद्युत अर्कोतिर राखेर जोख्दा पनि जलविद्युतको भार बढी देखिन्छ । यस्तो परिस्थितिमा सानो–सानो पुँजी जोडेर विद्युत उत्पादनमा मरिमेटिरहेका प्रवर्द्धकको लगानी सुरक्षित गर्नु राज्यको दायित्व हुनुपर्छ ।

प्रतिक्रिया