भर्खरै

लकडाउन खुले पनि, सावधानी अपनौं

  • प्रकाशित मिति : बुध, साउन १४, २०७७
  • - Admin
title
झण्डै पौने ३ महिनाको लकडाउनपछि नयाँ मोडालिटी सुरु भएको छ । 
दैनिक जीवनयापनलाई सहज बनाउनका लागि लकडाउन हटाइयो भन्दैमा अब हामीसँग कुनै चुनौती नै छैन भनेर बुझ्नु हुँदैन । कोरोना सक्रमणको उच्च बिन्दुमा पुग्ने सम्भावना अझै पनि कायमै छ । त्यसैलेसरकारले लगाएका नीति र नियमहरुलाई पालना गर्नुपर्छ । 
बजार जाँदा पनि सामाजिक दूरी कायम गरौँ । भिडभाडमा जाँदा मास्क प्रयोग गरौँ । घरभित्र प्रवेश गर्दा अथवा कार्यालय जाँदा पनि साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने लगायतका सावधानी अपनाउनु पर्छ ।
अनावश्यक रुपमा अस्पताललगायतका स्वास्थ्य संस्था जाने काम नगरौँ । अति आवश्यक परेमात्रै अस्पताल जाने गरौँ । अस्पताल भनेको निकै जोखिम स्थल हो । फलोअपका लागि बोलाउनुपर्ने बिरामीहरुलाई पनि लामो समयपछि मात्रै फलोअप गर्नेगरी उपचार पद्धति अपनाउनुपर्छ ।
 
मास्क लगाउने, सेनिटाइजर दल्ने र साबुन पानीले हात धुने गरेर मात्रै हुँदैन । भौतिक दूरी कायम गर्नु झनै महत्वको विषय हो । अर्को कुरा, प्रयोग गरिएका मास्कहरुमा सक्रमण रहने सम्भावना भएकोले त्यसलाई सुरक्षित रुपमा डिस्पोज गर्नुपर्छ । 
 
यत्रा गर्दा गाडीहरुमा सक्रमणको जोखिम अलि धेरै हुने गर्छ । गाडीमा आवत जावत गर्दा धेरै भिडभाड गर्न भएन । 
बजार जाँदा हामीले सामाजिक या भनौँ भौतिक दूरी कायम गर्नुपर्छ । एक व्यक्ति र अर्को व्यक्तिबीचको दूरी साढे १ मिटरभन्दा धेरै कायम गरौँ । अहिले पसलहरु पनि खुलेका छन् । पसलमा किन्ने र बेच्नेबीचको दूरी पनि कायम गर्नुपर्छ । मास्क लगाउने, सेनिटाइजर दल्ने र साबुन पानीले हात धुने गरेर मात्रै हुँदैन । भौतिक दूरी कायम गर्नु झनै महत्वको विषय हो । अर्को कुरा, प्रयोग गरिएका मास्कहरुमा सक्रमण रहने सम्भावना भएकोले त्यसलाई सुरक्षित रुपमा डिस्पोज गर्नुपर्छ । प्रयोग गरिएका मास्कलगायत सामग्रीबाट संक्रमण झन् बढ्ने खतरा हुने भएकोले यस विषयमा हामीले खेलाँची नगरौँ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago