भर्खरै

जलविद्युत् आयोजनामा भीषण पहिरो, मानव बस्तीसमेत जोखिममा

  • प्रकाशित मिति : शुक्र, साउन १६, २०७७
  • - रासस
title

    सिन्धुपाल्चोक, १६ साउन 
नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल–८ तिपेनीमा रहेको ७।५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा गए राति २ बजेतिर पहिरो खसेकोे थियो ।     
     
पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य प्रवेशद्वार, फ्लसिङ सिस्टम ९पोखरीबाट बालुवा फाल्ने० तथा पोखरीलाई पूर्णरूपमा क्षति पु¥याएको छ । पहिरोले तिपेनी बजार तथा पहिरोमाथिको मानव बस्तीसमेत जोखिममा परेको छ । निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण र विस्तारका कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको थियो । पहिरोका कारण सवारी साधन तथा मानिसको आवतजावतसमेत बन्द भएको छ । उक्त स्थानमा वैकल्पिक बाटोसमेत नहुँदा सयौँ मानिस बीचबाटोमै अलपत्र परेका छन् । पहिरोका कारण अलपत्र मानिसको उद्धार तथा अवरुद्ध बाटो खुलाउन तत्काल लागि पर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।     
     
बाढी पहिरो पीडिलाई सात लाख राहत सहयोग     
     
सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढी पहिरोले क्षति पु¥याएका पीडित परिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सहयोग गरेको छ ।     
     
 बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर राणाको तर्फबाट जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोशी तथा जुगल गाउँपालिकाका पीडित र विस्थापित परिवारलाई रु छ लाख ७५ हजार बराबरको राहत सहयोग उपलब्ध गराइएको हो । राप्रपाले पीडितलाई राहतस्वरूप रकम, खाद्यान्न र लत्ताकपडा वितरण गरेको हो । राहत वितरण कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य बाबुराम खड्का, केन्द्रीय सदस्य यसमिन ढुङ्गाना, महिला सङ्गठनका महासचिव कुमारी तामाङ र जिल्ला अध्यक्ष गोपाल श्रेष्ठलगायतकोे उपस्थिति थियो ।     

प्रतिक्रिया