भर्खरै

व्यवसायीक लगानीको सुरक्षा, मेरो प्राथमिकता

  • प्रकाशित मिति : बुध, साउन २१, २०७७
  • - राम बहादुर श्रेष्ठ/ बस्तुगत तर्फका उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ
title

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा पटक–पटक घोषणा गरेपनि विश्व भर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण स्थगित हुदै आइरहेको छ । अब हुने निर्वाचनमा बस्तुगत तर्फबाट नेपाल विद्युत व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार राम बहादुर श्रेष्ठ पनि विद्युतीय क्षेत्रबाट बस्तुगत तर्फमा उम्मेदवार बन्नु भएको छ । उमेद्वारी स“गै उनका योजना लगायत विषयमा विद्युत संसारका भीमलाल श्रेष्ठले उनै स“ग गरेको कुराकानी संक्षिप्तमाः
 
नेपाल उद्योग वाणिज्य महासंघको अबको कार्यसमितिका लागि बस्तुगत तर्फबाट उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । तयारी कस्तो छ ? 
 
महासंघको विधान अनुसार २०७६ चैत २८ र २९ गते साधारणसभा भएर नयाँ नेतृत्व चयन हुनु पर्दथ्यो । तर, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथामका लागि चैत ११ गतेबाट  लकडाउनका कारण तोकिएको समयमा निर्वाचन हुन सकेन । त्यसपछि महासंघले जेठको ७ र ८ गते निर्वाचन गर्ने निर्णय गर्यो । त्यस मितिमा पनि कोभिड–१९ कै कारण रोकिएको थियो । त्यस्तै साउन २६ र २७ गते हुने भनियता पनि पुनः रोकिएर अब कहिले हुने हो भन्ने निश्चिन भएको छैन् ।
मेरो उम्मेदवारीको पहिलो प्राथमिकता भनेको विद्युतीय व्यवसायीलाई परेका समस्या समाधान भएता पनि सम्पूर्ण बस्तुमा भएका समस्या हरुलाई संकलन गरि सबैको साझा समस्यालाई महत्वको आधारमा क्रमिक रुपमा संबन्धित पक्षसँग सशक्त रुपमा प्रश्तुत गर्न सक्छु र गर्ने मेरो उदेश्य हो । यस क्रममा व्यवसायीक हकहितका लागि सरकारसँग सहर्काय गर्दै   व्यवसाय भित्र नै रहेका अझै पनि केही जल्दाबल्दा समस्याहरु छन् । जस्तै आयतित पेट्रोलियम पदार्थ लाई विस्थापन गर्दै स्वदेशी विद्युत तथा विद्युतीय उत्पादनलाई स्थापित गर्दै लैजाने निर्यात हुने बस्तुहरुको उत्पादनमा भएका विभिनन समस्याहरु कृषी उत्पादनमा, बजार व्यवस्थापन, बैंकको नीतिलाई  परिमार्जन गर्नमा जोड दिने जस्तै  बैंकले कृषी कर्जा दिदा पनि शहरको घर जग्गा धितो राख्नु पर्ने बाध्यात्मक परिस्थितिलाई पूर्ण रुपमा निर्मूल पार्नको लागि सशक्त आवज उठाउने छु । किनकी कृषी उत्पादन नै प्राणीको जीवन धान्ने प्रमुख बस्तु हो । यस्तै होटल तथा पर्यटन जस्ता सेवा जन्य व्यवसाय, औषधीजन्य बस्तु, लगायतका सम्पूर्ण व्यवसायलाई मध्यनजर गर्दै  व्यवसायीक लगानीको सुरक्षा महासंघभित्र रहेर काम गर्ने योजनामा छु ।
 
तपाई विद्युतीय व्यवसायमा पहिले देखिनै संलग्न हुदै आउनु भएको छ । महासंघमा अवद्ध भए सगै अबका योजना के–कस्ता छन् ?
मैले आफु विद्युत क्षेत्रको सबै भन्दा बढी संजाल भएको सस्था नेपाल विद्युतीय व्यवसायी महासंघको प्रतिनिधित्व गरेको छु भनेर विर्सनु मिल्दैन । त्यस संगै नेपाल उद्योग बाणिज्य महासंघमा आवद्ध १०३ ओटा बस्तुगत संस्थाहरु छन् । यि सबैका समस्यामा मेरो ध्यान केन्द्रित हुने छ । विश्व भर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण व्यवसायमा पर्न गएको समस्यामा केही मलम लगाउन सफल बैकिङ्ग क्षेत्रको कार्यप्रति आभार व्यक्त गर्दै बैंकलाई पनि नोक्सन नहुने तर व्यवसायीलाई अझ सस्तो व्याजदरमा कर्जा उपलब्ध गराउन सकिन्छ । भन्ने मेरो मान्यता छ । सो कार्यमा पनि बैंक सँग  सहकार्य गर्दै बैंक व्यजदरमा सरलीकरण गर्ने मेरो प्रथामिकता हुनेछ । 
हालै सार्वजनिक भएको नीति तथा कार्यक्रमहरुले पनि केही समस्यहरुलाई संवोधन गर्ने कोशिस गरेकोमा सरकार प्रति आभार व्यक्त गर्दै कान्यान्वयन पक्ष पनि चुस्तर दुरुस्त होला भन्ने आशा गरेको छु । सरकारलाई कुनै पनि बढी व्याय भार नपारिकन व्यवसायीक लगानीलाई अझ बढी सुरक्षीत महसुस गर्न सक्ने बाटो देखाउन सक्ने विषयमा म विश्वस्थ छु ।

मेरो उम्मेदवारीको पहिलो प्राथमिकता भनेको विद्युतीय व्यवसायीलाई परेका समस्या समाधान गर्नु भएता पनि सम्पूर्ण बस्तुको व्यवसायमा भएका समस्याहरुलाई संकलन गरि सबैको साझा समस्यालाई महत्वको आधारमा क्रमिक रुपमा संबन्धित पक्षस“ग सशक्त रुपमा आवज उठाउने मेरो उदेश्य हो । 

विद्युतीय सवारी साधनमा सरकारले जसरी भन्सार बढाएको छ यसलाई कसरी लिनु भएको छ ?
नेपालमा विद्युत उत्पादन सँगै विद्युतको खपत बढाउनु पर्ने अवस्था छ यसलाई खपत गरेर पेट्रोलियम पदार्थमा जसरी ठूलो धन राशी विदेशिने गरेको छ यसलाई मध्यनजर गर्ने हो भने यो अत्यन्त दुःखदायी निर्णयको रुपमा लिनु पर्दछ । तर यहि देशमा विद्युतीय कारको एसम्बलिङ्ग गर्ने योजना हो भने यो निर्णय स्वगत योग्य देखिन्छ । तर आजको युगमा पनि कारलाई विलासिताको सामानमा राख्नु आफैमा हास्यस्पद देखिन्छ । 
यो सँगै विद्युत खपतको अर्को माध्यम भनेको इन्डक्सन चुलो हो यसलाई बजारमा विस्तारित गर्न विद्युतीय व्यवसायीहरुमा स्थापित विद्युतीय व्यवसायीको छाता संगठन नेपाल विद्युतीय व्यवसायी महांसघ जस्तो ठूलो संजाल भएको, सबै किसिमको विद्युतीय व्यवसायीहरु अटाउन सक्ने सस्था सँग सहकार्य गरेर निर्णय लिनु पर्नेमा त्यसो नभई सरकारले एक तर्फी भन्सार दर तथा मुल्यङकन बढाउनुले सरकार नै विद्युत उपयोग मैत्रि नभएको जस्तो अभास भएको छ । 
 भोलिको दिनमा विद्युत खेर गएर प्राधिकरण घाटामा जान सक्ने विषयलाई ध्यानमा नराखी नै सरकारले गरेको यस्तो निर्णय व्यवहारी नभएको हो की भन्ने बुझेको छु ।
अबको नयाँ कार्यसमितिले एक ढिक्काभई नयाँ कार्ययोजनाका साथ अगाडी बढ्ने छ भन्नेमा म विश्वस्त छु । 

पहिलेका नेतृत्वकर्ताहरुले व्यवसायीका माग राखेर व्यवसायीक हितका लागि काम गर्न सकेन भन्ने गुनासो पनि छ । अबका योजनाहरु कस्ता रहन सक्लान् ?

महासंघ निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन हो । यो संस्थाले सरकारसँग सहकार्य गर्दा पहिले संबन्धित बस्तु तथा प्रकृतीको व्यवसायीका समस्यालाई सुक्ष्मरुपमा बुझ्नु पर्दछ र संबन्धित बस्तुगत संस्थाको अध्यक्ष, प्रतिनिधि अथवा सस्थाले तोकेको विज्ञको रोवहरमा वार्ता गर्न गए मात्र सफल हुन सक्ने छ । 
 
सायद यसमा कसैको दुई मत नहोला भन्दै  अबको नयाँ कार्यसमितिले एक ढिक्काभई नयाँ कार्ययोजनाका साथ अगाडी बढ्ने छ भन्नेमा म विश्वस्त छु ।  
यस्ता विषयमा सरकारसँग सहकार्य गर्न सम्पूर्ण व्यवसायीहरु एकजुट हुन आश्यक भएकोले नेतृत्वलाई सबै बस्तुगत संघहरुले बल दिने कार्यमा लागेमा सरकार सँग सशक्त रुपमा प्रस्तुत हुन सक्ने भएकोले हामी सबैले त्यस तर्फ सोच्नका लागि ढिलो गर्ने अबस्था छैन कि ? 
यसो भन्दै गर्दा नेतृत्वले पनि सबै पक्ष विपक्षलाई साथमा लिएर हिड्दा बाटो सहज हुने देखिन्छ । यसरी महासंघ कमजोर होईन अझ बलियो हुनेछ भन्ने मलाई लाग्दछ ।

प्रतिक्रिया