धर्मसंस्कृति पुरातनपन्थी मात्र होईन

  • प्रकाशित मिति : बुध, साउन २१, २०७७
  • - लेबिन्द्र गुरुङ्ग
title

तीन करोड    जनसंख्या भएको देशमा १ सय तेईस प्रकारका भाषा बोलिने, विश्वका प्रमुख सभ्यताहरुमध्ये ५ (पाँच) महासभ्यताको फ्युजन भई एउटै सीमारेखा भित्र एकिकृत सभ्यताको रुपमा अगाडि आएको मुलुक नेपाल । पहिलो, नाक थेप्चो, आँखा चिम्सा, कद होंचा भनि मानबशास्त्रीहरुले व्याख्या गरेका, ह्वाङ्गहो र याङ्गत्से नदीको आसपासबाट आएका मंगोलहरु छन् ।
धारिलो र चुच्चो नाक भएका, आँखा लाम्चा, कद अग्ला भएका मानब शाखाहरु शीतप्रदेश अथवा युरोपबाट ककेसियाको पहाड छिचोलेर तिब्बतको मानसरोवरदेखि नेपालको जुम्ला, सिंजा, डोटी, भारतको गढवाल, कुमाउ हुँदै ती ककेसियालीहरु ककसबाट खस भएकाहरु दोश्रो थरीका छन् । तेश्रो, नाक बुच्चो, पहेंलो–पहेंलो तथा रातो वर्ण, कद होंचा भएका (आहुतीको लेखबाट साभार) अष्ट्रो–द्राविड महासभ्यताबाट विकसित हुँदै आएका राजबंशी, ताजपुरीया, गनगई लगाएत पश्चिम नेपालका कोच र थारुहरु छन् । युरोपबाटै बसांई सराई गर्दै इरान र सिन्धु घाटीदेखि नै विकसित भई गंगाको मैदानसम्म फैलिएका र बेदको रचना गरेको हुनाले बैदिक आर्य अथवा आर्य भनिनेहरु चौथो थरीका भए र अर्को १५ सयबर्ष अगाडिबाट अरबका हजरत मोहम्मदले एकताबद्ध गर्ने सिलसिलामा निराकार इश्वर (अल्लाह)लाई विश्वास गर्ने समुह हो चुरेटा, जसलाई कश्मिरबाट मल्ल 
राजाहरुले ल्याएका मुसलमानहरु छन् । 
माथिका ती सबै समुह र उप–समुहहरु जात जाति बने त्यसैले नेपालमा जातीय धर्मको संरचना बलिया भए । परापूर्व कालमा अझ बलियो थियो, एउटा हवाईजहाजको ब्ल्याक बक्सजस्तै अविनाशी, जसले अंगिकार गरेको भाषा, धर्म, संस्कार र संस्कृतिले विभेद जन्मायो । जसरी युरोप र अमेरिका पुगेकाहरुले छालाको रंगमा विभेद देखे । त्यहाँ को ब्राह्मण, को दलित, को जनजाती, को गुजराती, को मराठी को भियतनामी को हिन्दु को मुसलमान ?  यहाँ दलित भने जस्तै त्यहाँ सबै एसियन, अफ्रिकि कालाहरु पछिका दोश्रो दर्जाका जस्तो महशुस भए ।
हिन्दुहरुले उपनिष्दकालमा बर्ण विन्यास या मनुस्मृतिको तर्कअनुसार जातलाई श्रम विभाजन भनेर व्याख्या गरे तापनि प्रयोजन त्यसको भाव अनुरुप भएन । अनित्य, दुःख, अनात्मालाई बौद्ध दर्शन अनुसार आत्मासात गरिने भएकोले कुनै इश्वरलाई पुज्ने वा जात जातिको कल्पना त गरिएकै थिएन तर संसारमा बुद्धको प्रतिमा फरक(फरक बन्न थाले, तिव्वतमा बहुबुद्ध प्रणाली प्रचलनमा आए जस्तै नेपाली बुद्धमार्गीहरुले पनि त्यो जातीय प्रथाको भारी जर्वजस्ती बोकिरहे । 
संसारमा बुद्धको प्रतिमा फरक÷फरक बन्न थाले, तिव्वतमा बहुबुद्ध प्रणाली प्रचलनमा आए जस्तै नेपाली बुद्धमार्गीहरुले पनि त्यो जातीय प्रथाको भारी जर्वजस्ती बोकिरहे । 
 
नेपालमा पछिल्लो समयको राजनीतिक तरंग राज्यको सबै अंग र समुदायमा पुग्यो तर समाज अझै परिस्कृत हुन सकेन तर हुन्छ । यो सामाजिक विविधिकारणलाई एकिकरण गर्ने जिम्मा सघन बसोबासले लिन्छ र स्थायी वा अस्थायी बसाई सराई नियमित प्रकृया हो, यो एक प्रकारको श्रृखलाबद्ध प्रणालीको कारण विभेदहरु अन्त्य हुँदै जाने पक्का नै छ । 
भौगोलिक विकटता र जन सम्पर्कको कारण नेपालीहरुले विगतमा क–कस्ले कुन धर्म स्वीकारे नश्लको आधारमा छुट्याईनु सान्दर्भिक नहोला तर यथार्थमा तान्त्रिक सम्प्रदायको बाहुल्यता बलियो रहेछ भन्ने देखियो । तंत्रको प्रथम उपदेशक भगवान शंकर र दत्तात्रेयलाई मान्ने रहेछन् ।
यस परम्परालाई जोडेर काली, नवदुर्गा, दश महाविध्या, योगिनी, अष्टभैरवी, बटुकभैरब, कालभैरव, यक्षिणी, पिशाचिनी, वीर साधना, गंधर्व साधना, किन्नर साधना, डाकिनी साकिनी, दैत्य, दानव, राक्षस, भुत, वेताल, अघोर आदि देबीदेवताको साधना गरिनेबारे धेरैलाई थाहा छ । तंत्रकै माध्यमबाट प्राचीनकालमा घातक हात हतियार निर्माण गरिने लगाएतका शस्त्र अस्त्रको बारेमा सुन्दै आएको पनि हो । आधुनिक शिक्षाको जग कमजोर र धार्मशास्त्रका ज्ञाताहरुको बखानले धर्मकर्म गर्ने तौर तरिकाबाटै डर त्रासको मनोविज्ञान फैलियो । त्यसरी नै लामा, धामी, झाँक्री, जोइसी, ज्योतिषीहरुको स्थापनाले पनि सबै धर्म मान्ने सम्प्रदायलाई एकठाऊँमा उभ्याइएको हो कि ? भन्ने भान हुन्छ । 
 
धार्मिक तथा बौद्ध अध्ययताहरुले अस्वीकार गरे तापनि प्रचलित दश महविद्यामध्ये दोश्रो महाविद्याको रुपमा तारालाई स्वीकार गरिएको र भगवान बुद्धलाई विष्णुको दशौ अवतारको रुपमा सम्मान गरेको पाईन्छ ।
 
काठमाण्डौमा लिक्ष्वी (मानदेव)को शासन कालदेखि चैत्य र रथयात्राको परंपरा चलाउँदै आएको पाईन्छ । जमलका सेतो मच्छेन्द्रनाथ, पाटन बुङ्गमति र चोभारका रातो मच्छेन्द्रनाथलाई शाक्तहरुले शक्ति र शैबसम्प्रदायले शिब तथा माहायानी–बज्रयानी  बौद्धसम्प्रदायले आर्यवलोकितेश्वर भनि पुज्ने परंपरा छ । मच्छेन्द्रनाथ र तलेजुलाई शिव र दुर्गा अथवा बौद्धमतमा बुद्ध र तारा  भनिन्छ ।
मुस्ताङ्गमा अवस्थित एक प्रसिद्ध भगवान, लामा बौद्धमार्गीको भाषामा ढावा क्वीन डोल (समस्त प्राणीलाई भवचक्रबाट मुक्त) भन्ने भएकोले आर्यवलोकितेश्वर वा मुक्तिनाथ कहलियो, अनादीकालदेखि बौद्धमार्गी झुमाले पूजा गर्ने, ताला–चावी उनैले राख्ने गर्दागर्दै वि. स. २००४ सालबाट ब्राह्मण पूजारी पनि रहने चलन भएछ ।  त्यसपछि सबै धर्माबलम्वीको संयुक्त तिर्थस्थल बन्न सकेको  देखिन्छ । हिन्दु संस्कारद्धारा पूजा गरिने काठमाण्डौको महाँकालको चित्रलाई अक्षोभ्यको उद्गम मानिन्छ, अक्षोभ्य भनेको पाँचवटा ज्ञानी बुद्धमध्ये एक हो । त्यसैगरी साँखुको बज्रयोगिनी 
बौद्धमार्गीहरुको तान्त्रिक भगवान अथवा उग्रतारालाई हिन्दुहरुले दुर्गा भगवती भनि पूजा गरिन्छ । यी आदि कारणले नेपालीहरुले एकै प्रकारको धर्म संस्कृतिलाई ग्रहण गरेको अनुभुत हुँदो रहेछ । बौद्ध सम्प्रदायको चेलीलाई कुमारी बनाई जीवित देबीको रुपमा पूजा गरिन्छ र हिन्दु र बौद्ध दुबै सम्प्रदायले निष्ठाभावले श्रद्धा गर्दछन् ।
हिन्दुमतबाट हेरिंदा जसरी ज्ञानकी देवी सरस्वती, धनकी देवी लक्ष्मी, सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु, कल्याण गर्ने सबैको इश्वर महेश्वर भनेर भगवानहरुको विभाग छुट्याईए जस्तै तिव्वतमा बहुबुद्ध प्रणली प्रचलित भइरहेको छ ।
नेपालका बज्रयानी बौद्धमतमा पनि धेरै बोधिसत्वका मुर्तिहरु स्थापित देखिन्छन् र त्यस्तै त्यस्तै सिलसिलेवारमा बालबच्चा संरक्षणको लागि आजिमा तथा हारतीमाता, सौन्दर्यताको लागि क्षितिजगर्भ, धुप–बास्नाको लागि महामन्जुश्री, प्रकाशको लागि समन्थभद्र र गायनको लागि बज्रपाणीलाई संझने रहेछन् । अर्यतारालाई तिब्बतियन भाषामा जेत्सुङ्ग डोल्मा भनिन्छ, त्यसैले हरीततारा अथवा आर्यतारालाई मानब मुक्तिको जननी मानिन्छ ।  बोधिसत्व प्राप्त गरीसके पछि तारालाई मध्यस्थताको दूत तथा छैटौं(सातौं सताब्दी पछि महायानी बुद्धिजम भित्र शक्तिको प्रतिकको रुपमा तारालाई मान्न थालियो ।  
धार्मिक तथा बौद्ध अध्ययताहरुले अस्वीकार गरे तापनि प्रचलित दश महविद्यामध्ये दोश्रो महाविद्याको रुपमा तारालाई स्वीकार गरिएको र भगवान बुद्धलाई विष्णुको दशौ अवतारको रुपमा सम्मान गरेको पाईन्छ । यसले विग्रह होईन एक अर्काले कुनै न कुनै स्थानमा स्वीकार र सम्मान गरिएको बुझ्नाले समुदायको बिचमा सदभाव बढेको हुन सक्छ । अर्को भौम तिर्थको लागि कोही पुग्नुभएको छ भने नवलपरासीको दाउन्ने डाँडामा एक मुसलमान सन्तको समाधि छ, जसलाई मदारनाथ भनिन्छ । जहाँ सन्तान नभएका हिन्दु तथा मुसलमान दम्पतीहरु सन्तान प्राप्तीको लागि विना भेदभाव दर्शनको लागि जाने गरिन्छ, डा. जगमान सिह गुरुङ्ग, (गण्डिकीप्रस्रवण क्षेत्रको सांस्कृतिक संपदा) यसरी बुझ्दै गएमा धार्मिक सहिष्णुता देखिन्छ । 
धर्म र संस्कृतिको कारणले होइन, भौगोलिक हावापानी र रहनसहनले पहिरनमा भिन्नता थियो । ती पहिरनहरु विस्तारै पुर्ख्यौली बन्दै गए, मानौं अहिले गुरुङ्ग ड्रेस, थारु भेषभुसा, नेवारी पहिरन विशेष पर्वमा बाहेक चलन चल्तीमा आँउदैन ।
हिजो धर्मकर्ममा जाने वा मन्दिर जाने बहनामा मात्र बाहिर निस्कन मिल्ने नेपालीहरु आज घुमघाम तथा होलीडे मनाउन क्यालेण्डरमा नै उल्लेख गरेर बसेका हुन्छन् । हिजो कागबेनीमा श्राद्ध गर्न जाने, मुक्तिनाथा, गोसाईकुण्डको तिर्थ यात्रा गर्नेहरु आज धर्मकर्मको साथसाथै थोरंगला पास गर्ने, हिमाल चढने, हाईकिङ्ग जाने संस्कार बनेको छ ।
तेश्रो विश्व भनेर चिनिने मुलुकहरुमा धार्मिक र नस्लीय युद्ध, विकासका बाधक भएर देखिए तापनि नेपालमा हिन्दु होस या बौद्धमार्गी, खस–आर्यन हुन या मंगोल यीनिहरुको वीचमा त्यस्तो विग्रहको अवस्था देखिंदैन । नेपाली संस्कृतिलाई एकिकृत तथा साझा बनाउने प्रयास निर्देशित नभएर स्वचालित नै हो भन्ने लाग्छ । यहाँ बर्षमा दुईपटक नयाँबर्ष मनाउनेहरु धेरै छन् नेपाली नयाँबर्ष र अंग्रेजी । ल्होसार र न्हुदया भिन्तुना मान्नेहरुले त दुइभन्दा धेरैपटक नयाँबर्ष मनउने गरेको पनि पाईन्छ । अव श्रावण महिनाको अन्त्यबाट सुरुहुने जात्रा र पर्वहरु एकाएक सबै सम्प्रदायले हार्दिकताका साथ एक आपसमा शुभकामना आदनप्रदान गरेर अगाडि बढनु नेपालीहरुको मौलिकता नै भन्नु उपयुक्त होला ।

प्रतिक्रिया