भर्खरै

प्राधिकरणले थाल्यो स्मार्ट मिटर जडान गर्न, ४ महिनामा सम्पन्न गर्ने लक्ष्य

  • प्रकाशित मिति : आईत, साउन २५, २०७७
  • - विद्युत संसार संवाददाता
title
साउन काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ग्राहकको घर–घरमा स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । ग्राहकको घर–घर स्मार्ट मिटर जडान भएपछि घर–घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने बाध्यताको अन्त्य हुने प्राधिकरणले जनाएको छ । 
प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयको ‘काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना’ अन्तर्गत आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले महाराजगन्ज वितरण केन्द्र अन्तर्गत पर्ने नगरपालिकाको मण्डीखाटारस्थित वडा कार्यालयमा पहिलो मिटर जडान गरेर शुभारम्भ गरेका थिए ।
मन्त्री पुन, मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका कर्मचारीको उपस्थितिमा मिटर जडान कार्यको शुभारम्भ भएको हो ।
प्राधिकरणले महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रका ग्राहकको घरमा पुरानो मिटर बदली गरी नयाँ स्मार्ट मिटर जडानको थालनी गरेको जनाएको छ । ‘ग्राहकलाई मिटर विना पौसा दिने वा खरिद गर्दा लागेको शुल्क लिने भन्नेबारे केही दिनमा निर्णय हुन्छ ।’
कामदारको संख्या बढाएर भएपनि ४ महिनाभित्र दुवै वितरण केन्द्रका ९८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिसक्ने प्राधिकरणले जनाएको छ । 
 
जडान हुने ९८ हजार मध्ये ३५ हजार मिटर आइसकेको छ । बाँकी मिटर पनि ल्याउन सुरु गरिने प्राधिकरणले जनाएको छ । यो आयोजना सम्पन्न गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यो आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी) ले ऋण लगानी गरेको छ ।
रत्नपार्क र महाराजगन्ज पछि दोस्रो चरणमा काठमाडौं, ललितपुर र भक्तपुरका सबै वितरण केन्द्रका ग्राहकको घरमा पनि स्मार्ट मिटर जडान गर्ने प्राधिकरणको तयारी छ । प्राधिकरणले स्मार्ट मिटर जडान कार्यमा खटिने कर्मचारीलाई आवश्यक सहयोग गरिदिन ग्राहक समक्ष आग्रह समेत गरेको छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago