भर्खरै

कर्मचारीको कोरोना परीक्षण गर्न ट्रेड युनियनहरूले बुझायो निर्देशक घिसिङ समक्ष ध्यानाकर्षण पत्र

  • प्रकाशित मिति : आईत, साउन २५, २०७७
  • - विद्युत संसार संवाददाता
title
साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशिल ३ वटै ट्रेड युनियनहरूले बढी जोखिम भएका क्षेत्रमा कार्यरत सबै कर्मचारीको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न माग गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ध्यानाकर्ष पत्र बुझायका छन् ।
पटक–पटक ध्यानाकर्षण गराउँदा केही कार्यालयका कर्मचारीको परीक्षण भएपनि संक्रमितको संख्या बढिरहेकाले परीक्षणको दायरा अझै बढाउनु पर्ने पत्रमा उल्लेख छ ।’
 
हाल विभिन्न जिल्लामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएकाले बढी जोखिमयुक्त क्षेत्रका कार्यालयमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखेर परीक्षण गरिनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
संक्रमण पुष्टी भएका कर्मचारीका लागि प्रदेश स्तरमा आइसोलेशन कक्षको व्यवस्थापन गरी उपचारको उचित व्यवस्थापन गर्दै विद्युत अत्यावश्यक सेवा भएकाले कर्मचारीलाई उच्च मनोबलका साथ काममा खटिने वातावरण मिलाउन समेत आग्रह गरेका छन् ।
कार्यालयमा हुने भिडको व्यवस्थापन गरी कोरोना महामारीको जोखिमबाट बच्ने तथा बचाउने उपाय अपनाई सुरक्षित रहेर काम गर्ने बातावरण बनाउन गम्भिर ध्यानाकर्षण गराएको पत्रमा उल्लेख छ ।
पछिल्लो पटक मोरङको रंगेली वितरण केन्द्रमा कार्यरत ६ र विराटनगर वितरण केन्द्रमा कार्यरत २ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
प्राधिकरणमा राष्ट्रिय कर्मचारी युनियन (आधिकारिक), कर्मचारी संघ र कर्मचारी कल्याण परिषद गरी ३ वटा ट्रेड युनियन क्रियाशिल छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago