भर्खरै

कोरोना जोखिम बढेपछि अत्यावश्यबाहेकका कर्मचारीलाई १५ दिन विदा दिने प्राधिकरणको निर्णय

  • प्रकाशित मिति : सोम, साउन २६, २०७७
  • - Admin
title

 
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमित हुनेको संख्या बढेसँगै जोखिम न्युनिकरण गर्न अत्यावश्यकबाहेकका कर्मचारीलाई १५ दिन विदा दिएको छ । उपत्यका सहित देशभरमा कोरोना संक्रमण फैलिएकाले भिड कम गर्न अबको २ सातासम्म आलोपालो प्रणालीबाट आवश्यक कर्मचारी खटाएर अन्यलाई विदा दिने निर्णय गरिएको हो ।
 
कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशकहरू सहभागी बैठकले देशभरका कार्यालयका कर्मचारीलाई आवश्यकताअनुसार आलोपालो गरी काममा लगाउने निर्णय गरेको प्राधिकरणले जनाएको छ । केन्द्रीय कार्यालयको हकमा अत्यावश्यक कामका लागि आवश्यक संख्यामा कर्मचारी खटाएर अरुलाई विदा दिइएको छ ।
 
केन्द्रीय कार्यलयमा खटिने कर्मचारीको आलोपालो प्रणालीको व्यवस्थापन सम्बन्धित विभागीय प्रमुखले मिलाएका छन् । अत्यावश्यक बाहेकका कर्मचारीलाई विदा दिने निर्णयसँगै सोमबारबाटै कर्मचारी कार्यालय आउन छाडेका छन् । ।
 
यस्तै, अन्य कार्यालयको हकमा सम्बन्धित कार्यालय प्रमुखले आवश्यकताअनुसार कर्मचारी खटाएका छन् । आवश्यक कर्मचारी मात्रै खटाउँदा कार्यालयमा उपस्थित हुनु नपर्ने कर्मचारीले विदा अवधिको हाजिरीमा भत्ता नपाउने गरी काज जनाएर हाजिरी गर्ने व्यवस्था मिलाएको प्राधिकरणले जनाएको छ ।
 
प्राधिकरणले कार्यालय प्रमुख, प्रशासन प्रमुख र लेखा प्रमुखलाई कार्यक्षेत्र नछोड्न निर्देशनसमेत दिएको छ । अहिले कार्यालय बाहिर गएको भए पनि तल्कालै कार्य क्षेत्रमा फर्कन प्राधिकरणले आग्रह गरेको छ । कुनै कारणले कार्य क्षेत्र छोड्नु परेमा कार्यालय प्रमुखको स्वीकृति लिएर मात्र जाने नियम प्राधिकरणले बनाएको छ ।
 
देशभर कोरोना संक्रिमितको संख्या बढिरहेका बेला प्राधिकरणका केही कर्मचारीमा पनि संक्रमण पुष्टी भएको छ । पछिल्लो पटक रंगेली वितरण केन्द्रका ६ र विराटनगर वितरण केन्द्रका २ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमितको उपचार भइरहेको छ ।–ऊर्जा खबर

प्रतिक्रिया