भर्खरै

इतिहास नर्विसौं, कुलमान घिसिङ पुनर्उदय हुन आवश्यक छ ।

  • प्रकाशित मिति : बुध, साउन २८, २०७७
  • - भीमलाल श्रेष्ठ
title

गोरखा घर भई हाल सितापाईलमा डेरी संचालन गर्दै आएका मनोज सुवेदी भन्छन् “एक जमान थियो दिनमा हजारौ मुल्या पर्ने उत्पादित दुग्ध पदार्थ नष्ट गर्नुपर्दथो, कारण हो दिनमा १८ घण्टा सम्म लोडसेडिङ्ग र इमेजन्सी इन्भटरहरुले सहज सँग काम नगर्दा तर अहिले यो समस्या बेहोर्नु नपरेको लगभग ३ वर्ष भयो ।”
 
हो, यही समस्य मनोज सुवेदीको मात्र होईन, व्यपार व्यवसाय, उद्योग धन्दा सँगै सबै क्षेत्रमा समस्यको मुल जरोको रुपमा नै लोडसेडिङ्ग बन्न पुगेको थियो । तर आज आम नेपाली जनताका लागि लोडसेडिङ्ग एउटा इतिहास जस्तो महसुस हुन थालेको छ । कुलमान घिसिङ जसको सफल नेतृत्व र कुशल व्यवस्थापनका कारण नै अहिले नेपालमा लोडसेडिङ्गको अन्त्य मात्र होईन नेतृत्व सम्हालेको पहिलो वर्षमै करिब ९ अर्ब रुपैयाँ घाटामा रहेको संस्था अहिले नाफामा जान सफल भएको छ ।  
बर्खायाममा समेत दैनिक ८ घन्टा लोडसेडिङ रहेको अवस्थामा २०७३ सालको भदौमा नियुक्त भएका कार्यकारी निर्देशक घिसिङले त्यही वर्षको लक्ष्मीपूजाको दिनदेखि काठमाण्डौ उपत्यकालाई लोडसेडिङमुक्त बनाएका थिए ।
 
हिउँदमा दैनिक १८ घन्टासम्मको लोडसेडिङको अवस्थालाई अन्त्य गर्दै अहिले देश लोडसेडिङमुक्त भएको छ । वर्खायाममा बिजुली बेच्ने अवस्थामा नेपाल पुगेको छ । चमेलिया, कुलेखानी तेस्रो, त्रिशूली थ्रि ए लगायतका रुग्ण जलविद्युत आयोजना सम्पन्न गरेका कुलमानले प्रशारणलाइन र सबस्टेसनको निर्माण र मर्मतलाई पनि उत्तिकै प्राथमिकता दिनुभएका थिए ।
लोडसेडिङ्ग अन्त्य भए सँगै उत्पादनमा वृद्धि भएको भयो  । यसले देशको अर्थतन्त्रमा समेत सघाउ पुर्ययो ।  आम नेपाली जनताले नियमीत विद्युत उपभोग गर्न पाउदा जनताहरु खुसी छन् । सरकारले पनि जलविद्युतको आवश्यकता महशुस गर्दै जलविद्युत क्षेत्रको विकासका लागि विभिन्न योजनाहरु ल्याएको छ ।
हाल भारतबाट विद्युत आयात गरी नेपालको विद्युतभार व्यवस्थापन गरिदै आएको भए पनि विभिन्न आयोजनाबाट उत्पादित विद्युत प्रशारण लाइनमा जोडिने क्रम बढ्दो रहेको छ । यसले आगामी दिनमा भारतबाट विद्युत ल्याउन नपर्ने देखिन्छ ।
 विकासक्रमसँगै लोडशेडिङ मात्र नभएर अन्य प्रयोजनका लागि समेत मुलुक ऊर्जाको हिसाबले सुरक्षित हुन पुगेको जानकारहरूको दावी छ ।
 
२०७३ सालको असारबाट प्राधिकरणको नेतृत्व सम्हालेका कुलमानले विभिन्न दूरगामी अर्थ राख्ने काम गर्न सफल भए जसका कारण ’लोडशेडिङ प्राधिकरण’ भनेर समेत चिनिने उक्त संस्थाको साख फर्काउन सफल भएको कुरामा दुईमत नरहला ।
नेपाल विद्युत् प्राधिकरणमा प्रवेश गर्दा कुलमान उक्त संस्थाको अवस्था नाजुक थियो । दैनिक घण्टौँसम्म लोडशेडिङ्गको मारमा सर्वसाधारण थिए ।
उनले नेतृत्व सम्हालेको केही महिनामै काठमाण्डौलाई लोडशेडिङमुक्त बनाउने घोषणा गरे । प्राधिकरणमा आउने हरेकजसो नेतृत्वले लोडशेडिङ्गमुक्त गर्ने घोषणा गर्ने हुँदा धेरैले उक्त अभिव्यक्तिलाई महत्त्व दिएनन् तर सबैको अनुमान विपरीत उनको घोषणा सही साबित हुन पुग्यो । 
लोडसेडिङ्गको भुमरीबाट आमजनतालाई बाहिर निकाल्नु यति चुनौतीपूर्ण काम थिएन 
वर्षौँदेखि घाटामा चल्दै आएको नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक घिसिङको प्रवेशसँगै एउटा नयाँ युगको शुरूवात भएको भन्दा फरक पदैन् ।
 
अहिले नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल अर्को महिना सकिँदैछ । २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ । 
लोडसेडिङ्ग हटाएको, रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको, विद्युत चुहावट घटाएको, चरम घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेको लगायतका कामबाट वाहवाही पाएका कुलमानलाई सरकारले अर्को कार्यकालको लागि नियुक्त गर्ला कि नगर्ला भन्ने अड्कलबाजी पनि सुरु भएको छ । सरकारले गर्ने हरेक बढुवामा आलोचना खेप्नु परेको यथार्थ हामी माझ छ यसैले प्राधिकरणमा घिसिङलाई दुईमत नराखी पुनः नियुक्ती गरिनु पर्नेमा अरु विकल्प देखिदैन ।  
अब उनको ४ वर्षे कार्यकाल सकिनै लाग्दा । अहिले सर्वसाधारणले सामाजिक सञ्जाल देखि खुल्ला रुपमा नै कार्यकारी निर्देशकमा उनको निरन्तरता हुनुपर्ने आवाज उठाइरहेका छन् ।
 
कुलमान घिसिङलाई अर्को ४ वर्षको लागि कार्यकारी निर्देशकमा पुनः नियुक्ती गर्नको लागि कुनै ऐन, नियम बाधक छैनन् । विभागीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा भर पर्छ । 
कुलमान घिसिङका बृहत कार्ययोजना यो चार वर्षमा सम्पन हुन सक्ने कुरै भएन यसैले उनको योजना अनुसार काम गर्न अझ समय मिलाउनमा र पुनः नियुक्ती गर्नमा मन्त्रि तथा प्रधानमन्त्रि चुक्नु हुदैन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 4 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 9 hours ago