भर्खरै

कृषि क्रान्ति आर्थिक रुपान्तरण र सरकारी अर्कमव्यता

  • प्रकाशित मिति : बुध, साउन २८, २०७७
  • - राम प्रसाद पौडेल
title

नेपाल कृषि प्रधान देश भनिए पनि कृषिप्रधान हुन   सकिरहेको छैन ।  कृषिमा आत्म निर्भर बन्न सक्ने अवस्था हँुदा हुँदै वैज्ञनिक कृषि प्रणाली र कृषकहरुलाई संरक्षण र प्रर्वधन गर्न राज्य असमर्थ जस्तै देखिएको छ । राण शाशक पञ्चायत शाशक प्रजातन्त्र र गणतन्त्र सम्म  आइपुग्दा मुलुकले वैज्ञानिक कृषि प्रणाली  मार्फत कृषि क्रान्ति गर्ने अभ्यास गर्न सकेन ।  वेरोजगार यूवाहरु लाई विदेश पलायन हुन बाट रोक्न  सकेन । विदेशी खाद्यान्न खरी दगर्न तयार देखियो देशको रुपान्तरण गर्न सकने क्षेत्र कृषिलाई राज्यले महत्वका साथ नीति ल्याएर कार्यान्वयन गर्न खासै अहत्व दिएको देखिदैन । नेपालमा हाल  खेती गरिएको गरिन योग्य जमिन  दर्ता भएको र नभएको समेत  समेट्दा  करिब करिब ३० लाख  हेक्टर छ । वन सीमाना भित्रको  चरन र चौर वाहेक  ५५ लाख हेक्टर रहेको तथ्याङ्क भेटिन्छ । यति धेरै  जमिन रहेको हाम्रो जस्तो  भुपरिवेष्ठित मुलुकमा वैज्ञानिक कृषि प्रणालीको अपरिहार्य महत्व रहेको छ ।
 
कृषि क्रान्ति गर्नको लागि  राज्यको सकरात्मक सोच मा विकाश हुने हो भने मुलुक रुपान्तरण  हुन  समय लाग्ने  छैन ।
    वि.सं. २०५८ को कृषि गणना  अनुसर २ करोड ३२ लाख जनसंख्यामा कृषि पेशा रोज्ने नेपालीहरु १ करोड ९० लाख  छन् । तथ्याङ्कले त्यही बताउँदछ । हिमाली क्षेत्रमा १५,६९,८०० जनता  बसोबास गर्ने गर्दछन् । मध्यपहाडी क्षेत्रमा ८६,०१,५०० जनता  बसोबास गर्ने गर्दछन् भने तराई मधेशमा ८८,६१,२०० जनता  बसोबास गर्ने गरेको तथ्याङ्क भेतिन्छ ।देशभरीका कुल धुरी ४२ लाख छन् । जसमध्ये कृषि पेशा भन्दा वाहेक पेशा भन्दा वाहेक पेशा नभएका परम्परावादी प्रकृया बाट कृषि गर्ने किसान परिवारहरु ३३ लाख ६४ हजार  १०० परिवार छन् ।  यती धेरै  भूमी र कृषक  परिवारहरु भएको हाम्रो जस्तो मुलुकका लागि  वैज्ञानिक कृषि प्रणली अवलम्वन गरी दृढतापुर्वक लागु गर्न सके देशले चाहे  जस्तो र जनताले  सोचे जस्ता विकाश हुन असम्भव छैन ।
 

'सहकारी सिद्धान्त लाई नेपालले कृषि विकाशका लागि माध्यम बनाउन सके पक्कै सफलता को सिढी चढ्न कठिन हुने थिएन । श्रम पूंजी र जमिन एउटा कृषक का  लागी  आवश्यक  सवाल हो ।'


 
सहकारी मार्फत मुलुकको विकाश गर्न निम्न कुरामा ध्यान जानु जरुरी देखिन्छ । बचत तथा  ऋण सहकारी संस्था दुग्ध  उत्पादक संस्था  फलफल तथा तरकारी सहकारी संस्था वन तथा जडिबुटी सहकारी संस्था, शिक्षा सहकारी संस्था, विद्युत तथा खानेपानी सहकारी संस्था, अन्न उत्पादन तथा  प्रशोधन  सहकारी संस्था,  चिया उत्पादन तथा प्रशोधन  सहकारी संस्था, कृषि प्रणली सम्वर्धन संरक्षण सहकारी संस्था, उखु उत्पादक सहकारी संस्था, प्रस सहकारी संस्था, स्वास्थ्य सहकारी कृषि विकाश सहकारी संस्था र विभिन्न कृषि सँग  सम्बन्धीत  सहकारी द्धारा कृषकको लगानी कृषकको अवसर कृषिमा क्रान्ति कृषकको जीवनस्तर उन्नती मुलुकको  मुहारमा परिवर्तन गर्न सकिने महत्वपूर्ण आधार हो ।
गरीवि निवारण गर्न रोजगारी सिर्जना गर्न स्वरोजगार बन्न कृषि उद्यमी बन्न बाह्य आयात क मगर्न निर्यात मा वृद्धि गर्न  विदेशमा  गएको नेपाली श्रमलाई रोक्न नेपाली कृषि विज्ञहरु स्वदेशमा नै लगाउनका लागी पनि वैज्ञानिक कृषि प्रणली लागु गर्न सरकारले तदारुकता देखाउन जरुरी छ ।करिब एकसय पचास वर्षको सहकारी आन्दोलनको  इतिहासमा क्यानडा, जापान, श्रीलंका, स्वीडेन, डेनमार्क, युरोप, बंगलादेश, क्यूवा,  एशिया, अफ्रिका, अमेरिका र ल्याटिन अमेरिका सम्म हज्जार हज्जार सहकारी संस्था का हज्जारैं हजार सहकारी कर्मीहरुले हासिल गरेका उपलब्धीहरु विश्व मानचित्र एउटा मार्गदर्शक भएर उभीएको छ । यस्तो सहकारी सिद्धान्त लाई नेपालले कृषि विकाशका लागि माध्यम बनाउन सके पक्कै सफलता को सिढी चढ्न कठिन हुने थिएन । श्रम पूंजी र जमिन एउटा कृषक का  लागी  आवश्यक  सवाल हो । र उसलाई आधुनिकीकरण समयको माग हो ।
राज्यले विगत  लामो समय देखि कृषिप्रधान देश त भन्दै आएको छ । तर कृषि क्रान्तीका लागि के कस्ता कार्यहरु गर्याे ?  राज्यको मेरुदण्ड मान्दै गर्दा त्यसलाई कुन रुपमा उठायो ? यो गम्भीर सवाल का लागी राणा शाशन निरङ्श पञ्चायती देखि राजतन्त्र प्रजातन्त्र र गणतन्त्र सम्म आइपुग्दा कृषिमा राज्य को लगानी र त्यसबाट प्रतिफल के कति भयो ? यसलाई बहसको बिषय बनाइनु अति आवश्यक  भैसकेको छ ।
 
 

'इतिहासको अत्यन्त जटिल र कठिन मोडमा उभीएको मुलुक बाट राजनीतिक क्रान्ति त समाप्त भईसकेको छ । अब  सहकारी द्धारा  कृषि क्रान्ति गर्दैे प्रजातान्त्रिक समाजवाद तर्फ मुलुकलाई डोर्याउनु ढिला  गरिनु हुदैन'

 
 
 
मुलुकलाई कसरी आत्मनिर्भर प्रतिस्पर्धा र समुन्नत अर्थतन्त्र भएको बनाउन सकिन्छ भनेर विज्ञहरु सँग राजनीतिक दलहरुले छलफल चलाउनु पर्ने देखिन्छ । सहकारी द्धारा   कृषि क्रान्ति गर्नका लागी सहकारीको ऐतिहासिक पृष्ठभुमी सहकारीको अर्थ सहकारीसम्बन्धी विभिन्न विद्धानहरुको धारणा सहकारी क्षेत्रकोसिमा र विशेषता सहकारी प्रकार महत्व का सवालमा आम कृषकहरु लाई छलफलमा सामेल गराई सहकारीद्धारा कृषि क्रान्ति गर्न उत्प्रेरित गर्न वर्तमानको अपरिहार्य आवश्यकता भईसकेको छ । इतिहासको अत्यन्त जटिल र कठिन मोडमा उभीएको मुलुक बाट राजनीतिक क्रान्ति त समाप्त भईसकेको छ । अब  सहकारी द्धारा  कृषि क्रान्ति गर्दैे प्रजातान्त्रिक समाजवाद तर्फ मुलुकलाई डोर्याउनु ढिला  गरिनु हँुदैन कृषि बाट आफ्नो देश आत्मनिर्भर भईसकेपछि निकाशी पैठारी समेत  गर्ने र मुलुकको रुपान्तरण गर्न सके कृषि पेशा प्रति हरेक वर्गका व्यक्तिहरुको चासो विषय हुन  सक्ने थियो ।
मुलुकको हरेक  टोल टोलमा सच्चा प्रतिवद्धता सहितको सहकारीको  सहकारी आन्दोलन चलाउने हो भने हरेक किसानको जीवनस्तर उठाउन  सकिने गाउँ बस्ती टोल र समुदाय कै रुपान्तरण गर्न कुनै अप्ठ्यारो पर्ने छैन । छरिएर बसेको पुँजी र श्रम लाई एकत्रित गरी संगठित भएर अगाडी बढ्ने हो भने कृषि क्रान्ति द्धारा मुलुक रुपान्तरण र कृषिमा आधारीत उद्योग धन्दा फस्टाउन सक्ने पक्का छ । मात्र राज्यको दृढ इच्छा शक्तिको खाँचो छ । कृषिमा आधारीत उद्योगहरु मत्र पनि स्थापना र प्रवद्र्धन गर्ने हो भने मुलुक कृषि उद्योग तर्फ लमकिने छ ।
पूँजीवाद व्यक्तिवाद शोषण र स्वार्थ बाट बच्न सामन्ती युगको अन्त्य गर्न शैक्षिक रुपान्तरण वैज्ञानिक कृषि प्रणलीमा रुपान्तरण गर्न पनि सहकारीको महत्वपूर्ण भुमीका रहन्छ । डेनमार्क लाई कृषि  सहकारीको जन्मभुमी मानिन्छ । डेनमार्क को जटलैण्ड ९वभत बिलम०   भन्ने ठाउँका किसानहरुले सन् १८८२ मा दुग्ध सहकारीको स्थापना गरेपच्चात कृषि कन्ति विश्ववयापिकरण भएको हुँदै गएको पाईन्छ । यसरी यूयोप, क्यानडा हुदै एसिया समम सहकारिकरण भएको छ । जहाँ सहकारकिो विकाश भएको छ । राज्यले प्राथमिकता दिएको छ ।
त्यहाँको आर्थिक विकाश दु्रत गतिमा अगाडी बढिरहेको छ । हाम्रा ठूला दुई छिमेकी मुलुकहरुमा हेर्ने हो भने सहकारीताका माध्यमबाट कृषि कान्ति । कृषि कान्तिको जगमा औद्योगिक कान्ति गरेर विश्व सँग प्रतिस्पर्धा गरिरहेका छन् । हाम्रो मुलुकले पनि दुई मुलुक सगैँ विश्वमा सहकारीता भएको देश बाट पाठ सिकेर मुलुक रुपान्तरण गर्न क्रियाशिल हुनु वर्तमानको अपरिहार्यता हो । 

प्रतिक्रिया