भर्खरै

सरकारी कार्यलयमा लथालिङ्ग वायरिङ्गका तारले बनायो संरचना नै कुरुप

  • प्रकाशित मिति : बुध, साउन २८, २०७७
  • - विद्युत संसार संवाददाता
title
साउन, काठमाडौ । विद्युतीय तारहरुले सरकारी कार्यलयको संरचना नै कुरुप बनाई रहदा पनि त्यस तर्फ आधिकारिक निकायहरुको ध्यान पुग्न सकेको छैन् । विद्युतीय तार लगायत नेट सर्भिसका तार लथालिङ्ग हुदा समेत सरकारी निकायको ध्यान पुग्न नसक्दा विद्युतीय दुर्घटना बढेको छ ।
विद्युत वितरक नेपाल विद्युत प्राधिकरण कै कार्यलयमा नै वायरिङ्ग लथालिङ्ग अवस्थामा देख्न सकिन्छ । विद्युत क्षेत्र एउटा संवेदशशिल क्षेत्र हो जस्को लापवाहीका कारण ठूलो धन जनको क्षती व्यहोर्नु पर्ने बाध्यता हुन्छ यस्तो शिक्षा दिने प्राधिकरण नै यस तर्फ ध्यान जान सकेको छैन । नेपाल विद्युत प्राधिकरणका प्रवत्ताको कार्यकक्षामा जाने बाटोमा तेर्सिएको रातो–कालो तारले नै प्रष्ट पारेको छ ।
अरुलाई शिक्षा दिने निकाय नै यस्ता विषयमा संवेदनशिल बन्न नसक्दा विद्युतीय दुर्घटनाहरु बढ्दै गएको नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष प्रकाश कुमार दाहले बताए । सरकारी कार्यलयमा मात्र नभई व्यक्तिगा घर कार्यलयमा गुणस्तरीय हाउस वायरिङ्ग नहुदाँ संरचना कुरुप त देखिएकै छ त्यस माथि पनि विद्युतीय दुर्घटना हुने बताउदै उनले भने “हामीकँहा गुणस्तरिय प्राविधिकहरुको पनि कमी छ, अनुभब नै नभएकाहरुले पनि विद्युतीय क्षेत्रमा काम गर्ने हुदाँ यस्तो समस्या भएको हो ।, यसलाई गुणस्तरीय बनाउन सरकारी पक्षबाट नै प्रभावकारी कार्ययोजनाका साथ अघि बढ्न आवश्यक छ ।”
किन सरकारी कार्यलयमा विद्युतीय वायरिङ्ग÷इन्टरनेटका तारहरुले भवनको संरचनालाई नै कुरुपन बनाउदा समेत सरकारी निकायको ध्यान किन जान नसकेको होला भन्ने विद्युत संसारको पव्लिक भ्याईस प्रश्नमा सामाजिक सञ्जाल फेसबुकमा मार्फत कृष्ण श्रेष्ठ भन्नु हुन्छ “काम चलाउ सरकार ध्यान त किन नजानु जान्छ नि ब्यबस्थित काम गराउने भने बजेट त्यही सकिन्छ आफुले के खानु कसरी हुन्छ कम खर्च मा काम गराउने बिल बनाउदा मिलाएर गराउनु एक वटा खाली बिल पनि दिनु भनु हुन्छ ।”
नेपाल विद्युत प्राधिकरण ऊर्जा मनत्रालय जस्ता निकायहरुमा अव्यवस्थित तारहरु देख्दा नै सरकारको खिल्ली उठाइरहेको छ । यसैले यस तर्फ सरकारी निकायको बेलैमा ध्यान जान जरुरी छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago