भर्खरै

विद्युत व्यवसायीहरुमा संघको अनुरोध, सुरक्षीत रही सेवा प्रवाह गर्नु

  • प्रकाशित मिति : बुध, साउन २८, २०७७
  • - शिखर श्रेष्ठ
title

साउन काठमाडौ । काठमाडौ विद्युतीय व्यवसायी संघले अत्यावश्यक सेवा प्रवाह गर्ने व्यवसायीहरुलाई सुरक्षाका सम्पूर्ण प्रबन्ध सहित, सुरक्षित रही सेवा प्रवाह गर्न आग्रह गरेको छ । 
बुधवार संघले एक विज्ञप्ती निकाल्दै विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइसर (कोभिड–१९) काठमाडौ उपत्यकामा पनि तिव्रताका साथ फैलिने क्रममा रहेकोले संक्रमण देखिएको क्षेत्रमा संक्रमण नियन्त्रणको लागि स्थानिय निकायले गरेका निर्देशनलाई पालना गरि अत्यावश्यक सेवा प्रवाह गर्ने व्यवसायीहरुलाई सुरक्षाका सम्पूर्ण प्रबन्ध सहित, सुरक्षित रही सेवा प्रवाह गर्न आग्रह गरेको हो ।
विज्ञप्तीमा भनिएको छ “काठमाडौं विद्युतीय व्यवसायी संघ, विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले सार्वजनिक गरेको सुचाना अनुसारका सुरक्षा उपाय अपनाउन सम्पूर्ण उद्योगीसंग हार्दिक अनुरोध गर्दछ ।”
 
विज्ञप्ती

प्रतिक्रिया