भर्खरै

पेट्रोल छर्केर आगो बाल्न खोज्दा अछाममा चार जना गम्भीर घाइते

  • प्रकाशित मिति : बिही, साउन २९, २०७७
  • - विद्युत संसार संवाददाता
title

  साउन २९ अछाम – अछामको रामारोशन गाउँपालिका ३ कालापानीका रतन बुढामगरले चुलोमा पेट्रोल छर्केर आगो बाल्न खोज्दा चार जना गम्भीर घाइते भएका छन् ।
 
घरमा पेट्रोल छर्केर आगो बाल्ने क्रममा रतन बुढामगर सहित पार्वतीदेवी बुढामगर, भीम बुढामगर तथा पञ्चदेवल विनायक नगरपालिका २ बस्ने जनक शाही घाइते भएका छन् ।
 
घाइतेहरुको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलाली पठाइएको छ । 

प्रतिक्रिया