भर्खरै

कोरोना भाइसर कै कारण, अधिकांश विजुली पसल बन्द

  • प्रकाशित मिति : बिही, साउन २९, २०७७
  • - शिखर श्रेष्ठ
title
साउन, काठमाडौ । कोरोना भाइसर कै कारण अधिकांश विजुली पसल बन्दरहेका छन् ।
 विश्व भर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ का कारण विश्वको अर्थ तन्त्रमा नै धक्का पुगेको अवस्था छ ।
नेपालको समन्दर्भमा पनि चैत्र ११ गते देखीको लकडाउन साउन १ गते देखी केही खुकुलो भए संगै विजुली बजार भोटेवहाल लगायतका विद्युतीय व्यवसायी पनि विस्तारै आफ्नो रुप लिने क्रममा नै जारी रहेकै अबस्थामा केही दिन यता काठमाडौ क्षेत्रमा कोरोना संक्रमितको सङख्या बढ्दै गएकोले व्यवसायीहरु नै ससंकित बनेका छन् । 
 
काठमाडौ महानगर पालिकाले वडा नं. १२ र २१ लगायत अन्य वडामा पनि हिजो मंगलबार देखी १४ दिनको लागी व्यापार व्यवसाय बन्द गर्ने निणर्य गरेको छ । यही निर्णयको आधारलाई मध्यनजर गर्दै भोटेवहालका अधिकांश विजुली पसल बन्द रहेको नेपाल विद्युतीय व्यावसायी महासंघका अध्यक्ष सुदर्शन पौड्यालले विद्युत संसारलाई बाताए ।
 
अध्यक्ष पौड्याल भने “तिन महिना लामो लकडाउन पछि व्यवसायमा सुचारु हुदै गर्दा वडाले फेरी १४ दिन व्यवसाय बन्द गर्न भनेको छ यसले व्यवसायीमा भोली ठूलो समस्या ल्याउन सक्दछ यसैले हाम्रो धारण के हो भने बन्द मात्रै समस्याको  समाधान होईन, सबैले स्वस्थ्य सुरक्षा अपनाएर व्यवसायमा लाग्नु पर्छ ।”
 
भोटेवहालमा व्यवसाय गर्दै आएको एक व्यवसायीले भने “एउटा सोच बनाएर व्यवसाय सुरु गरियो अहिले व्यवसाय नै धरासाही बन्यो । सरकारी निकाय भन्छ, “पसल बन्द गर बैंक र घरबेटी भन्छ पौसा चाहियो ।” अब के गर्ने समस्या बनायो । 
वडाले सुचना जारी गर्दै मंगलवार देखी १४ दिन सम्म लकडाउन भनेको छ । सोही अनुसार अधिकांश विजुली पसल बन्द भए पनि भनेपनि केही पसल अंशिक रुपमा खुलेका छन् । 
 
विद्युत व्यवसायीहरुमा संघको अनुरोध, सुरक्षीत रही सेवा प्रवाह गर्नु

काठमाडौ विद्युतीय व्यवसायी संघले अत्यावश्यक सेवा प्रवाह गर्ने व्यवसायीहरुलाई सुरक्षाका सम्पूर्ण प्रबन्ध सहित, सुरक्षित रही सेवा प्रवाह गर्न आग्रह गरेको छ । 
 
बुधवार संघले एक विज्ञप्ती निकाल्दै विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइसर ९कोभिड–१९० काठमाडौ उपत्यकामा पनि तिव्रताका साथ फैलिने क्रममा रहेकोले संक्रमण देखिएको क्षेत्रमा संक्रमण नियन्त्रणको लागि स्थानिय निकायले गरेका निर्देशनलाई पालना गरि अत्यावश्यक सेवा प्रवाह गर्ने व्यवसायीहरुलाई सुरक्षाका सम्पूर्ण प्रबन्ध सहित, सुरक्षित रही सेवा प्रवाह गर्न आग्रह गरेको हो ।
 
विज्ञप्तीमा भनिएको छ “काठमाडौं विद्युतीय व्यवसायी संघ, विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले सार्वजनिक गरेको सुचाना अनुसारका सुरक्षा उपाय अपनाउन सम्पूर्ण उद्योगीसंग हार्दिक अनुरोध गर्दछ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago