भर्खरै

प्रदेश सरकारद्वारा रु एक लाख राहत दिइने

  • प्रकाशित मिति : बिही, भदौ ४, २०७७
  • - रासस
title
सुदूरपश्चिम प्रदेश सरकारले प्राकृतिक विपद्मा परी मृत्यु भएका प्रत्येक परिवारलाई रु एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।  धनगढीमा बसेको मन्त्रिपरिषद्को आजको बैठकले  प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा व्यवस्थापनलगायत काम गर्नका लागि विपद् व्यवस्थापन कोषमा रु एक करोड उपलब्ध गराउने निर्णय गरेको बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जानकारी दिनुभयो । 
 
  प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको खर्च प्रदेश सरकारले व्यहोर्ने, बाढीपहिरो, डुबान जस्ता प्राकृतिक प्रकोपबाट कृषि क्षेत्र र भौतिक पूर्वाधारका संरचनालगायतमा पुगेको क्षतिसम्बन्धी प्रतिवेदन विषयगत मन्त्रालयले तयार पार्ने र सोही प्रतिवेदनका आधारमा प्रदेश सरकारले तत्कालीन र दीर्घकालीन योजनामार्फत सम्बोधन गर्ने  निर्णयसमेत गरिएको छ । 
  प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, बझाङ, बाजुरा, डडेलधुरा र दार्चुला जिल्लामा गत असार महिनादेखि हालसम्म बाढीपहिरो, डुबान जस्ता प्राकृतिक विपद्का कारण ६४ जनाको मृत्यु भएको जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago