भर्खरै

घटेन सुदूरपश्चिममा सवारी दुर्घटनाको क्रम

  • प्रकाशित मिति : शुक्र, भदौ ५, २०७७
  • - रासस
title

सुदूरपश्चिममा वर्षेनी सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको छ । सडकको दुरावस्था, सवारीसाधनको चाप र चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा ३८४ वटा सवारी दुर्घटना भएकोमा  १४३ जनाले ज्यान गुमाएका छन् भने २५४ जना घाइते भएका थिए । अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा सुदूरपश्चिममा २१६  दुर्घटना भएकोमा २०२ जनाको मृत्यु हुनुका साथै १९८ जना गम्भीर तथा २३८ जना सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७४÷७५ मा सुदूरपश्चिममा २६४ दुर्घटनामा १६६ जनाले ज्यान गुमाएका थिए । यस्तै १३३ जना गम्भिर तथा २०५ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयले देखाएको छ । 
सवारी दुर्घनामा परी हरेक वर्ष डेढ सय बढीले ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । सरकारले सवारी दुर्घटना न्यूनीकरणका विभिन्न नीति अवलम्बन गर्दै आएपनि सवारी दुर्घटना हुने क्रममा कमी आएको छैन् । 
साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्सविना नै सवारीसाधन चलाउने जस्ता गतिविधिले पनि सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै गएको जनाइएको छ । 
पहाडी जिल्लामा साघुँरा एवं गुणस्तरहीन सडक निर्माण गरिँदा दुर्घटनाको जोखिम बढेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।  
उहाँका अनुसार प्रदेशमा सवारी दुर्घटना न्यूनिकरणका लागि प्रहरीले छड्के चेकजाँचदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास गरिरहेको छ । सवारी दुर्घटना बढ्नुको मुख्य कारण  सडकको दुरवस्था, सवारीसाधनको चाप र चालकको लापरबाही रहेको जनाइएको छ । दुर्घटना न्यूनिकरणका लागि चालक र पैदल यात्रीहरू सजग हुनुपर्ने  प्रदेश ट्राफिक प्रहरी प्रमुख श्रेष्ठको भनाइ छ  । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । तीव्र गति, पैदलयात्रुको लापरबाही, गाडीको यान्त्रिक गडबडी, खराब मौसम र सडकमा छाएिका चौपाया पनि सवारी दुर्घटनाका मुख्य कारक भएको जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 6 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 11 hours ago