भर्खरै

पुल निर्माण अलपत्र

  • प्रकाशित मिति : शनि, भदौ ६, २०७७
  • - रासस
title
 
   भदौ ६ ,जाजरकोट ।  छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने विभिन्न साना तथा ठूला खोलामा पक्की पुल निर्माणको काम अलपत्र परेको छ । तीन वर्षभित्र सबै पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल निर्माण अलपत्र परेको हो । सडक विस्तार भएसँगै लामो समयदेखि ओझेलमा परेका पुल निर्माणको काम असार नजिकिएसँगै निरन्तरता पाएपनि अहिले अलपत्र अवस्थामा रहेको स्थानीयको भनाइ छ ।
 
भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडकको स्तरोन्नति गर्ने उद्देश्यले मोटरेबल पक्की पुलको निर्माण थालिएको थियो । विसं २०७४ मा सडकखण्डको ७० किलोमिटर भित्रको सुर्खेत जिल्ला क्षेत्रका ६ वटा पुल निर्माणको लागि लामा कन्स्ट्रक्सनले रु २७ करोडमा ठेक्का सम्झौता गरेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । सम्झौता गरेको ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सनले तीन वर्षको अवधिमा आफ्नो सम्झौताअनुसार पुल निर्माणको कार्य सम्पन्न गरेको छ ।
 
सुर्खेत जिल्लाभित्र पर्ने सडकखण्डमा लामा कन्स्ट्रक्सनले समयमै काम सम्पन्न गर्दासमेत जाजरकोट खण्डको सडकका पुल कछुवा गतिमा अगाडि बढेका छन् । रसुवा सूर्य कन्स्ट्रक्सन जेबिले ३६ किलोमिटर क्षेत्रभित्र पर्ने सोही सडकको छेडा–खलङ्गा सडकखण्डका ६ वटा पुल बनाउने गरी रु २२ करोडमा ठेक्का लिएको थियो । छेडाचौर–खलङ्गा खण्डमा निर्माणाधीन ६ वटा पुलको काम समयमा हुन नसकेपछि स्थानीय वर्षातको समयमा सास्ती खेप्न बाध्य छन् ।
 
समयमै ठेकेदारले काम नगर्दा वर्षातको समयमा खोला बढेपछि यातायात सेवा अवरुद्ध हुँदै आएको मध्यपश्चिम यातायात प्रालि जाजरकोटका एरिया इञ्चार्ज लोकेन्द्र चन्दले जानकारी दिए। खोर्के खोला आलि नजिकैको पुलले यातायात सञ्चालनमा निकै कठिनाइ भएको उहाँको भनाइ छ । छेडा चौरदेखि खलङ्गा सम्मका ६ वटा पुल निर्माणमा ठेकेदारको लापरवाहीका कारण यातायातका साधन अवरुद्ध हुँदै आएको चन्दको भनाइ छ ।
 
निर्माण जिम्मा लिएका ठेकेदार कम्पनीले सुर्खेततर्फका पुल निर्माण कार्य सम्पन्न गरेर जाजरकोट जिल्ला तर्फका पुल असार नजिकिएपछि पेश्की फछ्र्यौटको बहाना गर्दै काममा आलटाल गरिरहेको बताइएको छ । रसुवा सूर्य कन्स्ट्रक्सन जेभिले जाजरकोटका ६ वटा पुल समयमा काम नगरेर अलपत्र पारेको छ । यो सडकलाई भेरी करिडोरको रुपमा विकास गर्ने निर्णय गरेसँगै सरकारले सडक विस्तारका नाममा करोडौँको बजेट खर्च गर्दै आएको छ ।
 
रसुवा सूर्य कन्स्ट्रक्सन जेभिका सञ्चालक सूर्यबहादुर खड्काले पुलको डिजाइन बिग्रेको कारण ढिलाइ भएको स्वीकार गर्नुभएको छ । “दुई वर्षभित्र पुल निर्माणको काम सम्पन्न गर्न सकिन्छ । तर सरकारले गलत डिजाइन दिए म के गरौँ”, उनले भने । चार वटा पुलको डिजाइन स्टेमेट बिग्रेको कारण पुल निर्माणमा ढिलाइ भएको उहाँको भनाइ छ । 
 
उक्त सडकखण्डको छेडाचौर–खलङ्गा सडकखण्डमा रहेका ६ वटा पुलको निर्माण अन्तिम चरणमा गएको ठेकेदार खड्काको भनाइ छ । अहिले वर्षाले काम गर्न नसकिएपनि सामग्री पुगिसकेको उहाँको भनाइ छ । सरकारले लकडाउन गर्दा भारतबाट आएका कामदार बाहिर गएको कारण काम तत्काल सञ्चालनमा कठिन भएको खड्काले जानकारी दिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago