भर्खरै

अस्पतालबाट फैलिदै कोरोनाको सङ्क्रमण

  • प्रकाशित मिति : शनि, भदौ ६, २०७७
  • - रासस
title
भदौ काठमाडौ, धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किएकी भक्तपुरकी एक महिलालाई कोरोना सङ्क्रमण भयो । निषेधाज्ञा जारी हुनुभन्दा केही दिन अगाडि धुलिखेल अस्पताल पुगेर आएकी उनी त्यसबाहेक कतै गएकी छैनन् । 
 
धुलिखेल अस्पतालका विरामी, नर्स, डेन्टल विभागका कर्मचारी, स्थानीय व्यापारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पताल सिल गरिएको छ । धुलिखेल अस्पताल आउनेजाने गर्नेहरु धेरै भएकाले यहीँबाट सङ्क्रमण समुदायमा फैलिने त्रास बढेको धुलिखेल अस्पतालमा उपचार गराएर फर्किएको कोटेश्वर निवासी एक सङ्क्रमित बताउनुहुन्छ । 
 
अस्पताल व्यवस्थापनको लापर्वाहीले धुलिखेल अस्पतालबाट मात्रै विभिन्न जिल्लामा सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ । कोभिड र कोभिड नभएका बिरामीको एउटै अस्पतालमा उपचार गर्दा र अस्पतालले व्यवस्थापन राम्रोसँग नगर्दा अस्पतालबाटै सङ्क्रमण फैलिने त्रास भएको कर्मचारी नै बताउँछन् । धुलिखेल अस्पताल अगाडिका एक व्यापारी भन्छन्, “अस्पतालका कर्मचारी पनि यहीँ आएर खान्थे, बिरामी कुरुवा पनि यही आएर खान्थे, अस्पतालले आफ्ना कर्मचारीको सुरक्षामा ध्यान नदिँदा यहाँको समुदायमा कोरोना फैलियो ।”
 
अस्पतालमा उपचारका लागि साँगाबाट गएका रामनाथ श्रेष्ठका अनुसार अस्पतालमा बाहिर ज्वरो नाप्नेबाहेक अस्पतालले अरु केही गर्न नसकेको गुनासो गर्नुहुन्छ । अस्पतालमा एक बिरामी एक कुरुवा गर्न नसकेको, अस्पतालका वार्डदेखि दाँतको उपचार गर्ने ठाउँसम्म बिरामीसँग प्रत्यक्ष भेट हुने नर्सहरुले गाउन, मास्क र पञ्जा मात्रै लगाउने तर पिपिई नलगाउने गर्दा एकबाट अर्कोमा सङ्क्रमण फैलिने त्रास बढेको बताउनुहुन्छ ।
 
धुलिखेल अस्पतालका विभिन्न विभागका कर्मचारीमा पनि सङ्क्रमण बढ्दै गएको काभ्रे जनस्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीय हरिशरण कार्कीले बिहान, बेलुका कर्मचारी ओसार्ने धुलिखेल अस्पतालका बस असुरक्षित रहेको गुनासो गर्नुहुन्छ । सरकारले दुईवटामध्ये एउटा सिटमा एकजना बस्ने भने पनि दुईवटै सिटमा कर्मचारी बस्ने गरेको, काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँबाट नर्स, दन्त्य चिकित्सक र अन्य कर्मचारी आउने जाने गरेको बताउदै कार्कीले भन्नुभयो, “अस्पतालका स्टाफ भनेर के गर्नु, कसैको हातमा पनि पञ्जा देखिंदैन, सँगै सिटमा बसेर आएका हुन्छन्, एउटै बस धुलिखेलबाट उपत्यका घुमेर आउँदा कोरोना सङ्क्रमण पक्कै फैलाउँछ, यहाँ अस्पतालबाटै समुदायमा सङ्क्रमण फैलिरहेको छ ।”
 
सूर्यविनायक नगरपालिका­५ कटुञ्जेमा एकै परिवारका सबैमा कोरोना सङ्क्रमण भेटियो । उनीहरुको यात्रा विवरण भनेको नेपाल­कोरिया मैत्री नगरपालिका अस्पतालमा बिरामी कुर्ने र फर्कने गरेको पाइएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । मध्यपुर अस्पताल र नागरिक अस्पताल गठ्ठाघरमा अन्य रोगको उपचारमा आएका बिरामीमा पनि कोरोना सङ्क्रमण पुष्टी भएको तर अस्पतालले सावधानी नअपनाएको बिरामी एवं कुरुवाको गुनासो छ । भक्तपुरमा अहिलेसम्म ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये सबभन्दा धेरै अस्पतालका बिरामी, बिरामी कुरुवा, बिरामी भेट्न जानेहरु रहेको कार्यालयका प्रमुख कृष्ण मिजार बताउनुहुन्छ । 
 
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विभिन्न रोगको उपचारका लागि विभिन्न अस्पतालको सम्पर्कमा आएका कति प्रतिशतलाई सङ्क्रमण छ भनेर अनुसन्धान गर्ने बताउनुभयो । उहाँ सावधानी नअपनाउँदा अस्पतालबाट पनि सङ्क्रमण फैलिने भएकाले अत्यावश्यक कामबाहेक अस्पताल नजान आग्रह गर्नुहुन्छ । धुलिखेल अस्पताल नमूना मात्रै हो, अन्य अस्पतालको अवस्था पनि उस्तै छ । 
 
अस्पतालका सवारी साधनमा ओहोरदोहोर गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरेको, अस्पतालका गाडीको बाहिर­भित्र दैनिक डिसइन्फेक्सन नगरेको, अस्पतालको कर्मचारीलाई पिपिईलगायतका अत्यावश्क सुरक्षा सामग्रीको उपलब्धता नगराई काममा लगाउने गर्दा कर्मचारीबाटै पनि घर तथा समुदायमा सङ्क्रमण फैलिएको हुनसक्ने भएकाले सङ्क्रमितको अनुसन्धान आवश्यक रहेको डा होमप्रसाद आचार्य बताउनुहुन्छ । उहाँले अस्पताल व्यवस्थापनको लापर्वाहीका कारण पनि सङ्क्रमण फैलिने भएकाले कोरोना सङ्क्रमित र अन्य बिरामीको उपचार गर्ने अस्पताल फरक फरक बनाउनु आवश्यक रहेको डा आचार्यको भनाइ छ । 
 
सरकारले निजी अस्पताललाई २० प्रतिशत शय्या कोभिडका बिरामीलाई छुट्याउन निर्देशन दिनुभन्दा निश्चित मेडिकल कलेज, अस्पताललाई सरकारले अस्थायी रुपमा नियन्त्रणमा लिई कोभिडका बिरामीको मात्रै उपचार गर्ने अस्पताल बनाउनुपर्ने बताउनुहुन्छ डा सलिम चौधरी । कोभिडका बिरामी र कोभिड नभएका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्नु घातक हुने बताउदै उहाँले सरकारले कोभिड अस्पताल घोषणा गरेर फरक फरक अस्पतालमा उपचार गर्नु पर्ने बताउँदै डा। चौधरीले चीनमा गरिएको उपचारको शैलीबाट नेपालले सिक्नु पर्ने बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago