भर्खरै

गोरखा घ्याल्चोकमा ऋषि पञ्चमीको अवसरमा श्री सर्वेश्वर महादेब मन्दिरको समुद्धघाटन सम्पन्न

  • प्रकाशित मिति : सोम, भदौ ८, २०७७
  • - भीमलाल श्रेष्ठ
title
भदौं७,गोरखा । गोरखा जिल्ला गण्डकी गाउँ पालिका वडा न. ८ घ्यालचोक स्थित  बरफेदीमा ऋषि पञ्चमीको अवसरमा तुलसी महिला समूह द्धारा निर्मित श्री सर्वेश्वर महादेब मन्दिरको समुद्धघाटन  कार्यक्रमा गण्डकी गाउपालिका का अध्यक्ष श्री होम बहादुर रानाको प्रमुख आतित्थ्यमा  मन्दिरको समुद्धघाटन कार्यक्रम सम्पन्न भयो हो  । 
 
 श्री सर्वेश्वर महादेब मन्दिर को नवर्निमित भवन तुलसी महिला समूहको अग्रसरतामा देउसी–भैलो कार्यक्रम गरि संकलन गरिएको रकम, विभिन्न आमा समूह,  युुवा क्लब ,गण्डकी गाउपालिका कार्यालय, समाजका प्रतिष्ठित व्यक्तित्वहरु,देश विदेशमा रहने  चन्दादाताहरुले हालसम्म  करिब ९ लाख रकम संकलन मध्येबाट ८ लाखमा मन्दिर निर्माण  सम्पन्न भएको तुलसी महिला समूहका अध्यक्ष सीता रेग्मीले विद्युत संसारलाई बताए ।
 
अध्यक्ष रेग्मी भने,“सहयोग गर्ने दाताहरु आउने क्रम जारी रहेकाले शिलालेख नाम अझ थप गर्दै जानुपर्ने अवस्था आएको बताए । मन्दिर निर्माण पछि बचत भएको रकम लाई मन्दिर संरक्षण,संर्बद्धन र नियमित पूूजा व्यवस्थापनमा सहयोग पुुयाउने उदेश्यले करिब १० लाखको अक्षय कोष को स्थापना गरि प्राप्त व्याज बाट संरक्षण,संर्बद्धन र नियमित पूूजा व्यवस्थापनमा सहयोग पुुयाउने गरी कोषमा परिचालित गर्ने लक्ष्य लिएकोले सबैलाई आ–आफ्नो ठाउँ बाट सहयोग गर्न अपिल समेत गरेको हामीसंगको कुुराकानीमा  बताए ।” 
 
 देशको विद्यमान कोरोनाको कहरमा संक्रमणको अवस्थालाई मध्यनजर राख्दै सुुरक्षित तबरले भौतिक दुरी कायमगरि समुद्धघाटन  कार्यक्रमा बोल्दैे धार्मिक मठमन्दिर धर्म संस्कृति को संरक्षण गर्नुु बिकाशका पूूर्वाधार लाई अगाडी बढाउनु र संरक्षण गर्नुुनै  स्थानिय निकायको पहिलो जिम्मेवारी भएकोले क्रमश सहयोग गर्दै जाने बताए । 
 
 
त्यसैगरि गण्डकी गापा ७ का वडा अध्यक्ष तुलसी रेग्मी र गण्डकी गापा ८ का वडा अध्यक्ष रामप्रसाद रेग्मीले आगामीक आथर््िाक बर्षमा यस मन्दिरको लागि  वडाको तर्फबाट उचित रुपले सम्बोधन गर्ने प्रतिबद्धता समेते व्यक्त गरेका थिए ।
 
गण्डकी गाउपालिका वडा न ं८ भवन सँगै रहेको कम्पाउण्डमा निर्मित श्री सर्वेश्वर महादेब मन्दिरको क्षेत्रफल ३ आनामा निर्मित भवन सजिसजाउ मन्दिर प्रवेशद्धार, मन्दिरलाई कम्पाउण्डीङ्ग गरि मन्दिर सुुरक्षित  बनाईएको, चन्दादाताहरुको नामको शिलालेखहरु  भित्तामा राखिएको, मन्दिरमा सरसफाई तथा पानीको समेत व्यवस्थापन गरिएको र मन्दिरमा ४ वटै ढोकाहरु कलाकौशल तरिकाले सजिसजाउ गरिएको निर्माण संयोजक तथा सफल व्यवसायी एवं समाजसेवी परशुुराम श्रेष्ठले विद्युत संसारलाई बताए ।
श्रेष्ठले भने,“सामाजिक सेवामा लागेर आफ्नो जिम्मेवारी सुुम्पदा साच्चिकै आन्द र छुुटै आनन्दको अनुभूति आउने रहेछ । मलाई हरतह बाट सहयोग गर्ने तुुलसी महिला समूह,चन्दादाता,निर्माण कार्यमा सहयोगी मित्रहरु र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नेहरुप्रति  सबैमा आभार   व्यक्त गर्दै देशको विद्यमान कोरोनाको कहरमा संक्रमणको अवस्थालाई मध्यनजर राख्दै  सहयोगी चन्दादाताहरुको सहयोग र चन्दा बाट मन्दिर निर्माण सम्पन्न भयो उनिहरुलाई सम्मान गर्न अनुुकुुल समय नभएकोले दुुःख व्यक्त गर्दै आगामी दिनहरुमा अनुुकुुल बाताबरण बनेपछि सम्मान गर्ने प्रतिबद्धता  गरेको सामाजिक सञ्जाल बाट  सन्देश प्रवाह गरेको छ ।
 
सर्वेश्वर महादेब मन्दिरको समुद्धघाटन कार्यक्रम संचालन तथा उद्योषक परशुुराम श्रेष्ठ, सभापति सीता रेग्मी ,प्रमुुख अतिथि गण्डकी गाउपालिका अध्यक्ष होम बहादुुर राना, बिशेष अतिथी गण्डकी गाउपालिका ७ का वडा अध्यक्ष तुुलसी रेग्मी र गण्डकी गाउपालिका ८ का वडा अध्यक्ष रामप्रसाद रेग्मी को उपस्थितीमा सम्पन्न गरिएको हो । 
 
तुलसी महिला समूूहमा ५० जना महिलाहरुको सहभागिता रहेको समूह हो । यस समूहले समाजमा समस्यामा रहेका दिदीबहिनीहरु सहयोग गर्ने र सामाजिक कार्यमा  अग्रसरता रहने गरेको पाईन्छ ।
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago